• २४ वैशाख २०८१, सोमबार

लिमीका बालबालिकालाई लगाइयो दादुरा रुबेलाविरुद्धको खोप

blog

दादुरा रुवेला विरुद्धको खोपमा सहभागी बालबालिका।तस्बिर सौजन्य : गोर्ख भण्डारी

राजन रावत

हुम्ला, चैत २८ गते । नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीका बालबालिकालाई राष्ट्रिय खोप दादुरा रुवेलाविरुद्धको खोप लगाउने कार्य बुधबार भएको छ। लिमी जानका लागि नारा लेखबाट पैदल बाटो खुल्दा भ्याक्सिन लिमीको स्वास्थ्य चौकीमा पुगेपछि खोप लगाउने कार्य सुरु भएको हो ।

लिमी स्वास्थ्य चौकीका संयोजक गोर्ख भण्डारीले बुधबार स्वास्थ्य चौकीमा जम्मा भएका नौ महिनादेखि पाँच वर्ष मुनीका १२ जना बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाउने कार्य भएको बताउनुभयो।

लिमी जाने चार हजार छ सय मिटर अग्लो नारा लेकको बाटो खुलेपछि गाउँपालिकाको कार्यालय सहयोगीले भ्याक्सिन बोकेर लिमी पुर्‍याएपछि खोप लगाउन सम्भव भएको हो।

लिमीका तीन गाउँ तीलमा एक, हल्जीमा ११ र जाङ गाउँमा एक जना गरेर १३ जना बालबालिका रहेका थिए।उहाँले यी मध्य तील गाउँको एक जना बाहेक अन्य १२ जना बालबालिकालाई खोप लगाउने कार्य पुरा भएको बताउनुभयो।

बिहीबार खोप लगाइएका बालबालिकामा नौ जना बालक र तीन जना बालिका रहनुभएको छ।अब तील गाउँका एक जना बालकलाई भने बिहीबार खोप लगाउने कार्य हुनेछ।अन्य नियमित खोपसमेत छ महिनापछि लिमीमा लगाइएको छ।हुम्ला जिल्लामा फागुन १६ गतेदेखि २५ गतेसम्म खोप लगाइएको थियो।नाम्खा गाउँपालिका अन्य पाँच वटा वडामा भने चैत १ गतेबाट ७ गतेसम्म लगाइएको थियो।