• १९ असार २०८१, बुधबार

राष्ट्रपति पौडेल स्वास्थ्य परीक्षणका लागि गङ्गालाल अस्पतालमा

blog

राष्ट्रपति रामचन्द्र पौडेल । फाइल तस्बिर

काठमाडौं, जेठ ३० गते। राष्ट्रपति रामचन्द्र पौडेल मङ्गलबार सामान्य स्वास्थ्य परीक्षणमाका लागि शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र जानुभएको छ। 

राष्ट्रपति पौडेलका निजी चिकित्सक डा. नीरज बमका अनुसार राष्ट्रपति पौडेल मङ्गलबार बिहान सामान्य स्वास्थ्य परीक्षणको लागि गङ्गालाल अस्पतालमा जानुभएको हो। 

उहाँले भन्नुभयो, ‘‘राष्ट्रपति  पौडेल सामान्य स्वास्थ्य परीक्षणको लागि  गङ्गालाल अस्पतालमा जानुभएको हो।’’ 

यसअघि स्वास्थ्यमा समस्या भएपछि राष्ट्रपति पौडेललाई शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको थियो। त्यसपछि उहाँलाई भारतको राजधानी नयाँ दिल्ली लगेर त्यहाँस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गरिएको थियो।