चिउरी र चमेरो संरक्षण कार्यक्रमका लागि सम्झौता
चिउरी र चमेरो संरक्षण कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकार र स्थानीय सरकारबिच सम्झौता भएको छ ।
वन डढेलोबाट घाइते हुनेको निःशुल्क उपचार र मृतकको परिवारलाई राहतको माग
मुलुकभरका सामुदायिक वनहरूको छाता सङ्गठन सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन)ले वन डढेलोबाट घाइते हुनेहरूको निःशुल्क उपचार र मृतकको परिवारलाई राहत उपलब्ध गराउन माग गरेको छ ।
दुग्ध किसानको ४८ करोड भुक्तानी बाँकी
मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले दुग्धजन्य उद्योगसँग ४८ करोड भुक्तानी लिन बाँकी रहेको जनाएको छ ।
ठमेल र दरबारमार्ग २४ सैं घण्टा खुलाउने व्यवसायीको घोषणा
नयाँ वर्ष २०८१ देखि काठमाडौँको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सैं घण्टा खुला गराउने व्यवसायीहरूले घोषणा गरेका छन् ।
जनकपुरधाममा सहिद कप अन्तरप्रदेश टी-२० क्रिकेट प्रतियोगिता हुने
मधेश प्रदेशको राजधानी जनकपुरधाममा आगामी वैशाख २० देखि २९ गतेसम्म सहिद कप अन्तरप्रदेश टी-२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
उपत्यकामा हावाहुरी र चट्याङसहितको वर्षा
काठमाडौँ उपत्यकामा हावाहुरी तथा चट्याङसहितको वर्षा भएको छ । हावाहुरी, रुखको हाँगा भाँचिन सक्ने, चट्याङका कारण जनको क्षति हुनसक्ने भन्दै सतर्क रहन विज्ञले सुझाव दिएका छन् ।
चलचित्र ‘सारंग’ निर्माण हुने
नेपाली चलचित्र ‘सारङ्ग’ निर्माण हुने भएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी फिल्म निर्माणको घोषणा गरिएको हो । चलचित्रको निर्देशन प्रशान्त तामाङले गर्नुहुनेछ । चलत्रिचको कथा लेखन पनि तामाङकै रहेको छ ।
सुदूरपश्चिममा १५ लाख थान पाठ्यपुस्तक बिक्री
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म सुदूरपश्चिममा १५ लाख ११ हजार थान पाठ्यपुस्तक बिक्री वितरण गरेको जनाएको छ ।
भोजपुरको वाक्चाखामा विद्युतको केन्द्रीय प्रसारण लाइन
भौगोलिकरुपमा विकट मानिने भोजपुरको रामप्रसादलाई गाउँपालिका-८ खोक्सिकको वाक्चाखामा विद्युतको केन्द्रीय प्रसारण लाइन विस्तार भएको छ । यहाँका एक सय ५० घरपरिवारमा विद्युत विस्तार गरिएको हो ।
भारतमा बस दुर्घटना : छ जना विद्यार्थीको मृत्यु
भारतको उत्तरी राज्य हरियाणामा बिहीबार स्कुल बस दुर्घटना हुँदा त्यसमा सवार कम्तीमा छ जना विद्यार्थीको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।
लागूऔषधसहित दश जना पक्राउ
ठुलो परिमाणको लागूऔषधसहित प्रहरीले दश जना कारोबारीलाई पक्राउ परेको छ । अवैध लागूऔषध खैरो हेरोइन एक सय ९४ दशमलव आठ सय ५० ग्राम, नियन्त्रित लागूऔषध पाँच सय तीन एम्पुल एवम् मनोनिपक पदार्थ नाइट्रोभेट एक हजार दुई सय ट्याब्लेटसहित उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको लागूऔषध नियन्त्रण ब्युरोले जानकारी दिएको छ ।
डढेलोले राजमार्गमा तुवाँलो, चालक र यात्रीलाई समस्या
डढेलोबाट निस्किएको धुँवाले वातावरणमा परेको असरको कारण पूर्व-पश्चिम राजमार्गको रौतहट खण्ड तुवाँलोले ढाकेको जस्तो देखिन्छ।
नेपाली सेनाको प्रवक्तामा सहायकरथी केसी
नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीले पाउनुभएको छ । पोखरास्थित ३ नम्बर बाहिनी अड्डा प्रमुख केसीलाई सैनिक मुख्यालयले सैनिक जनसम्पर्क तथा सूचना निर्देशक तथा सङ्गठनको प्रवक्ताको जिम्मेवारीमा ल्याएको हो ।
चिनियाँ विश्वविद्यालयको संस्कृत मोह
विश्वका विभिन्न प्रतिष्ठित विश्वविद्यालयसँग सम्झौता गरिरहेको चीनको बेइजिङ फरेन स्टडी युनिभर्सिटीको टोली बुधबार वाल्मीकि विद्यापीठ पुगेको छ ।
नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने एडिबीको प्रक्षेपण
एसियाली विकास बैङ्क (एडिबी)ले आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । यसअघि विश्व बैङ्कले चालु आर्थिक वर्षमा ३ दशमलव ३ प्रतिशतले नेपालको अर्थतन्त्र वृद्धि हुने प्रक्षेपण गरेको थियो ।
स्विट्जरल्यान्डले युक्रेन शान्ति सम्मेलन गर्ने
स्विट्जरल्यान्डका विदेशमन्त्री इग्नाजिओ क्यासिसले दुई वर्ष लामो युद्धपछि युक्रेनमा शान्तिको मार्ग तय गर्ने उद्देश्यले सन् २०२४ को जुन महिनामा उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने बताउनु भएको छ ।
कति वन्यजन्तुमैत्री छन् निकुञ्ज क्षेत्रका पूर्वाधार
सामान्यतः : वन्यजन्तुबाट हुने क्षतिका बारेमा बढी चर्चा हुने गरेको छ । तर मानवीय क्रियाकलापकै कारण बर्सेनि ठेलोमात्रामा हुने वन्यजन्तुको क्षतिबारे भने कम चर्चा हुन्छ । वन्यजन्तुबाट मानवीय क्षति, घरपालुवा जनावर, घरगोठ र कृषिबाली नष्ट हुने गरेको छ ।
ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा तीन घाइते
जिल्लाको रामपुर नगरपालिका–६ मा ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् । कालीगण्डकी कोरिडोर सडक खण्डअन्तर्गत कालीआँप ट्याक्टरले ठक्कर दिँदा स्कुटरमा सवार तीन जना घाइते भएका हुन् ।
सूचीकरणपछि किसानलाई परिचयपत्र वितरण गरिने
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले किसानलाई परिचयपत्र वितरण गर्न शुद्धीकरण अभियान सुरु गरेको छ । गाउँपालिकामा सञ्चालित किसान सूचीकरण कार्यक्रमअन्तर्गत सहजकर्ता छनोट गरी उनीहरूलाई तालिम दिइएको हो ।
गृहमन्त्री लामिछानेद्वारा गढीमाईमा पूजापाठ
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने बिहीबार बाराको गढीमाई मन्दिरमा पूजापाठ गर्नु भएको छ धनुषाको जनकपुरधामस्थित मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी कार्यक्रममा सहभागी भई फिर्ता आउने क्रममा बिहीबार बिहान गढीमाताको विधिवत् पूजापाठ गर्नु भएको मूल पुजारी मङ्गल चौधरीले जानकारी दिनुभयो ।
प्रदेशस्तरीय राष्ट्रपति शिल्डमा सहभागी हुने खेलाडीको बिदाइ
सुनसरीको इटहरीमा शुक्रबारदेखि हुने कोशी प्रदेशस्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाइ गरिएको छ।
गहिरिँदै पानीको सङ्कट, सुक्दै पानीका मुहान
चैत सकिएर वैशाख लाग्दैछ । नयाँ वर्षले हर्षोल्लास ल्याउनुपर्ने बेला गत फागुन अन्त्यदेखि नै बढ्दै गरेको पानीको हाहाकार झन् चर्किँदै गएपछि महोत्तरीका बासिन्दा चिन्तित बन्न थालेका छन् ।
टीकापुरमा लैङ्गिक हिंसा तथा बाल संरक्षणका कार्यको नक्साङ्कन
कैलालीको टीकापुरमा लैङ्गिक हिंसा तथा बाल संरक्षणका क्षेत्रमा पालिका र सेवा प्रदायक सङ्घसंस्थाले गर्ने कार्यको नक्साङ्कन गरिएको छ ।
म्यान्मारद्वारा झण्डै नौ अर्ब डलरका सामान निर्यात
म्यान्मारको वाणिज्य मन्त्रालयले आर्थिक वर्ष सन् २०२३/२४ मा म्यान्मारले आठ अर्ब ८० करोड अमेरिकी डलर बराबरको कारखानाबाट उत्पादित सामान निर्यात गरेको जनाएको छ ।