• २४ वैशाख २०८१, सोमबार

प्रदेशस्तरीय राष्ट्रपति शिल्डमा सहभागी हुने खेलाडीको बिदाइ

blog

कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सहभागी हुने खेलाडी।

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत २९ गते। सुनसरीको इटहरीमा शुक्रबारदेखि हुने कोशी प्रदेशस्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाइ गरिएको छ। सो प्रतियोगितामा सहभागी हुने खेल प्रशिक्षक, व्यवस्थापकसहित ताप्लेजुङबाट १०८ जना खेलाडीलाई बिदाइ गरिएको हो।

जिल्ला समन्वय समिति ताप्लेजुङको परिसर (प्राङ्गण) मा एक कार्यक्रमको आयोजना गरी खेलाडी, प्रशिक्षक र व्यवस्थापकीय टोलीलाई बिदाइ गरिएको जिल्ला खेलकुद विकास समिति अध्यक्ष नरेन्द्रकुमार लिम्बूले जानकारी दिनुभयो। उहाँका अनुसार प्रतियोगितामा सहभागी हुने टोलीलाई कोशी प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री तिलकुमार मेन्याङ्बो, जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू लगायतले बिदाइ गर्नुभएको छ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समावेश खेल विधाहरूमा ताप्लेजुङबाट पनि सहभागिता रहने जिल्ला खेलकुद विकास समितिले जनाएको छ। प्रतियोगिता शुक्रबार सुरु भई आइतबार अर्थात् वैशाख २ गते सम्पन्न हुने छ।