काठमाडौँ, वैशाख १७ गते । आगामी वर्ष जापानको नागोयामा आयोजना हुने २०औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा क्रिकेट खेललाई समावेश गरिने भएको छ ।
ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) र आइची/नागोया एसियन गेम्स आयोजना समितिबिचको बैठकले क्रिकेट खेललाई समावेश गर्ने निर्णय गरेको हो । यसअघि चीनमा भएको १९आँँ संस्करणमा पनि क्रिकेट खेल समावेश गरिएको थियो ।
एसियाड सन् २०२६ को सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म हुने छ । टी–२० विधामा खेलाइने एसियाड क्रिकेटमा यसअघि पुरुषतर्फ १४ र महिलामा नौ टोलीले प्रतिस्पर्धा गरेका थिए । क्रिकेटसँगै एसियाडमा ४१ वटा खेल समावेश गरिएको छ ।
जापानले तेस्रो पटक एसियाली खेलकुद आयोजना गर्न लागेको हो । यसअघि जापानले सन् १९५८ र सन् १९९४ मा प्रतियोगिता आयोजना गरेको थियो ।