तेइस जलविद्युत् आयोजना क्षतिग्रस्त
पूर्वी नेपालमा यही असार १ र २ गते आएको बढीका कारण क्षतिपुग्ने जलविद्युत् आयोजनाको सङ्ख्या २३ पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले बुधबार प्रभावित आयोजनाका प्रवर्धकहरूसँग क्षति र अबको योजनाबारे छलफलका व्रmममा २३ आयोजनामा क्षति पुगेको निचोड निकालेको हो ।
दलहरूको लेखापरीक्षण प्रतिवेदन : प्रमाण पुग्ने कागजात माग
निर्वाचन आयोगले राजनीतिक दललाई लेखापरीक्षण प्रतिवेदनसहितको कागजातलाई पुष्टि गर्ने प्रमाण तीन दिनभित्र बुझाउन निर्देशन दिएको छ। राजनीतिक दलले बुझाएको आव २०७९/८० को लेखापरीक्षण प्रतिवेदनमा शङ्का लागेपछि आयोगले महालेखा परीक्षकको कार्यालयको विज्ञ टोली परिचालन गरेर प्रतिवेदन जाँच्ने कार्य गर्दै छ।
कर फर्स्योटमा अनियमितता : छ अर्ब बिगो, नौ वर्ष कैद सजाय
विशेष अदालतले कर फर्स्योट आयोगका तत्कालीन पदाधिकारीलाई छ अर्ब रुपियाँभन्दा बढी बिगो असुल उपरको आदेश गरेको छ । राज्यले पाउनुपर्ने कर कानुनविपरीत मिनाह गरेको भन्दै अदालतले जेठ १८ गते नै तत्कालीन पदाधिकारीहरू लुम्बध्वज महत, उमेशप्रसाद ढकाल र चूडामणि शर्मालाई कसुर ठहर गरेको थियो ।
पाँच हजार रुपियाँमा अब छयसट्ठी पानाको राहदानी
६६ पानाको राहदानी लिने सेवाग्राहीको अभाव भएपछि ३४ पानासरहकै शुल्कमा वितरण थालिएको छ। राहदानी विभागले विद्युतीय राहदानी अन्तर्गत ३४ पानाको साधारण राहदानीकै शुल्कमा ६६ पानाको राहदानी वितरण गर्न थालेको हो। वितरण थालिएको एक वर्ष बिते पनि ६६ पानाको राहदानीको माग अत्यन्त न्यून भएकाले साधारण राहदानीसरह वितरण गर्नु परेको विभागका महानिर्देशक सुरेन्द्रकुमार यादवले बताउनुभयो।
सडकमा कसले फाल्यो गोलभेँडा किसानले कि बिचौलियाले ?
किसानले गोलभेँडाको उचित मूल्य नपाउँदा आइतबार बिहान कालीमाटी तरकारी बजारभित्रै तरकारी फालेर विरोध जनाएका छन् । तर सरकार भन्छ : कालीमाटीमा फालिएको गोलभेँडा किसानले होइन, बिचौलियाले फालेका हुन् । उपत्यका आसपासमा टनेलमा गोलभेँडा खेती गर्ने किसानले गोलभेँडाको लागत पनि उठाउन नसकेको गुनासो गर्दै गोलभेँडा फाल्न बाध्य भएको बताइएको छ । कालीमाटी बजार विकास समितिले आइतबारका लागि टनेलको सानो गोलभेँडाको थोक बिक्री मूल्य प्रतिकेजी आठ रुपियाँ तोकेको छ तर सोही गोलभेँडा काठमाडौँमा खुद्रा बजारमा ३०/३५ रुपियाँ प्रतिकेजीमा बिक्री भइरहेको छ ।
समाजवादी मोर्चा घोषणा आज
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवादको नेपाली बाटो तय गर्ने उद्देश्यका साथ सोमबार समाजवादी मोर्चा नेपालको घोषणा हुँदै छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगायतका दल मोर्चामा आबद्ध हुने छन् । नेपाली विशेषताको समाजवाद स्थापना गर्नु मोर्चाको साझा सैद्धान्तिक उद्देश्य रहेको जनाइएको छ ।
विद्यालय कर्मचारी आन्दोलित
विद्यालय कर्मचारीका माग पूरा गर्न सरकारले चार दशकमा आधा दर्जन सम्झौता गरे पनि कार्यान्वयनमा उदासीनता देखाएको छ। विगतमा भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने र आफूहरूको पेसागत सुरक्षा हुनुपर्ने माग राख्दै कर्मचारीहरू यस पटक पुनः आन्दोलनमा होमिएका छन्।
राजनीतिज्ञको व्यावसायिक जीवन, थाल्नुभन्दा टिक्नु महत्त्वपूर्ण
पूर्वमन्त्री एवं तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का प्रभावशाली नेता लोकेन्द्र विष्ट मगर अचेल कृषि कर्ममा हुनुहुन्छ। दाङमा सुरु गरेको सिउँडी फल (ड्र्यागन फ्रुट) खेतीले उहाँलाई नाम र दाम दुवै दिएको छ। अर्का वामपन्थी चिन्तक विश्वभक्त दुलाल (आहुती) पनि कृषि उत्पादनमा सक्रिय हुनुहुन्छ।
‘नेवार’ शब्दको प्राचीनता
नेपालको इतिहासलाई पल्टाउँदा संस्कृति, कला एवं साहित्यको माध्यमद्वारा विश्वमा आफ्नो देशको नामलाई रोशन गर्दै आएको नेवार समुदाय प्राचीन कालदेखि नै नेपाल–उपत्यकाको बासिन्दाका रूपमा रहिआएको देखिन्छ । ‘नेवार’ शब्दले कुनै एक जाति विशेषलाई मात्र जनाउने होइन, पुरै समुदायकै प्रतिनिधित्व गर्दछ । केही विद्वान्ले देशको नाम नेपाल र समुदायको प्रतिनिधित्व गर्ने नेवार शब्दका बीचमा पनि घनिष्ठ रूपले अन्तरसम्बन्ध रहिआएको कुराको व्याख्या गरेका छन् । एक थरी विद्वान्हरू नेवार शब्दको व्युत्प
प्रदेशको बजेट दुई खर्ब ७७ अर्ब
सात वटै प्रदेशका सरकारले आर्थिक वर्ष २०८०/८१ लागि पौने तीन खर्ब रुपियाँ बराबरको बजेट सार्वजनिक गरेका छन् । प्रत्येक आर्थिक वर्षको असार १ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुरूप शुक्रबार ६ प्रदेशले आगामी बजेट सार्वजनिक गरेका हुन् । कोशी प्रदेशले बिहीबार नै अध्यादेशमार्फत बजेट सार्वजनिक गरेको थियो ।
महानगरले बन्द गरायो शैक्षिक मेला
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) ले बिहीबारदेखि सुरु गरेको शैक्षिक मेला एक दिन पनि नचल्दै काठमाडौँ महानगरपालिकाले स्थगित गरिदिएको छ। मेला राजधानीको भृकुटीमण्डपमा सञ्चालन गरिएको थियो। सभामुख देवराज घिमिरेले बिहीबार बिहान मेला उद्घाटन गर्नुभएको थियो। सभामुखले उद्घाटन गरेको केही घण्टामै महानगरपालिकाका नगरप्रहरी प्रमुख राजु पाण्डेको नेतृत्वमा गएको टोलीले मेला बन्द गर्न लगाएको हो।
बर्खामा पनि मेलम्चीको पानी नरोकिने
मुलुकमा बुधबारदेखि मनसुन भित्रिएको छ तर यस वर्ष बर्खायाममा पानी वितरण रोक्ने या नरोक्ने विषयमा मेलम्ची खानेपानी आयोजना अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन। तथापि सुरक्षा पूर्वाधारको काम निकै राम्रो भएकाले पानी निरन्तर आउने सम्भावना बढेको आयोजनाले जनाएको छ।
पिपलसँगै ढल्यो मन पनि
पश्चिम चितवनको पटिहानी, धनौजी चोकको पिपलको रुख अब स्मृतिमा सीमित भएको छ । स्थानीय अपिल घिमिरेको आँगन छोएर अडिएको पिपलको रुख ढल निर्माण गर्ने क्रममा एक्साभेटरले उखालिँदा घिमिरेको मन पीडाले भतभती पोल्यो । उहाँले त्यो रुख नकाट्न अनेक प्रयत्न गर्नुभयो तर जोगाउन सक्नुभएन । श्रद्धापूर्वक शिर निहुराउँदै उहाँले पिपलसँग अन्तिम पटक भन्नुभयो, “मलाई माफ गर्नू, मेरो एक्लो चित्कार कसैले सुनेनन् । तिमी रोएको कसले बुझिदिने ? मैले जोगाउन सकिनँ, दुवै हात जोडेर क्षमा माग्छु ।”
कर्मचारी सरुवा व्यवस्थापन प्रभावकारी बनाइँदै
सरकारले निजामती कर्मचारीको सरुवा व्यवस्थापन प्रभावकारी बनाउने भएको छ । कर्मचारीको एकै वर्षमा चार/पाँच पटकसम्म विभिन्न कार्यालयमा सरुवा हुन थालेपछि कर्मचारी सरुवा प्रणालीलाई व्यवस्थित गर्न लागिएको हो । छोटो समयमा कर्मचारीको सरुवा हुँदा नियमित सेवा प्रवाह र योजना कार्यान्वयनमा समस्या देखिन थालेपछि निजामती कर्मचारीको सरुवा प्रणालीलाई व्यवस्थित गर्न लागिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयले कर्मचारीको सरुवा प्रणालीलाई व्यवस्थित गर्न मन्त्रालयकै दुई जना सहसचिव रहेको कार्यदल गठन गर्न लागेको छ ।
सामाजिक अन्धविश्वासको पराकाष्ठा : पानी नदिँदा प्रसूति सेवा बन्द
मन्दिर र बस्तीमा जाने खानेपानीको पाइपबाट स्वास्थ्य चौकीले पानी भर्न नपाउँदा प्रसूति सेवा बन्द भएको छ । आकासेपानीको भरमा चलेको पञ्चेश्वर स्वास्थ्य चौकीले पानी सकिएको भन्दै आइतबारदेखि प्रसूति सेवा बन्द गरेको हो । पञ्चेश्वर गाउँपालिका–१ मा रहेको पञ्चेश्वर स्वास्थ्य चौकीमा प्रसूति सेवा दिन खटिएका स्वास्थ्यकर्मी कोकिला भट्ट र निर्मला लावड स्वास्थ्य चौकीमै डेरा गरी बस्नुभएको छ । दलित र सुत्केरी महिलामाथि विभेद गर्ने कुप्रचलनका कारण स्वास्थ्य चौकी भएर जाने मन्दिरको खानेपानीको पाइपबाट पानी भर्न नपाएको अनमी निर्मला लावडले बताउनुभयो ।
अनियमित वर्षाले समस्यामा कृषक
तापक्रम र मनसुनको उतारचढावले कृषि उत्पादनमा गहिरो असर पर्न थालेको छ । नेपालको खेती मौसमी प्रणालीमा निर्भर छ तर कृषिसँग सम्बन्धित मौसमी सूचना अनिश्चित छ । जसका कारण किसानले बारम्बार नोक्सानी बेहोर्नुपरेको कृषि विज्ञहरूको गुनासो छ । अघिल्लो वर्ष असोजमा बेमौसमी वर्षा हुँदा खेतमै काटेको धान सोत्तर बन्यो । यो वर्ष हिउँदमा कम वर्षा हुँदा बाली राम्रो उत्पादन भएन । यस पटकको वर्षामा पनि कम पानी पर्ने पूर्वानुमान छ तर मनसुन भित्रिने र सक्रिय रहने सही समयको सूचना किसानले पाउन सकेका छैनन् ।
बालश्रम अन्त्य कागजमै सीमित
“भाँडा उठाउँदा हुन्छ नि हजुर ?” कालीमाटी रोडमा पर्ने चिया खाजा पसलमा काम गर्ने रमण भाइलाई भाडा उठाउन सधैँ यस्तै हतार हुन्छ । साहुल जुठा भाँडा टेबुलमै देख्नुभयो भने मलाई पिट्नुहुन्छ, अमिलो मन बनाउँदै रमणले भन्नुभयो । पूरा नाम भन्न नमान्ने रमण देख्दा १०/११ वर्ष जस्ता देखिनुहुन्छ तर उहाँले उमेर बढाएर १६/१७ वर्ष भन्ने गर्नुभएको छ ।
मनसुनबाट साढे १२ लाख प्रभावित हुने अनुमान, प्रतिकार्य राष्ट्रिय योजना तयार
यही जेठको अन्तिममा सुरु भएर करिब एक सय दिन क्रियाशील यस वर्षको मनसुनबाट करिब साढे १२ लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ। गृह मन्त्रालयमा आइतबार बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा दिइएको जानकारी अनुसार मनसुनबाट प्रभावित हुन सक्ने जनसङ्ख्या १२ लाख ५४ हजार १८१ र घरधुरी दुई लाख ८६ हजार ९९८ रहने छन्।
बच्चा कोरल्न व्यस्त स्वर्गचरी
सानो चट्ट मिलेको ज्यानमा नीला आँखा । शरीरमा रहेको सेतो पखेटा र लामो लहरेदार पुच्छर । अनि चञ्चले स्वभावको स्वर्गचरी (प्याराडाइज फ्लाइक्याचर) का जोडी नेपालमा बच्चा कोरल्न व्यस्त छन् । पोथी स्वर्गचरीको जिउ खैरो हुन्छ । आँखा र टाउकोको रङ दुवैको उस्तै हल्का कालो हुन्छ । हेर्दै मन हर्ने सुन्दर रूप भएकाले पनि स्वर्गचरी हेर्न चरा पारखी यो मौसममा वनपाखा धाउने गरेका छन् ।
एनसेल कर मुद्दाको फैसला नेपालका पक्षमा
लगानी तथा लाभकरसँग सम्बन्धित मुद्दामा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ । दूरसञ्चार सेवाप्रदायक एनसेल आजियटा लिमिटेडले आफ्नो स्वामित्व खरिद बिक्रीमा नेपालमा भएको लाभकर निर्धारणमा विमति जनाउँदै विश्व बैङ्क अन्तर्गतको अन्तर्राष्ट्रिय लगानी विवाद हेर्ने ‘इन्टरनेसनल सेन्टर फर सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट्स (आइसिएसआइडी)’ मा दायर गरेको मुद्दामा नेपालको पक्षमा फैसला भएको हो ।
राजनीतिमा रातो गलबन्दी
अडिने साहसै छैन चाहन्छन् सब पल्टनै खुला दोकान को राख्छ ? गलेबन्द भए कुनै । ‘ऋतु विचार’ अन्तर्गत ‘शिशिर विचार’ मा लेखनाथ पौडेलको विचार साहित्य जगत्मा उदाहरणीय श्लोक हो । लक्ष्मीप्रसाद देवकोटाको ‘हातका मैला सुनका थैला ...’ अहिले पनि आमनेपालीमा लोकप्रिय छ र ‘मु
तराई र पहाडमा अधिक गर्मी
नेपालमा पहिले कायम भएको उच्च तापक्रमको रेकर्ड हालैको तापलहरका कारण यस वर्ष धमाधम तोडिन थालेको छ। तातो हावा र लू एकसाथ नेपालको वायुमण्डलमा चलायमान भएकाले नेपालमा तापलहरको तीव्र अवस्था सिर्जना भएको हो। यसअघि भएका रेकर्ड तोडिने क्रम तराईमा मात्र नभई पहाडका विभिन्न भूभागमा पनि जारी रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। जलवाष्प नभएको सुक्खा तातो हावा र लूको दोहोरो चाप नेपालको मौसममा परिरहेकाले पहिलेका उच्च तापक्रमको रेकर्ड तोडिन थालेको विभागका उपमहानिर्देशक डा. अर्चना श्रेष्ठले बताउनुभयो।
निर्वाचन कार्यालय खारेज नगरिने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जिल्ला निर्वाचन कार्यालय खारेज गर्न नखोजिएको प्रस्ट्याउनुभएको छ। उहाँले निर्वाचन कार्यालयलाई नयाँ ढङ्गले व्यवस्थापन गर्न खोजिएको बताउनुभयो। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले निर्वाचन कार्यालयहरू खारेज गर्न खोजिएको नभई नयाँ ढङ्गले व्यवस्थापन गर्न खोजिएकाले अब आयोगको परामर्शबमोजिम गरिने प्रस्ट गर्नुभयो।
अर्थतन्त्रमा सुधारको सङ्केत
बाह्य क्षेत्रको दबाबले विगत डेढ वर्षयता चापमा परेको अर्थतन्त्रमा सुधारका सङ्केत देखिन थालेका छन् । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को १० महिना (वैशाख) सम्मको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले मुद्रास्फीति, विपे्रषण, चालु खाता तथा शोधनान्तर स्थितिमा सुधार आएको उल्लेख गरेको हो ।