४० वर्षपछि धादिङ जोड्ने सडकमा पुल बन्यो
धादिङको उत्तर क्षेत्र निकै विकट मानिन्छ । उत्तरी धादिङका अधिकांश स्थानमा अझै सहज सडक यातायात पुग्न सकेको छैन । उत्तरी धादिङलाई जोड्ने दामन पाख्रिन मार्गको काम सुरु भएको चार दसक भइसक्दा पनि अझै काम सम्पन्न भएको छैन ।
आज इद मनाइँदै
देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाउँदै छन् । तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो ।
कर्णालीको रैथाने उत्पादनमा आकर्षण
कर्णालीमा उत्पादन भएको रैथानी बालीको उत्पादन खरिदमा ग्राहकको आकर्षण बढ्दै गएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णालीमा उत्पादन भएको रैथाने बाली खरिद गरेर काठमाडौँमा ल्याएर बिक्री गरेको अर्गानिक उत्पादनमा ग्राहकको आकर्षण बढ्दै गएको हो । हिमाली र उच्च पहाडी जिल्लामा उत्पादन भएका खरिद गरेर बिक्री गर्ने कम्पनीको योजना अनुरूप खरिद गरेर उपत्यकामा ल्याएर बिक्री सुरु गरेको कम्पनीले जनाएको छ । स्थानीय उत्पादनको प्रवर्धन र बजारीकरण गर्ने उद्देश्य अनुरूप वितरण गरिएको कम्पनीले जनाएको छ ।
सामुदायिक वनमा कङ्काल फेला
मकवानपुर राक्सिराङ गाउँपालिका ३ स्थित गुफादेवी सामुदायिक वनमा मानिसको कङ्काल फेला परेको छ । राक्सिराङस्थित लावतीका माइला प्रजाको घरबाट करिब एक किमी उत्तरमा रहेको गुफादेवी सामुदायिक वनमा शवको कङ्काल फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
वैशाख १ गतेदेखि ठमेल २४ घण्टा खुल्ने
काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेल वैशाख १ गतेदेखि २४ घण्टा खुल्ने भएको छ।
तरभुजा खेती
दाङको घोराही उपमहानगरपालिका–६ लखुवारमा व्यावसायिक रुपमा गरिएको तरभुजा खेती ।
एमाले नवलपुरको अध्यक्षमा जीवन श्रेष्ठ सर्वसम्मत
नेकपा (एमाले) नवलपुरको नवौँ अधिवेशनले जीवन श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ।
पलेसाको प्रशिक्षणलाई सहयोग
नेपाल पाराओलम्पिक कमिटी (एनपीसी) ले पेरिस ओलम्पिकमा छनोट हुनुभएकी तेक्वान्दो खेलाडीको प्रशिक्षणलाई थप बलियो बनाउन दुई लाख १५ हजार रुपियाँ सहयोग गरेको छ ।
गायिका ममताको ‘प्रशंसा’ सार्वजनिक
गायिका ममताको स्वरमा भजन गीत ‘प्रशंसा’ सार्वजनिक गरिएको छ। राजु सुन्दासले निर्माण गरेको यस गीत भजनसंग्रह १०३: १ देखि ५ बाट लेखिएको हो ।
‘सुरक्षित आन्तरिक रोजगारी पहिलो प्राथमिकतामा’
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सुरक्षित आन्तरिक रोजगारीलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ ।
कोशी प्रदेश सभाको अधिवेशन आव्हान
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको अधिवेशन आव्हान गर्नुभएको छ । कोशी प्रदेशसभाको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइभन्दा बढी प्रदेशसभा सदस्यहरूले चैत २६ गते लिखित अनुरोध गरी अधिवेशन आव्हान गर्न अनुरोध गरेका थिए ।
वनमा बढ्दो डढेलो
सामुदायिक वनमा डढेलो लाग्ने क्रम दिनानुदिन बढ्दै गएको छ । नवलपुर जिल्ला वन डढेलोको उच्च जोखिममा रहेकाले सचेतना अभियान पनि सञ्चालन भइरहेका छन् तर पनि वनमा डढेलो लाग्ने क्रम भने बढिरहेको छ ।
तटस्थ र निष्पक्ष भएर काम गर्छु : नवनिर्वाचित उपाध्यक्ष घिमिरे
राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष विमला घिमिरेले उपाध्यक्ष साझा पद भएकाले सबैलाई मिलाएर तटस्थ र निष्पक्ष भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
लागूऔषधसहित दुई महिला पक्राउ
सिनामङ्गलस्थित सुकुम्वासी बस्तीबाट लागूऔषधसहित प्रहरीले दुई महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
इजरायलले गाजा युद्धको व्यवस्थापनमा ‘गल्ती’ गरेको अमेरिकी राष्ट्रपति बाइडेनको भनाइ
अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासविरुद्ध इजरायलको युद्धको अहिलेसम्मकै सबैभन्दा कडा आलोचना गर्दै इजरायली दृष्टिकोणलाई ‘गलत’ भन्नुभएको छ ।
जर्मनीमा आपराधिक गतिविधि बढ्दो
जर्मनीमा अपराध सन् २०१६ यताकै उच्च स्तरमा पुगेको जर्मनीका अधिकारीले बताएका छन् । सङ्घीय आपराधिक प्रहरी कार्यालयद्वारा अध्ययन गरी सार्वजनिक गरिएको प्रतिवेदनले युरोपकै सबैभन्दा ठुलो अर्थतन्त्र जर्मनीमा अपराधमा वार्षिक ५.५ प्रतिशतले वृद्धि भएको र सन् २०२३ मा यससम्बन्धी ५९ लाख ४० हजार मुद्दा दर्ता भएको जनाएको छ ।
मकै बारीमा सालनालसहितको शिशु भेटियो
बाँकेको राप्ती सोनारी गाउँपालिकामा सालनालसहितको नवजात शिशु भेटिएको छ । बुधबार बिहान राप्तीसोनारी ८ ओभरीस्थित मकै बारीमा फालिएको अवस्थामा भेटिएको शिशुलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।
सिङ्गापुरमा अनलाइन ठगीमा दोब्बर वृद्धि
सिङ्गापुरमा इन्टरनेटको माध्यमबाट हुने व्यवसायमा ठग्ने र ठगिने क्रम बढेको छ । सन् २०२३ मा ‘ई-कमर्स’ बाट गरिने खरिद बिक्रीमा हुने छलीका घटनामा दोब्बरले वृद्धि भएको ‘ई-कमर्स मार्केटप्लेस लेनदेन सुरक्षा मूल्याङ्कन प्रतिवेदनले देखाएको छ ।
चिकित्सा शिक्षा जाँचबुझ प्रतिवेदन सार्वजनिक
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग–२०७४’को प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगले बुझाएको प्रतिवेदन छ वर्षपछि मन्त्रालयले सार्वजनिक गरेको हो ।
सुनाखरीको राजधानीमा ‘प्रथम पञ्चासे जैविक विविधता सम्मेलन’
सुनाखरीको राजधानीको उपमा पाएको पञ्चासेस्थित कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरे देउरालीमा आगामी वैशाख १ गतेदेखि ३ गतेसम्म प्रथम पञ्चासे जैविक विविधता सम्मेलन हुने भएको छ ।
छत्रेश्वरीको लान्तीबजार
सल्यान छत्रेश्वरी गाउँपालिका–६ स्थित छाँयाक्षेत्रबाट देखिएको ६ नम्बर वडाकै लान्तीबजार, गरिज्युला, शारदा खोला र आसपासको दृश्य ।
लिमीका बालबालिकालाई लगाइयो दादुरा रुबेलाविरुद्धको खोप
नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीका बालबालिकालाई राष्ट्रिय खोप दादुरा रुवेलाविरुद्धको खोप लगाउने कार्य बुधबार भएको छ।
मुख्यमन्त्री कँडेलद्वारा शपथ ग्रहण
कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारसमक्ष मुख्यमन्त्री कँडेलले आज शपथ ग्रहण गर्नुभएको हो ।
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक
पाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ७१ अङ्कले घटेर दुई हजार २५ दशमलव ३० को बिन्दुमा कायम भएको हो ।