प्रयोगात्मक अङ्कले उकास्यो नतिजा
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा गत वर्षको तुलनामा सुध्रिएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको २०७९ सालको नतिजा अनुसार माथिल्लो ग्रेड ल्याएर उत्तीर्ण हुने परीक्षार्थीको सङ्ख्यामा गत वर्षको तुलनामा यस पटक उल्लेख्य सुधार देखिएको छ ।
यसरी पनि बजाइयो घण्टाघरको घडीमा बाह्र
देशको एक पुरातात्विक धरोहर घण्टाघर । झण्डै एक सय ३० वर्ष पहिले वीर शमशेरको पालामा स्थापना भएको घण्टाघर समयसँगै निकै जिर्ण अवस्थामा छ । नेपालमा त्यो बेलादेखि एक मात्र समय सूचक बनेर जिउँदो इतिहासको रुपमा संघीय राजधानीको मुटुमा ठिङ्ग उभिएको छ ।
निष्क्रिय भयो मिटरब्याज अध्यादेश
प्रतिस्थापन विधेयक ल्याउन भएको ढिलाइ र प्रतिपक्षी दलहरूको अवरोधका कारण मिटरब्याजपीडितका समस्या सम्बोधनका लागि ल्याइएको अध्यादेश निष्क्रिय अवस्थामा पुगेको छ। अध्यादेश जारीपछि बसेको सङ्घीय संसद्को बैठकमा पेस भएको ६० दिनको अवधिमा प्रतिस्थापन पारित नभएपछि अध्यादेश निष्क्रिय भएको हो।
त्रिविमा अस्तव्यस्त शैक्षिक पात्रो : परीक्षा हुनै डेढ वर्ष, नतिजा अन्योलमा
त्रिभुवन विश्वविद्यालय (त्रिवि) का स्नातक तह दोस्रो वर्षका विद्यार्थीको पढाइ सकिएको छ महिना बितिसक्दा पनि परीक्षा तालिका सार्वजनिक भएको छैन । ती विद्यार्थीको २०७८ साल चैतदेखि पढाइ सुरु भएको थियो । शैक्षिक पात्रो (क्यालेन्डर) नियमित भइदिएको भए ती विद्यार्थीले अहिले तेस्रो वर्षको पनि करिब आधा पढाइसकेका हुन्थे । तर १५ महिना बित्दा पनि दोस्रो वर्षकै परीक्षा दिन नपाउँदा उनीहरू निकै तनावमा छन् । कलङ्कीस्थित एड्मार्क कलेजमा अध्ययनरत अविन महर्जनले भन्नुभयो, “पढेको जति सबै बिर्सिसक्यौँ । अब के पढ्ने, कसरी परीक्षा दिने भन्ने चिन्ताले सताएको छ ।” ती विद्यार्थीको ठाउँमा अहिले स्नातकमै दोस्रो व
बाह्रै महिना पानी ल्याउने डिजाइन बन्दै
मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना पानी ल्याउने गरी डिजाइनको काम अघि बढाइएको छ। मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले बर्खा लागेसँगै मध्यकालीन समाधानमार्फत इन्टेक स्थानान्तरण, बालुवा थिग्य्राउने प्रणालीलगायत सम्पूर्ण डिजाइनको काम अघि बढेको बताउनुभयो। अहिले वर्षमा १० महिना (करिब तीन सय दिन) पानी वितरण गर्ने अवस्था छ।
निर्वाचनको मिति कानुनमै तोक्न प्रस्ताव
निर्वाचन आयोगले तीनै तहको निर्वाचनको मिति स्पष्ट उल्लेख गरी कानुन बनाउन प्रस्ताव गरेको छ। आयोगले निर्वाचनसम्बन्धी एकीकृत कानुनको मस्यौदा स्वीकृत गर्दा यस प्रकारको व्यवस्था गर्न सुझाव दिएको हो । प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहको निर्वाचन सो सभाको अघिल्लो निर्वाचनको परिणाम घोषणा भएको चार वर्ष ११ महिनापछिको पहिलो आइतबार गर्ने गरी कानुनमा व्यवस्था गर्न आयोगले प्रस्ताव गरेको छ । त्यसै गरी पदावधि समाप्त हुनुभन्दा तीन दिनअघि राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन हुने व्यवस्था गर्न प्रस्ताव गरिएको छ ।
नारायणगढ–मुग्लिन सडकको विकल्प खोजी : चार वटा निकासको सम्भावना
हरेक वर्ष पहिरोले दुःख दिँदै आएपछि नारायणगढ–मुग्लिन सडकको विकल्प खोजिन थालिएको छ। त्यसका लागि हाल चार वटा विकल्प देखिएका छन्। तिनमा केही निर्माण कार्य थप्न आवश्यक देखिएको छ। एउटा विकल्प पूर्वी नवलपरासीको गैँडाकोटदेखि तनहुँको देवघाट, दासढुङ्गा हुँदै मुग्लिनसम्म अहिलेको सडकपारि तनहुँतर्फ त्रिशूलीको किनारैकिनारको छ। त्यस्तै अर्को चितवनको भण्डाराबाट धादिङको मलेखुसम्म अहिले ‘सिङ्गल ट्र्याक’ खोलेर काम अघि नबढाई रोकिएको भण्डारा–मलेखु सडक छ।
पर्यटकको आगमन बढ्यो पूर्वाधार सञ्चालन कहिले ?
पर्यटक आगमनको गति बढे पनि सोही क्षेत्रको प्रवर्धनका लागि निर्मित पूर्वाधारको समुचित उपयोग हुन नसक्दा पर्यटन उद्यमकै दिगोपनामा असर गर्ने देखिएको छ । सन् २०२३ को छ महिनामा पौने पाँच लाख विदेशी पर्यटक नेपाल भ्रमणमा गरेका छन् । अध्यामन विभागले उपलब्ध गराएको तथ्याङ्क अनुसार सन् २०२३ को जनवरीदेखि जुनसम्म चार लाख ७६ हजार ४८१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।
वैदेशिक रोजगारीको कुरूप पाटो, देशभित्रै ठगिन्छन् युवा
वैदेशिक रोजगारीमा जाने श्रमिकको ठूलो सङ्ख्या स्वदेशमै ठगीमा पर्ने गरेको एक अध्ययनले देखाएको छ । वैदेशिक रोजगारीका क्रममा समस्यामा परेकालाई निःशुल्क कानुनी सहायता दिँदै आएको पिपुल्स फोरमले ११ महिनामा वैदेशिक रोजगारीका नाममा परेका मुद्दामध्ये झन्डै ५४ प्रतिशत मुद्दा नेपालमा हुने ठगीमा परेका पीडितको रहेको जनाएको हो ।
गरिमा खोज्दै गुरुहरू
“जो शिक्षक प्रसन्न चित्त रहन्छन् तिनका शिष्यहरू पनि प्रसन्न रहने गर्दछन् । हाँसीखुसी साथ नयाँ नयाँ कुरा सिक्तै जान्छन् । जो शिक्षक उदास मन गरेर पढाउँदछन् तिनीहरूका शिष्यहरू पनि ध्यानपूर्वक मन लगाएर पढ्दैनन् । शिक्षकको हृदय धार्मिक भावले, सुन्दर विचारले भरिइरहेको हुनुपर्दछ ।”
नेपाली नियोग र दूतावास नेतृत्वविहीन बन्दै
विभिन्न मुलुकमा रहेका नेपाली दूतावास नेतृत्वविहीन हुँदै गएका छन्। केही दूतावाससँगै संयुक्त राष्ट्रसङ्घीय नियोग पनि छिट्टै नेतृत्वविहीन हुँदै छ। कतिपय दूतावासबाट चारवर्षे कार्यकाल सकेर राजदूत तथा नियोग प्रमुख स्वदेश फर्कने तयारीमा हुनुहुन्छ। परराष्ट्र मन्त्रालयका सूचना अधिकारी पारस पण्डितले सात वटा नियोग तथा केही दूतावासका नेतृत्व पद खाली भइसकेको र केहीको खाली हुने क्रममा रहेको बताउँदै भन्नुभयो, “चार जना फर्किसक्नुभएको छ। अन्य फर्कने क्रममा हुनुहुन्छ।”
स्टार्टअप उद्यमीका सकस
काठमाडौँ, ललितपुर र भक्तपुरका ऐतिहासिक भित्री सहर ज्यादै घना र भिडभाडपूर्ण छन् । पछिल्लो समय विस्तार भएका क्षेत्रमा त घर भेट्न मुस्किल छ भने असन वा पाटनका प्राचीन गल्लीमा बनेका घर भेट्न कति दुष्कर होला ? अनलाइनबाट खरिद गरिएका सामान डेलिभरी गर्नेहरूको सास्ती त झन् कति कति । सन् २०२० को जुनदेखि राजविक्रम महर्जनको टोलीले काठमाडौँ उपत्यकाका नगरपालिकाहरूलाई घरको नम्बरिङका लागि ड्रोन म्यापिङमा सघाइरहेको थियो । नगरपालिकाहरूले स्थानीय योजना तथा अन्य प्रयोजनका लागि सो म्यापिङ प्रयोग गर्न चाहन्थे । उहाँहरूले घरबाटै काम गरिरहनुभएको थियो, बन्दाबन्दीका कारण बाहिर जान पनि समस्या थियो । त्यस बेला राजलाई कोभिड महामारीमा शरीरमा अक्सिजनको मात्रा
वैदेशिक रोजगारीका नाममा मानव तस्करी बढ्दै
पछिल्लो समयमा वैदेशिक रोजगारीका नाममा हुुने मानव तस्करीका घटना बढ्दै गएका छन् तर यससम्बन्धी कानुन नहुँदा यस्ता तस्करलाई कानुनको दायरामा ल्याउन सकिएको छैन । नेपालबाट युरोप, अमेरिकामा मानव तस्करीका घटना बढ्दै गए पनि कानुन नबन्दा यस्तो धन्दा चलाउनेलाई कारबाहीको दायरामा ल्याउन नसकिएको हो ।
बढ्दै छ नेपाली मूलको सहभागिता
संयुक्त अधिराज्य (बेलायत) को स्थानीय तहको राजनीतिमा नेपाली मूलका बेलायती समुदायको सहभागिता बढ्दै गएको छ। शिक्षा, स्वास्थ्य, सुरक्षा, होटल, रेस्टुरेन्ट जस्ता व्यापार व्यवसायमा स्थापित हुँदै गएका नेपालीको सक्रियता यहाँको राजनीतिमा पनि बढ्दो क्रममा देखिएको छ। बेलायतका विभिन्न तहका काउन्सिलमा अहिले एक मेयर, एक उपमेयर र १० जना काउन्सिलर पदमा नेपाली मूलका निर्वाचित भएका छन्। सन् २०१० अघि भने फाट्टफुट्ट नेपाली मात्र स्थानीय तहमा निर्वाचित भएका थिए। सन् २००९ पछि ब्रिटिस गोरखा परिवारलाई आवासीय सुविधा दिएसँगै नेपालीको सङ्ख्या बढेपछि राजनीतिक सहभागिता पनि बढेको हो।
टहराको छैन भर, फेरि पहिरोको डर
दुई वर्षअघि २०७८ असार १ देखि निरन्तर आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२, गणेशबगर क्षेत्रमा मात्र लगभग ३५ घर बगायो । त्यस क्षेत्रका स्थानीय कतिपयको घर पूरै भासियो त कतिपयको फेरि प्रयोग गर्न नसकिने गरी भत्किए । गणेशबगरका स्थानीय लीलाबहादुर ज्योतिले चार वर्षअघि १७ लाख रुपियाँमा किनेको जग्गामा घर बनाएका थिए । घर बनाएको वर्षदिनमै घरजग्गा बाढीले बगायो । उहाँले भन्नुभयो, “घर बन्नासाथ छोराको विवाह गरिएको थियो । त्यही घर बाढीले भत्कायो । त्यसपछि एक वर्षका लागि भनेर अस्थायी बसोबास बनाइएको थियो । एक वर्ष त के तीन वर्ष भयो स्थायी बसोबासको कुनै वातावरण बनेको छैन ।” उहाँका श्रीमती, छोरा–बुहारी गरी चार जनाको परिवार छ ।
फेरि खोलियो ललिता निवास फाइल
सरकारले काठमाडौँको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किर्ते गरी विभिन्न व्यक्तिका नाममा ल्याएको मुद्दामाथिको अनुसन्धानको फाइल फेरि खोलेको छ। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको झन्डै दुई सातापछि सरकारले ‘हेभिवेट’ अभियुक्त रहेको ललिता निवास जग्गा किर्ते मुद्दाको फाइल खोलेको हो।
अप्ठ्यारो अवस्थामा सुधारिएको छवि
नेपालका तर्फबाट संयुक्त राष्ट्रसङ्घका लागि स्थायी प्रतिनिधि अमृतबहादुर राई चारवर्षे कार्यकाल सकेर स्वदेश फर्कने तयारीमा हुनुहुन्छ। उहाँले आफ्नो चारवर्षे कार्यकालको भरपूर रूपमा उपयोग गर्नुभएको छ। सोमबार आफ्नो कार्यकाल सकेको दर्शाउँदै उहाँले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँग बिदाइको हात मिलाउनुभयो। कार्यकालको अन्तिम भेटमा पनि उहाँले नेपाल–संयुक्त राष्ट्रसङ्घको सम्बन्ध र सहकार्यका विषयमा गहन छलफल गर्न छुटाउनुभएन। आगामी दिनमा गर्न सकिने सहकार्यलाई स्वदेश फर्किएपछि यतैबाट पहल गर्ने प्रतिबद्धतासमेत स्थायी प्रतिनिधि राईले जनाउनुभयो। महासचिव गुटेर्रेसले राईको सफल कार्यकालको प्रशंसा गर्दै सम्बन्धलाई थप बलियो बनाउन पहल नछाड्न अनुरोध गर्नुभयो।
मेलम्ची बजार पुनः सञ्चालन हुने आशा
मेलम्ची र चौतारा जोड्ने आधुनिक प्रविधिको मोटरेबल पुल अबको १० देखि १५ दिनभित्र निर्माण पूरा हुने भएको छ ।
जलहरीको तौल १०७ किलो !
पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरीको तौल १०७ किलो ८०७ ग्राम देखिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार यसबारे परीक्षण गर्दा सुनको गुणस्तर २२ क्यारेट भएको पनि पाइएको छ। जलहरीबारे संसद्मा प्रश्न उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापतौल र गुणस्तर परीक्षण गरेको हो।
४२ स्थानीय तहले ल्याएनन् बजेट
स्थानीय तहले हरेक वर्षको असार १० गतेभित्र आआफ्नो सभामा आगामी वर्षको नीति र कार्यक्रम तथा बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था भए पनि ४२ वटा स्थानीय तहले तोकिएको मितिभित्र सभामा बजेट पेस गर्न सकेनन् । कुल ७५३ स्थानीय तहमध्ये २९३ वटा नगरपालिका छन् । नेपाल नगरपालिका सङ्घका अनुसार तीमध्ये १३ वटा नगरपालिकाले असार १० गतेभित्रै बजेट पेस गर्न सकेनन् । त्यस्तै कुल ४६० वटा गाउँपालिकामध्ये २९ वटा गाउँपालिकाले गाउँ सभामा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट
अख्तियारले जोख्यो जलहरी , के हो जलहरी विवाद ?
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको शिवलिङ्गमा राखिएको सुनको जलहरी नापतौल र गुणस्तर (क्यारेट) परीक्षण गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको रोहवरमा पशुपतिनाथ मन्दिरभित्र राखिएको जलहरी नापतौल र परीक्षण गरेको हो।
टुकुचामाथिको जग्गा अध्ययन हुँदै
पाटन उच्च अदालतले दरबारमार्गस्थित जय नेपाल सिनेमाघरको कम्पाउन्डमुनि भेटिएको टुकुचा ढल नभई खोला नै भएको ठहरसहित फैसला गरेपछि सो खोलालाई खुला रूपमा नै बगाउन काठमाडौँ महानगरपालिकाले सुरु गरेको कानुनी प्रक्रिया अपेक्षित रूपमा अगाडि बढ्न सकेको छैन ।
निष्क्रिय बन्दै दलितका निकाय : आन्दोलनका उपलब्धि गुम्ने चिन्ता
दलित समुदायमा प्रत्यक्ष काम गर्ने सरकारी निकाय र संयन्त्रहरू निष्क्रिय बनाएर विघटन गरिँदै छन् । संयन्त्रहरू निष्व्रिmय बनाउने र निकायहरूलाई विघटन गर्ने कामले दलित आन्दोलनबाट प्राप्त हालसम्मका उपलब्धि पनि गुम्ने अवस्थामा पु¥याएको छ । २०५४ सालदेखि दलित समुदायको शिक्षा र आर्थिक विकासका क्षेत्रमा क्रियाशील उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति हाल विघटन जस्तै छ । संरचना र कर्मचारी छन् तर बजेट दिइएको छैन ।
मनसुनसँगै बाढीपहिरोको पीडा
मनसुन सुरु भएसँगै देशव्यापी रूपमा बाढीपहिरोको कहर सुरु भएको छ । असार १ गतेदेखि यता बाढी र पहिरोबाट १७ जनाको ज्यान गएको छ । तीमध्ये पहिरोले सबैभन्दा बढी १५ जनाको ज्यान लिएको छ । बाढीपहिरोमा परेर बेपत्ता भएका २६ जना अझै भेटिएका छैनन् । नेपालमा असार १ गते मनसुन भित्रिएको हो ।