• १३ असोज २०८१, आइतबार

हुम्लामा आगोमा जलेर एक जना मृत्यु

blog

आगालागी भएको भेडिगोठ । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, चैत ३० गते । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–८ रादेउमा एक जनाको जलेर मृत्यु भएको । गाउँभन्दा दुई घण्टाको दूरीमा रहेको कुरिल्ला लेखमा स्थित आफ्नै भेडीगोठमा आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको बिहीबार राति जलेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले आगलागीमा ऐडीको मृत्यु भएको बताउनुभयो । राति ऐडीले तापिरहेका आगोको झिल्का हावाले उडाउFदा भेडीगोठमा आगो लागेको थियो भने सोही आगोमा परेर ऐडीको मृत्यु भएको उहाँले बताउनुभयो ।

ऐडीको आगोमा जलेर मृत्यु भएको जानकारी पाउन साथ सर्किदेउ प्रहरी चौकीबाट आठ घण्टाको पैदल हिँडेर प्रहरी टोली राति नै घटनास्थलामा पुगेरका थिए । प्रहरीले मुचुल्का गरेर शव घरपरिवार र आफन्तको जिम्मा लगाइएको निरीक्षक चन्दले बताउनुभयो ।

यस्तै, भेडीगोठको आगलागीमा परेर ६० वटा भेडा जलेर मरेको उहाँले बताउनुभयो । १२० भेडा रहेकोमा ६० भेडा आगलागीमा परेर मरेका छन् । भेडीगोठ नै जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ ।