• ४ जेठ २०८१, शुक्रबार

सम्झनाको उपचारका लागि सहयोगको आग्रह

blog

क्यान्सर पीडित सम्झनालाई उपचारको लागि सहयोग गरिदैं । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, जेठ २७ गते । पाठेघर क्यान्सर पीडित तनहुँको एक महिलालाई उपचारका लागि सहयोग गरिदिन परिवारका सदस्यले आग्रह गरेका छन् । व्यास नगरपालिका –५ निवासी सम्झनाको उपचारका लागि आर्थिक अभाव भएको भन्दै परिवारका सदस्यले सहयोगको अपिल गरेका हुन् ।

सम्झना हाल बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचाररत हुनुहुन्छ । आर्थिक अवस्था निकै कमजोर भएको र उपचारमा धेरै खर्च लाग्ने भएको हुँदा सहयोग गरिदिन सम्झनाको श्रीमान् चन्द्रकुमार श्रेष्ठले अनुरोध गर्नुभयो । उपचारमा धेरै रकम खर्च भइसकेको बताउँदै थप उपचारका लागि आर्थिक समस्या भएको उहाँको भनाइ छ । 

श्रेष्ठले भन्नुभयो, ‘सहयोग गर्न चाहने सहयोगी मनहरूले सहयोग गरेमा सम्झनाले पुनर्जीवन पाउनु हुनेछ ।’ उहाँका लागि सहयोग आउनेक्रम जारी रहेको र परिवारले सबैसँग सहयोगको आग्रह गरेको छ । 

आर्थिक अभाव भएपछि उपचारको लागि विभिन्न सङ्घ संस्थाबाट सहयोग जुटाउन सुरु भएको श्रेष्ठले बताउनुभयो । म्याग्दे गाउँपालिका –५, व्यास –५, पतेनीटारमा बस्ने वर्ष ३८ को सम्झनालाई पाठेघरको क्यान्सर भएपछि उपचारका लागि सहयोग जुटाउन थालिएको परिवारका सदस्यको भनाइ छ । 

सम्झनाका उपचारका लागि मलेसियामा रहनुहुने महेन्द्र श्रेष्ठ, गणेशकुमार श्रेष्ठ र तुलबहादुर गरन्जाको नेतृत्वमा ४० हजार आर्थिक सहयोग जुटेको छ । श्री दभुङ्ग चण्डीदेवी गुठी संस्थाबाट ३३ हजार ९० रुपियाँ, मानुङ गुठीवाट २० हजार छ सय ५५, पतेनीटार नेवा समाजबाट ६ हजार ५ सय र पतेनीटार टोल विकास संस्थाबाट ४१ हजार १५ रुपिया आर्थिक सहयोग सङ्कलन भएको बताइएको छ ।