नेपालगञ्जमा ‘नेपथ्य लाइभ कन्सर्ट’
सयौँ दर्शकको भव्य उपस्थितिबीच नेपालगञ्ज रङ्गशालामा ‘नेपथ्य लाइभ कन्सर्ट’ बिहीबार राति सम्पन्न भएको छ। मानव सेवा आश्रमको भवन निर्माण एवं अक्षयकोष स्थापनार्थ मानवताका लागि साङ्गीतिक कार्यक्रमअन्तर्गत कन्सर्ट आयोजना गरिएको हो। नेपालको चर्चित ब्यान्ड नेपथ्यसँगको सहकार्यमा आश्रमले बिहीबार साँझ कन्सर्ट आयोजना गरेको थियो। ११ वर्षको अन्तरालपछि पहिलो पटक ‘नेपथ्य लाइभ कन्सर्ट’ नेपालगञ्जमा आयोजना गरिँदा यस क्षेत्रका दर्शक रङ्गशालामा ओइरिएका थिए।
बेजोड छायाङ्कन ‘अवतार–द वे अफ वाटर’
निर्देशक जेम्स क्यामरुनले आफ्ना चलचित्रहमा अद्भुत शैलीको वर्णन गर्दै अनौठो कथाको सिर्जना गर्नुभएको कुरालाई हत्तपत्त कसैले पनि चलचित्र यस्तै बन्छ भनेर अनुमान गर्न सक्दैन। चलचित्र ‘अवतार–द वे अफ वाटर’ एउटा यस्तो चलचित्र हो, जसले तपाईंको आँखा एक पटक अवश्य नै रसाउँछ। निर्देशक क्यामरुनले १३ वर्षअघि आफ्नै चलचित्र ‘अवतार’मार्फत पन्डोराको अनुपम संसारलाई फेरि चलचित्रको अर्को सिक्वेललाई फरक ढङ्गले देखाउने प्रयत्न गर्नुभएको छ तर यस पटकको चलचित्रभित्र पानीमुनि युद्ध लडेको दृश्य देखाइएको छ, जुन एकदमै फरक ढङ्गको छ।
‘हरेक फिल्ममा उस्तै सङ्घर्ष हुन्छ’
अभिनेता आर्यन सिग्देल सफलताको पर्खाइमा छन्। पछिल्लो फिल्ममार्फत सफलता पाउन नसकेका अभिनेता सिग्देल पुस १५ गतेदेखि प्रदर्शनमा आउने ‘डिसेम्बर फल्स’ बाट आशावादी छन्।
डिसेम्बर फल्सको ट्रेलर सार्वजनिक
चलचित्र डिसेम्बर फल्सको ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो ।
शीतलहरको चिसोमा ‘नेपथ्य लाइभ कन्सर्ट’
नेपालको चर्चित ब्याण्ड नेपथ्य ब्याण्डसँगको सहकार्यमा आश्रमले बिहीबार साँझ कन्सर्ट आयोजना गरेको थियो । ११ वर्षको अन्तरालपछि पहिलो पटक ‘नेपथ्य लाइभ कन्सर्ट’ नेपालगञ्जमा आयोजना गरिँदा यस क्षेत्रका दर्शक रङ्गशालामा ओइरिएका थिए ।
‘सहरमा एउटा हल्ला’ सार्वजनिक
गायक ज्वालाराज शर्माको स्वरमा सजिएको ‘सहरमा एउटा हल्ला’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द डा. राजुबाबु श्रेष्ठको रहेको छ भने सङ्गीत अनिश श्रेष्ठले दिनुभएको छ । प्रेमिल शैलीको गीतलाई गुरुङ कुमारले सङ्गीत संयोजन गर्नुभएको हो ।
‘प्रसाद २’ को छायाङ्कन सुरु
फिल्म ‘प्रसाद २’ को छायाङ्कन आजदेखि सुरु भएको छ । माछापुच्छ्रे गाउँपालिकामा फिल्मको मुहूर्त गर्दै छायाङ्कन सुरु गरिएको प्रस्तुतकर्ता सुवास थापाले जानकारी दिनुभयो ।
बलिउड कलाकार ओबराय काठमाडौँमा
बलिउड अभिनेता विवेक ओबराय नेपाल आउनुभएको छ । उहाँ एक साताका लागि नेपाल आउनुभएको हो । ओबराय हिजो साँझ ६ बजे परिवारसहित नेपाल आइपुग्नुभएको हो । नेपालमा उहाँले सगरमाथाको बेसक्याम्प, पोखरा, लुम्बिनी र काठमाडौँको पशुपतिलगायतको भ्रमण गर्नुहुने बताइएको छ ।
'सहरमा एउटा हल्ला'मा पुष्प र समारिका
गायक ज्वाला राज शर्माको स्वरमा सजिएको 'सहरमा एउटा हल्ला' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
‘सेनाको चेली’ र ‘बाघको बङ्गारा’लाई अवार्ड
काठमाडौँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (किम्फ)मा नेपाल पानोरमातर्फ इङ्गी होपो कोनिच सुनुवार निर्देशित ‘सेनाको चेली’ र पिङ्की श्रीश रानाको ‘हजुर’ले संयुक्त रूपमा स्पेसल मेन्सन अवार्ड प्राप्त गरेका छन् । यस पटकको किम्फमा विद्या चापागाईं र कमलकुमारको ‘बाघको बङ्गारा’ले अडियन्स च्वाइस अवार्ड प्राप्त ग¥यो ।यस्तै अन्तर्राष्ट्रिय खण्डतर्फ क्यानडाको ‘फार बियोन्ड द पास्चरल्यान्ड्स’ र अमेरिकाको ‘कुमारी : अ फादर्स ड्रिम’ले स्पेसल मेन्सन अवार्ड प्राप्त गरे । अन्तर्राष्ट्रिय खण्डतर्फ बेलायती निर्देशक ह्युगो साउन्डर्स निर्देशित ‘द सेकेन्ड समिट’ फस्ट च्वाइस, स्विट्जरल्यान्डका निर्देशकद्वय लिजा रोसिल र क्यारेलिन फ्लिङ्क निर्देशित ‘सोफी लाभौड : लेडी ८०००’ सेकेन्ड च्वाइस र फ्रान्सेली निर्देशक म्याथ्यु लेले निर्देशित ‘अ ह्वाइट ड्रिम’ थर्ड च्वाइस घोषित भए ।
‘प्लस साइज मोडल नेपाल’ हुने
मोटोपना भएका युवतीलाई लक्षित गर्दै सौन्दर्य प्रतियोगिता ‘प्लस साइज मोडल नेपाल’ हुने भएको छ । मोडल सङ्स नेपालले मोटी युवतीहरूलाई लक्षित गरेर आयोजना गर्दै आएको प्रतियोगिताको यो चौथो संस्करण हो । ‘वुमनिया’को प्रस्तुतिमा आयोजक मोडल सङ्घ नेपालले ‘प्लस साइज मोडल नेपाल–२०२३’को आवेदन खुला गरेको छ ।
फिल्म 'चि मुसी चि'को टिजर सार्वजनिक
फिल्म ‘चि मुसी चि’को टिजर सार्वजनिक भएको छ । अरुण चक्रवर्तीको प्रस्तुतिमा तयार भएको फिल्मलाई एमी स्टुडियोको ब्यानरमा निर्माण गरिएको हो ।
नेपथ्यको लोकरक साँझ
बत्तीको चकमन्न रङ्गीबिरङ्गी धर्काहरूले आकाश र भुइँ सबैतिर तिरिमिरी उज्यालो देखाइरहेका बेला मञ्चमा चढ्नुभएका गायक अमृत गुरुङले गाउन सुरु गर्नुभयो । पहिलो पटक चितवनको क्याम्पाचौरको मैदान झकिझकाउ पारिएको थियो, जहाँ नेपथ्यको चौथो प्रस्तुति थियो । करिब डेढ दशक पुरानो गीतबाट सुरु गरेको ब्यान्डले दोस्रो गीत भने झन्डै तीन दशक पुरानो सुनाएको थियो । गीत थियो ‘छेक्यो छेक्यो देउराली डाँडा...’ । नेपथ्यको सर्वकालिक हिट यो गीत ब्यान्डको दोस्रो एल्बम ‘हिमाल चुचुरे...’मा अटाएको थियो । यसपछि नेपथ्यको पुरानै गीतहरू ‘चरी म¥यो...’ र
'किम्फ'मा कीर्तिमानी आरोही कामिरिता शेर्पाको वृत्तचित्र
कीर्तिमानी आरोही कामिरिता शेर्पाको सगरमाथा आरोहणको सङ्घर्ष प्रस्तुत गरिएको वृत्तचित्र काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव किम्फमा आज प्रदर्शन गरिएको छ ।
फिल्म ‘भगवत् गीता’मा धिरज अनुबन्धित
फिल्म ‘भगवत् गीता’मा नायक धिरज मगर अनुबन्धित हुनुभएको छ ।
‘सम्झनाका मीठामीठा पल’
विकास लामिछाने र गरिमा शर्माको म्युजिक भिडियो ‘सम्झनाका मीठामीठा पल’ सार्वजनिक भएको छ । अञ्जु पन्त र किशोर सिवाकोटीको स्वर रहेको गीत गीतकार श्री सिवाले लेखेका हुन् । गीतमा सङ्गीत भने गायक सिवाकोटीकै सुन्न सकिन्छ । गीतको म्युजिक भिडियो दीपकप्रसाद आचार्यले निर्देशन गरेका हुन् ।
लोकप्रिय बन्दै चर्या नृत्य
बौद्ध धर्मको वज्रयानी वज्राचार्य गुरुहरूले परम्परादेखि पूजा कोठाभित्र अभ्यास गर्दै आएका चर्या नृत्य स–साना बालबालिकादेखि युवापुस्तामाझ लोकप्रिय भएको छ । युगौँदेखि अभ्यासमा रहेको यो नृत्य यसरी बाहिर प्रस्तुत हुन थालेको धेरैपछि हो । काठमाडौँभित्रका नेवार समुदायको पनि बौद्ध धर्म मान्ने समुदायमा प्रख्यात चर्यालाई विश्वव्यापी रूपमा प्रचार गर्नुपर्छ । हाम्रो संस्कार संस्कृतिलाई हामीभित्र मात्र राख्न हुँदैन भन्ने उद्देश्यका साथ अहिले बालबालिकादेखि युवापुस्ताले सिक्दै गरेका छन् । चर्या नृत्य गुरु तथा प्रशिक्षक सञ्जय राजोपाध्याय भन्नुहुन्छ, “नेपालको मौलिक शास्त्रीय नृत्य भनेकै चर्या हो । यसका गीत संस्कृत भाषामै गाइन्छन् । मुख्यतया मुद्राका आधारमा यो नृत्य गरिन्छ ।”
डब्बुको नयाँ गीत ‘दूर सागर’
गायक तथा सङ्गीतकार राज सागरसँगको सहकार्यमा गीतकार डब्बु क्षत्रीले नयाँ गीत ‘दूर सागर’ गीतको भिडियो ल्याउनु भएको छ । गीत बुढासुब्बा डिजिटलबाट रिलिज भएको हो ।
'मिसेस वर्ल्ड'मा भाग लिन दीक्षा अमेरिका प्रस्थान
नेपालको प्रतिनिधित्व गर्दै मिसेस वर्ल्डमा भाग लिन दीक्षा केसी अमेरिका प्रस्थान गर्नुभएको छ । अमेरिकाको लस भेगासमा ‘डिसेम्बर १७’ मा हुने मिसेस वर्ल्डको फिनालेमा भाग लिन उहाँ अमेरिका प्रस्थान गर्नुभएको हो ।
प्रकाश झाको ‘मट्टो कि साइकिल’
गङ्गाजल, राजनीति, आश्रमजस्ता चलचित्र निर्देशन गरिसक्नुभएका प्रकाश झा चलचित्र क्षेत्रको उत्कृष्ट निर्देशकका सूचीमा मात्रै पर्नुहुन्न, उहाँले अभिनेताका रूपमा पनि काम गर्नुभएको छभन्दा दर्शक अवश्य नै चकित पर्छन् । एम गनी निर्देशित चलचित्र ‘मट्टो कि साइकिल’मा प्रकाश झाले आफूलाई आगोमा तातेको फलामजस्तै बलियो अभिनेताका रूपमा चम्काउनुभएको छ ।चलचित्रको कथा मट्टोको हो तर नायकका रूपमा चलचित्रमा माट्टोको साइकिललाई प्रस्तुत गरेको देखिन्छ । मथुरा सहर नजिकै बस्ने मट्टो जीवनको नायक उनको साइकल हो ।
सुधीर र करिश्माको 'बन्धन'
नेपाली लोक संस्कृति झल्किने लोकलयमा आधारित 'बन्धन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस भजन गीतमा येशू ख्रीष्टको जन्म र उहाँले संसारमा किन जन्म लिनुभयो भन्ने कुरालाई गीतमार्फत प्रस्तुत गरिएको छ।
‘मतिना पारु’
नेपालमा पश्चिमेली ‘भ्यालेन्टाइन डे’को चर्चा धेरै हुँदै गर्दा नेवारी समुदायमा पनि यस्तै एउटा दिन छ भन्दा कतिलाई अनौठो लाग्न सक्छ । मतिना पारु नेपालमा बसोबास गर्ने नेवार समुदायको एक लोकप्रिय दिन हो । यो दिन यःमरी पुन्हिको भोलिपल्ट अर्थात् शुक्रबार मतिना पारु परेको छ । मतिना भनेको माया र पारु भन्नाले प्रतिपदा भन्ने बुझिन्छ ।
अग्रज संगीतकारको सम्झनामा बनेको ‘अजम्बरी उपहार’ सार्वजनिक
काठमाडौं, मङ्सिर २३ गते । नेपाली संगीत क्षेत्रका अग्रज प्रतिभाको सम्झना गर्दै तयार भएको ‘अजम्बरी उपहार’ बोलको गीत सार्वजनिक भएको छ। आचार्य प्रभाले रचना गर्नुभएको गीतमा गायक संगीतकार सजल न्यौपानेको स्वर रहेको छ। गीतमा सिमा पोख्रेलको संगीत रहेको छ। अग्रज कलाकारको महत्व अनि योगदानलाई बचाइराख्न र नयाँ पुस्तालाई उहाँहरुको योगदान याद गराइराख्न यो गीत तयार पारिएको गायक न्यौपानेले बताउनुभयो।
हलमा फुटबल नदेखाउन बोर्डको निर्देशन
कतारमा जारी विश्वकप फुटबलअन्तर्गतको अन्तिम आठदेखिको खेल फिल्म हलमा नदेखाउन चलचित्र विकास बोर्डले सचेत गराएको छ ।