व्यापार गरिरहेका निजी अस्पताललाई सरकारले नियन्त्रणमा लिनुपर्छ
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्टले उपचारको नाममा व्यापार गरिरहेका निजी अस्पताललाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्न सरकार जिम्मेवार हुनुपर्छ : पूर्वउपप्रधानमन्त्री निधि
पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रतिनिधिसभामा पछिल्लो समय उत्पन्न गतिरोध अन्त्यका लागि सरकार नै जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।
सुर्तीजन्य पदार्थलाई राजस्व आम्दानीको बाटो बनाउन नहुने
नेकपा (एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौलाले सरकारले सुर्तीजन्य पदार्थलाई राजस्वको आम्दानीको बाटो बनाउनु नहुने बताउनुभएको छ ।
इसिग्रेटलाई पूर्ण प्रतिबन्ध गर्नुपर्छ : सांसद पौडेल
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले इसिग्रेटलाई पूर्ण प्रतिबन्ध गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद श्रृंखला कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
भाषा र संस्कृतिमार्फत विश्वका नेपालीलाई जोड्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीभाषी र नेपाली मूलका नागरिकलाई आफूले आर्जन गरेको सीप, ज्ञान र पुँजी मातृ तथा पितृभूमि नेपालका लागि खर्च गर्न आग्रह गर्नुभएको छ ।
विपन्न परिवारलाई महिनामा पाँच किलो नुन
मुगुको छायाँनाथ रारा नगरपालिकाले विपन्न परिवारलाई प्रत्येक महिना पाँच किलो आयोडिनयुक्त नुन निः शुल्करुपमा दिने भएको छ । गरिबसँग नगरप्रमुख कार्यक्रमअन्तर्गत यहाँका चार हजारभन्दा बढी विपन्न परिवारलाई वडा कार्यालयमार्फत प्रत्येक महिना घरघरमा नुन उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख विष्णुकुमार भामले जानकारी दिनुभयो ।
नक्कली प्रमाणपत्र पेश गर्ने सहयोगीविरुद्ध मुद्दा दायर
नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको भन्दै पर्सास्थित धोबिनी गाउँपालिकाअन्तर्गत पर्ने नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा कार्यरत बाल विकास सहयोगी कार्यकर्ताविरुद्ध आरोपपत्र दायर गरिएको छ ।
खानेपानी आयोजना अलपत्र
बाँकेको जानकी गाउँपालिका-४ गिजरामा निर्माणाधीन खानेपानी आयोजनाको काम अलपत्र परेको छ ।
कैदीबन्दी व्यवस्थापनमा समस्या
कारागार कार्यालय चितवनमा कैदीबन्दीको चाप बढेसँगै उनीहरुको व्यवस्थापनमा चुनौती थपिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा कठिन भएको छ । कारागारमा दुई सय ५५ पुरुष र २५ जना महिला कैदीबन्दी व्यवस्थापनको क्षमता भएपनि हाल ४२ जना महिला र सात सय ४२ पुरुष र चार जना आश्रित बालबालिका छन् ।
ग्रामीण जीवनशैली झल्किने ‘सिरुबारी’
ढुङ्गा, माटो र काठबाट परम्परागत शैलीमा बनेका घर । ढुङ्गा नै बिछ्याएर बनाइएका बाटो । सिङ्गो बस्ती नै सफा र सुन्दर देखिन्छ । यो सिरुबारी गाउँको विशेषता हो । स्याङ्जाको आँधीखोला गाउँपालिका-१ स्थित सिरुबारी गाउँ दक्षिण एसियाकै पहिलो पर्यटकीय गाउँ हो । गुजुमुज्ज परेको गुरुङ बस्ती । आफ्नै भेषभूषा र संस्कृतिले भरिएको छ । यो गाउँ घरबास (होमस्टे) सञ्चालन गर्नेहरुका लागि पाठशाला नै हो । नेपालको पूर्वदेखि सुदूरपश्चिमसम्मका घरबास सञ्चालक यहाँ आएर ज्ञान र सीप लिने गर्दछन् ।
नारायणगढ–मुग्लिन सडकका एघार पुल सञ्चालनमा
नारायणगढ–मुग्लिन सडकखण्डका ११ वटा पुल सञ्चालनमा आएका छन् । मुग्लिन बजार नजिकको खहरे, नाम्चे, कालिखोला र तुइनखोला पुलबाहेक अन्य पुल सञ्चालनमा आएका हुन् ।
विकास सहायता वृद्धि गर्ने बेलायती सांसद्को प्रतिबद्धता
संयुक्त अधिराज्यको माथिल्लो सदन ‘हाउस अफ लर्डस्’ का सदस्य स्टीवार्ट उडले नेपालको सामाजिक रूपान्तरणका लागि बेलायती विकास सहयोग बढाउन प्रयास गर्ने बताउनुभएको छ ।
सवारी दुर्घटनामा ६ जना घाइते
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बर्दीबास प्रहरीले जनाएको छ ।
चितवनका युवाले बनाए इलेक्ट्रिक ह्विलचियर
शारिरिकरुपमा अशक्त चितवन माविका स्थायी शिक्षक दुर्गा बम्जनलाई स्कुल जान कसैको सहारा चाहिँदैन ।
रमजानको समयमा लुटपाट हुँदा पाकिस्तानमा १९ को मृत्यु, ५५ घाइते
रमजान २०२४ को समयमा पाकिस्तानको कराँचीमा आपराधिक घटना बढेको छ। रमजानको समयमा लुटपाटको प्रतिरोधमा १९ जनाको मृत्यु हुनुका साथै ५५ जना घाइते भएको एआरवाई न्यूजले जनाएको छ । लुटपाटको प्रयासमा कराँचीमा १९ नागरिकको मृत्युका लागि सशस्त्र लुटेराहरू जिम्मेबार रहेको एक प्रहरी अधिकारीले बताएका छन् ।
मिथिलाञ्चलमा चैतीछठोत्सव सुरु
महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलवासीको पर्व चैतीछठ विधिपूर्वक प्रारम्भ भएको छ । शुक्रबारदेखि चार दिनसम्म महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ छठोत्सव मनाइन्छ ।
चीनका शीर्ष विधायकको उत्तर कोरियाका वरिष्ठ अधिकारीसँग भेट
चीनका एक शीर्ष विधायकले यसै साता प्योङयाङको भ्रमणका क्रममा सहयोगबारे छलफलका लागि उत्तर कोरियाका एक वरिष्ठ अधिकारीसँग भेट गरेको उत्तर कोरियाली राज्य मिडियाले शुक्रबार बताएको छ ।
चट्याङ लागेर एकको मृत्यु
ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकामा चट्याङ लागेर ३८ वर्षीय एक पुरुषको ज्यान गएको छ ।
हुम्लामा आगोमा जलेर एक जना मृत्यु
जिल्लाको दक्षिणी क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–८ रादेउमा एक जनाको जलेर मृत्यु भएको । गाउँभन्दा दुई घण्टाको दूरीमा रहेको कुरिल्ला लेखमा स्थित आफ्नै भेडीगोठमा आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको बिहीबार राति जलेर मृत्यु भएको हो ।
सकेट बम राखेर करोडको बोधिचित्तको बोट कटान
काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका–५ नागबेलीमा अज्ञात समूहले बोधिचित्त मालाको रुख काटिदिएका छन् । बिहीबार राति १५/२० जनाको समूहमा आएको अज्ञात समूहले स्थानीय ठकुरानी तामाङको बारीमा रहेको करिब एक करोड रुपियाँको बोधिचित्त मालाको बोट काटेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
एक सय ७२ रोपनीमा लगाइएको अफिमखेती नष्ट
रुकुमपश्चिमको विभिन्न ठाउँमा एक सय ७२ रोपनीमा लगाएको लागूऔषध अफिमखेती फँडानी गरिएको छ । जिल्ला प्रहरी कार्यालयले यही महिना एक सय ७२ रोपनीमा लगाएको अफिमखेती नष्ट गरेको हो ।
इलाममा अन्तु पर्यटन महोत्सव
अन्तुलाई पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय नगरपालिका-४ स्थित अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ आयोजना हुँदैछ । सूर्योदय नगरपालिकाको आयोजनामा दुई दिने पर्यटन महोत्सव आयोजना गर्न लागिएको आयोजक समिति संयोजक तथा नगरका उपप्रमुख दुर्गाकुमार बरालले बताउनुभयो ।
बाजुरामा फेरि भूकम्प
बाजुरामा गए राती फेरि भूकम्पको धक्का महसुस भएको छ । बुढीगङ्गा नगरपालिकाको बाह्रबिस वरपर केन्द्रबिन्दु बनाएर गए राति भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
राष्ट्रिय गौरवको दूधकोशी आयोजना निर्माणको तयारी
छ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजना सुरु गर्न सरकार र लगानीकर्ताबीच सहमति भएको छ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानाबाट बग्ने दूधकोशी आयोजनाको काम चाँडोभन्दा चाँडो प्रारम्भ गर्ने सहमति पनि भएको छ । त्यसका लागि सम्बन्धित निकायले आवश्यक तयारी गर्ने बताइएको छ ।