यौन तथा प्रजनन् स्वास्थ्य अधिकारलाई पाठ्यक्रममा राखिने
यौन तथा प्रजनन् स्वास्थ्य अधिकारलाई पाठ्यक्रममा राख्न धनगढीमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ ।
वालिङमा ठेउलाको महामारी
स्याङ्जाको वालिङ नगरपालिका –१२ कोखेमा ठेउला (चिकन पोक्स) को महामारी फैलिएको छ । गाउँका २३ जना बिरामी बच्चालाई उपचारपछि व्यवस्थापन गरिएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
ठगीको आरोपमा मेडिसिटी अस्पतालका तीन जना पूर्वकर्मचारी पक्राउ
नेपाल मेडिसिटी अस्पताल नख्खु ललितपुरको ‘बिलिङ सेक्सन’मा काम गरेका तीन पूर्वकर्मचारीले अस्पतालबाट करोडौँ रकम ठगी गरेको पक्राउ परेका छन् ।
मानसिक रोगीको उपचारमा मद्दत गर्दै पालिका
तनहुँको भिमाद नगरपालिकाले आफ्नो पालिकामा स्थायी ठेगाना भई बसोबास गर्ने मानसिक रोगीलाई उपचारमा मद्दत गर्ने निर्णय गरेको छ ।
पशुलाई लम्पी स्किन रोगबाट बचाउन खोप लगाउन विज्ञको सुझाव
पछिल्लो समय प्रकोपका रूपमा देखिएको लम्पी स्किन रोग लाग्नबाट बचाउन खोप लगाउन पशु विज्ञको सुझाव छ । पशु विज्ञका अनुसार गर्मीयाम सुरु भए लगत्तै देशका विभिन्न जिल्लामाका पशुमा प्रकोपका रूपमा रहेको लम्पी स्किन नामक सङ्क्रमणबाट पशुलाई बचाउन खोप लगाउन भनिएको हो ।
गर्मीबाट बालबालिका बिरामी पर्न थाले
नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि बालबालिका बिरामी पर्न थालेका छन् । भेरी अस्पतालका बालरोग विशेषज्ञ डा. प्रतिमा खड्का हमालका अनुसार मौसमी रुघाखोकी र भाइरल फ्लुबाट बालबालिका प्रभावित बनेका छन् ।
कोहलपुर नपालाई सिकलसेलका लागि ७० लाख बजेट
अगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय सरकारले कोहलपुरका लागि १ करोड २० लाख बजेट विनियोजन गरेको छ ।
हास्य कलाकार श्रेष्ठको मोतीविन्दुको शल्यक्रिया
वरिष्ठ नेपाली हास्य कलाकार मदनकृष्ण श्रेष्ठको मोतीविन्दुको शल्यक्रिया गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठानमा कलाकार श्रेष्ठको दाहिने आँखाको मोतिविन्दुको शल्यक्रिया गरिएको हो ।
बाथरोग उपचारमा संलग्न संस्था र पीडितलाई सरकारले सहयोग गर्छ : स्वास्थ्यमन्त्री बस्नेत
नेशनल बाथरोग सेन्टरले ‘बाथरोगको जनचेतना घरघरमा पुर्याउन्, सामाजिक उत्तरदायित्व पूरा गरौँ’ भन्ने नाराका साथ आज (सोमबार) आफ्नो १०औँ वार्षिकोत्सव मनाएको छ ।
विपन्न नागरिकलाई १० प्रतिशत शैय्या निःशुल्क नगर्ने अस्पताललाई कारबाही गर्छौँ : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले विपन्नका लागि १० प्रतिशत शैय्या निःशुल्क नगर्ने अस्पताललाई कारबाही गर्ने बताउनुभएको छ।
प्रादेशिक अस्पताल गौरमा आइसियु सेवा सुरु
प्रादेशिक अस्पताल गौरमा भेन्टिलेटर सहितको आइसियुसेवा सुचारु भएपछि बिरामीको स्वास्थ्य उपचारमा सहज भएको छ ।
प्लाष्टिकजन्य पदार्थ मानव सभ्यताकै शत्रु : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले प्लास्टिकजन्य पदार्थ मानव सभ्यताकै शत्रुका रूपमा देखिन थालेको बताउनुभएको छ ।
परिचयपत्रको आधारमा नागरिकलाई निःशुल्क उपचार गर्न सरकारको आग्रह
सरकारले स्थानीय तहलाई परिचयपत्रका आधारमा १० प्रतिशत शैय्या छुट्याएर विपन्न बिरामीको निःशुल्क उपचार गर्न आग्रह गरेको छ।
'थालेसिमियाका बिरामीको जिम्मा सरकारले लिए राम्रो'
वीर अस्पतालका रक्तरोग विशेषज्ञ डा. नीरजकुमार सिंहले महँगो औषधि उपचार र रगतको अभाव र जनचेतनाको अभाव रोगीले गर्दा नेपालमा थालेसिमियाका बिरामीले सही उपचार नपाएको बताउनुहुन्छ ।
अधिक गर्मीले बालबच्चामा समस्या, होसियारी अपनाउन विज्ञको सुझाव
केही दिनयता झापा जिल्ला सहित पूर्वी नेपालका तराईका जिल्लामा गर्मी अधिक बढेको छ । गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा समस्या आउन सक्ने भन्दै होसियारी अपनाउनु पर्ने सुझाव विशेषज्ञहरूको रहेको छ ।
महानगरको पहिलो प्राथमिकता नगरवासीलाई रोग लाग्न नदिनु होः सुनिता डंगोल
काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौं महानगरपाकिलाको पहिलो प्राथमकिता महानगरवासीलाई रोग लाग्न नदिनु रहेको बताउनुभएको छ ।
कोभिड-१९ को मापदण्ड परिमार्जन, अब मास्क स्वैच्छिक
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण दर घट्दै गएपछि स्वेच्छिक रूपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ ।
गर्मी बढेपछि विद्यालय बन्द
भरतपुर महानगरपालिकाले आगामी आइतबार जेठ २१ गते देखि महानगरभित्रका विद्यालय ६ दिन बन्द गर्ने निर्णय गरेको छ ।
गर्मीबाट बच्न दिउँसोको घाममा ननिस्कन स्वास्थ्य मन्त्रालयकाे आग्रह
काठमाडौं, जेठ १९ गते । पछिल्लो केहीदिन यता काठमाडौं उपत्यका लगायत देशभरको तापक्रम वृद्धि हुँदै गएको छ । तापक्रम एक्कासी बढेपछि तराईका केही क्षेत्रमा तातो हावा (लू) चल्न सुरु भएको छ । तराईका जिल्लामा 'लू' का कारण वर्षेनी मानिसले अकालमै ज्यान गुमाउने गर्छन् । देशभर तापक्रम बढ्दै गएपछि मन्त्रालयले गर्मी मौसममा तातो हावाबाट बच्न दिउँसो घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । त्यस्तै, यदि घरबाहिर निस्कनै परेमा पुरै शरिर छोपिने पातलो कपडा लगाउने, टोपी प्रयोग गर्ने र घामबाट बच्न छाता ओढेर मात्रै निस्कन मन्त्रालयले आग्रह गरेको छ । कन्सल्ट्यान्ट फिजिसियन डा.धुब्र गैरेका अनुसार गर्मीको समयमा तराईमा घरबाहिर निस्किँदा, खेतबारीमा काम गर्दा, बालबालिका खेल्दा तातो हावा तथा घामको असरले धेरै जना बेहोस हुने गर्छन् । गर्मीका कारण लगातार शरिरमा पानी, ग्लुकोज र नुनको कमीका कारणले गर्दा मानिसलाई डिहाइड्रेसन भई बेहोस हुने डा. गैरेको भनाइ छ । तातो हावाबाट बच्न चिसो पानीले नुहाउने, खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने, मदिरा सेवन नगर्ने, चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने चिकित्सकको आग्रह छ । यसबाट बच्चन फलफुलको रस पिउने, पानी पिउने, जीवनजल पिउन मन्त्रालयको सुझाव छ । बालबालिकालाई तातो हावा 'लू'बाट कसरी जोगाउने बालबालिकालाई 'लू' बाट बचाउन दिउँसो १२ बजेदेखि ४ बजेसम्मको कडा घाममा घरबाहिर सकेसम्म निस्कन नदिन डा. गैरेको सुझाव छ । उहाँका अनुसार निस्कनै परेमा हल्का रङ्गको सुतीको कपडा लगाउने, बाहिरा हिँड्दा छाता वा टोपीको प्रयोग गर्नुपर्दछ ।यसका साथै डा. गैरे भन्नुहुन्छ, "बालबालिकाको साथमा सधैभरी पानीको बोतल राखिदिने, कागती पानी, नरिवल पानी, ताजा फलफुलको रस नियमित रुपमा पिउन दिने तथा गर्मीको समयमा पत्रु खाना (जङ्क फुड) को प्रयोग नगर्ने र ताजा फल, सलाद र घरमै बनेको खानेकुरा खुवाउनु पर्छ ।" "बालबालिकालाई बिहान वा साँझको समयमा मात्रै खेल्न बाहिर पठाउने । यदि बालबालिकालाई रिङ्गटा लागेमा, वान्ता भएमा, धेरै टाउको दुखेमा वा सास फेर्न अप्ठ्यारो भएमा तुरुन्त ननिकैको अस्पताल लैजानुपर्दछ", उहाँले भन्नुभयो ।
विपन्न नागरिकलाई निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्छौँ : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले विपन्न नागरिकलाई १० प्रतिशत निःशुल्क उपचार नगर्ने अस्पतालहरूलाई कारबाही गरिने बताउनुभएको छ ।
अत्यधिक गर्मीले झाडा पखाला, ज्वरो र छालाका बिरामी बढे
देशकै सबैभन्दा बढी गर्मी हुने नेपालगञ्जको जनजीवन अत्यधिक गर्मीले प्रभावित भएको छ । नेपालगञ्जको राँझास्थित जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालयका अनुसार केही दिन यता यहाँको तापक्रम बढ्दै गएको छ ।
कपिलवस्तुको औलो नियन्त्रणमा सफलता
कपिलवस्तुको पछिल्लो चार वर्ष यता औँलो रोग (मलेरिया) को स्थानीय सङ्क्रमण शून्य रहेको छ । स्वास्थ्य कार्यालयले समुदायमा औँलो रोगको विषयमा सचेतना फैलाएपछि सङ्क्रमण शून्य भएको जनाएको छ ।
बिरामीलाई निःशुल्क दुध वितरण
नेपालमा हरेक वर्ष अङ्ग्रेजी महिना जुन १ लाई विश्व दुध दिवस रूपमा मनाउने गरिन्छ ।
सुदूरपश्चिमको आठ जिल्ला सङ्क्रमित मुक्त
सुदूरपश्चिम प्रदेशको आठ जिल्ला सक्रिय कोरोना सङ्क्रमित मुक्त भएको छ । कैलालीसहित पहाडी सबै जिल्ला सक्रिय सङ्क्रमितमुक्त भएको हो ।