गोरखाको रुन्चेतगाउँ पुग्न भिर खोपेर झोलुङ्गे पुल बनाइँदै
उत्तरी गोरखाको धार्चे गाउँपालिका–२ मा पर्ने रुन्चेतगाउँ सडक सञ्जालबाट जोडिएको छैन । गाउँपालिकाको ३ नं वडामा पर्ने लुसीकाङगाउँबाट रुन्चेतगाउँ नजिक भए पनि त्यहाँ पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यता छ ।
परीक्षामा उत्कृष्ट अनाथ विमल कामी
बाजुराको बुढीगङ्गा नगरपालिका –२ स्थित वसन्त प्राविका छात्र विमल कामी नगरकै पहिलो भएका छन् । शैक्षिक सत्र २०८० सालको कक्षा ५ को बुढीगङ्गा नगरपालिकाकाले गत चैतमा लिएको नगर स्तरीय परीक्षामा कामीले सबै भन्दा बढी अङ्क ल्याएर नगरकै पहिलो भएका हुन् ।
कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने बताएको छ ।
एमाले नवलपुर अध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित
नेपाल कम्युनिष्ट पार्टी [एमाले] नवलपुरको अध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित हुनुभएको छ । एमाले नवलपुरको नवौँ जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा एक सय तीन सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।
डलर ठगी मुद्दामा अर्बपति त्रुओङलाई भियतनाममा मृत्युदण्ड
रियल स्टेट व्यवसायी त्रुओङ माई ल्यानलाई बिहीबार भियतनामको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । अदालतले १२ अर्ब ५० करोड अमेरिकी डलरको वित्तीय धोकाधडीको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको अल जजिराले जनाएको छ ।
फोहोर पानीको तालमा डुबेर बालकको मृत्यु, भेरीनदीमा एक युवा बेपत्ता
जिल्लाको बाँफिकोट गाउँपालिका–४ छिनखेतमा फोहोर पानी जम्मा भएको तालमा डुबेका एक बालकको मृत्यु भएको हो। चौरजहारी नगरपालिका–३ स्थित सानीभेरीमा डुबेर एक युवा बेपत्ता भएका हुन्।
सरकारको स्थायित्वका लागि प्रणाली सुधार्नुपर्छ : नेता कोइराला
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारको स्थायित्व र आर्थिक विकासका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने बताउनुभएको छ ।
गण्डकीका मुख्य न्यायाधीवक्ता अधिकारीको शपथ
गण्डकी प्रदेशका नवनियुक्त मुख्य न्यायाधीवक्ता कृष्णप्रसाद अधिकारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
फेवातालमा डुंगा दुर्घटना, एक जनाको उद्धार
पोखराको फेवातालमा बिहीबार दिउँसो डुंगा पल्टिँदा तालका खसेका यात्रुको उद्धार गरिएको छ।
उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली
अहिले काठमाडौं उपत्यकासहित देशभरको मौसम आंशिकदेखि सामान्यतया बदली भएको छ । स्थानीय वायुको प्रभावका कारण उपत्यकासहित बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागमा मेघगर्जन, चट्याङ्सहित हल्का वर्षा भएको छ ।
एक लाख ३० हजार चल्ला उत्पादन
बाँकेको जानकी गाउँपालिका –४ स्थित खजुरामा रहेको कुखुरा विकास फार्मले यो आर्थिक वर्षमा एक लाख ३० हजार बढी लोकल प्रजातिका चल्ला उत्पादन गरेको छ ।
तामाङ जातिको 'ताम्बा' संरक्षण
तामाङ समुदायको संस्कृति जगेर्ना गर्ने उद्देश्यले ताम्बा संस्कार संरक्षण थालिएको छ ।
नेपालगन्जमा क्षयरोगी पहिचान अभियान सञ्चालन
नेपालगन्ज उपमहानगरपालिकाले नगरभित्र लुप्त अवस्थामा रहेका क्षयरोगीको पहिचान गर्न अभियान सञ्चालन गर्ने भएको छ ।
मलङ्गवामा ५३ राउण्ड गोली बरामद
सर्लाही सदरमुकाम मलङ्गवाबाट प्रहरीले ५३ राउण्ड गोली बरामद गरेको छ । नेपाल–भारत सीमा दशगजा नजिक मलङ्गवा नगरपालिका–८, गोरखकालीबाट माटोमुनी गाडेर राखिएको ५३ राउण्ड गोली बरामद भएको हो ।
स्रोत साधनको सही सदुपयोग गर्नुपर्छ : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले स्रोत र साधनको सही सदुपयोग गर्नुपर्ने बताउनुभएको छ ।
प्रेस काउन्सिल अध्यक्ष बस्नेत सम्मानित
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले हिमाल र पर्यावरण जोगाउनसके मात्रै पृथ्वी जोगिने भएकाले पत्रकारिता त्यसतर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
मङ्गोलियाको जिडिपी सन् २०२४ मा ४.१ प्रतिशत बढ्ने अनुमान
मङ्गोलियाको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) सन् २०२४ मा ४.१ प्रतिशतले बढ्ने अनुमान गरेको छ । एसियाली विकास बैङ्क (एडिबी)का अनुसार मङ्गोलियाको जिडिपी यो सन् २०२३ मा सात प्रतिशतले वृद्धि भएको थियो ।
हुरीले हवाई उडान प्रभावित
प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । अपराह्न एक्कासि आएको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने दुवै उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिनुभयो ।
इजरायली आक्रमणमा हमास नेताका तीन छोरा मारिए
इजरायली सेनाले गाजामा गरेको हवाई हमलामा हमास नेता इस्माइल हनिएका तीन जना छोराहरु मारिएका छन् । हमास नेता हनिएले इजरायलले बदलाको भावनाबाट प्रेरित भएर निहत्था व्यक्तिको हत्या गरेको बताउनु भएको छ ।
बढ्दै वनमा डढेलो: निभाउने प्रविधि र जनशक्तिको अभाव
घोराही उपमहानगरपालिका-५ धर्नाको धारापानीमा रहेको पान्डवेश्वर सामुदायिक वनमा यही चैत २५ गते आगलागी भयो ।
डढेलो नियन्त्रणमा ‘एयर ब्लोर’को प्रयोग
डिभिजन वन कार्यालय कपिलवस्तुले पहिलो पटक ब्लोर डढेलो नियन्त्रणमा प्रयोग गरेको हो। कपिलवस्तुको तिलौराकोट र मायादेवी साझेदारी वनमा अत्याधुनिक एयर ब्लोर मेसिनको प्रयोग गरिएको हो।
पर्यटन राजधानी पोखरा: जाग्दै आशा, बढ्दै लगानी
अङ्ग्रेजी नयाँ वर्षमा भएको पर्यटकको उल्लेख्य उपस्थितिले उत्साहित भएका पर्यटनको राजधानी पोखराका पर्यटन व्यवसायी नेपाली नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा देखिन थालेको चहलपहलबाट थप खुसी छन् ।
एमालेलाई हार्ने छुट छैन : मुख्यमन्त्री अधिकारी
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले एमालेमा हार्ने छुट नभएको बताउनुभएको छ ।
‘राष्ट्रपति रनिङ सिल्ड नयाँ खेलाडी उत्पादनको मुख्य श्रोत’
युवा तथा खेलकुद मन्त्रालयको तत्त्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा वैशाख ४ देखि ६ गतेसम्म काठमाडौँमा आयोजना हुन लागेको १४औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितालाई नयाँ खेलाडी उत्पादनको मुख्य श्रोतको रूपमा लिइएको छ ।