• १९ असार २०८१, बुधबार

वीरमा राष्ट्रिय ब्रेन ट्युमर केन्द्र

blog

काठमाडौँ, जेठ २८ गते । वीर अस्पतालमा राष्ट्रिय ब्रेन ट्युमर केन्द्र स्थापना गरिएको छ। केन्द्र स्थापना एक साताका लागि वीरमा ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सुरु गरिएको छ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका निमित्त उपकुलपति डा. भूपेन्द्रकुमार बस्नेतले वीर अस्पतालले ब्रेन ट्युमर भएका बिरामीको एकै ठाउँमा सहज र प्रभावकारी उपचार हुने उद्देश्यसाथ राष्ट्रिय ब्रेन ट्युमर केन्द्र स्थापना गरेको जानकारी दिनुभयो। 

अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले राष्ट्रिय ब्रेन ट्युमर केन्द्र स्थापनाले ब्रेन ट्युमरका बिरामीको तथ्याङ्क एकीकृत रूपमा राखिने बताउनुभयो। अस्पतालका मस्तिष्क रोग विशेषज्ञ डा. राजीव झाले आउँदो शुक्रबारसम्म निःशुल्क शल्यक्रिया सेवा सञ्चालन हुने बताउनुभयो।