‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ एकसाथ प्रदर्शन
दुई नेपाली चलचित्र ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ एकसाथ प्रदर्शन भइरहेका छन् । केही समययता सातामा एकमात्र नेपाली चलचित्र प्रदर्शन भइरहेको थियो । यद्यपि यो साता तिम्रो मेरो साथ र गुञ्जन प्रदर्शन गरिएको छ ।
लोकप्रिय बन्दै केराटिन हेयर ट्रिटमेन्ट
युवा पुस्तामाझ केराटिन हेयर ट्रिटमेन्ट लोकप्रिय बन्दै गएको छ । कपाल सुक्खा हुने, झर्ने, टुक्रिने समस्याबाट छुटकारा पाउन अधिकांशले यस्तो हेयर ट्रिटमेन्ट गर्छन् ।
माझी किङ सम्मानित
गायन तथा अभिनय क्षेत्रमा सँगसँगै मेहनत गरिरहनुभएका युवा यमन माझी सर्वोत्कृष्ट गायक (माझी किङ) अवार्डबाट सम्मानित हुनुभएको छ ।
‘मेरो प्यारो डडेलधुरा’ सार्वजनिक
गायक भोजराज भट्टको ‘मेरो प्यारो डडेलधुरा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । डडेल्धुराका रमणीय ठाउँ व्याख्या गर्दै मायालुलाई त्यहाँको पर्यटकीय स्थलमा घुम्न जाने प्रस्ताव राखेको कुरा गीतमा समावेश गरिएको छ ।
सुरु भयो माघीको रमझम
माघी आउन दुई दिनमात्र बाँकी रहँदा बाँकेमा माघीको रमझम बढेको छ । थारू बाहुल्य गाउँबस्तीमा माघी मिलन र महोत्सव चलिरहेको छ । सो
कमल र अस्मिताको 'ख्याल ठट्टा'
लोकप्रिय गायक राजेश पायल राईको स्वरमा ‘ख्याल ठट्टा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गीतकार सुधा मरहट्ठाको शब्द, शंकर थापा 'स्माइल'को सङ्गीत छ । गीतलाई उदय राज पौडेलले सङ्गीत संयोजन गर्नुभएको हो ।
बलिउड अभिनेत्री मलाइका अरोरा काठमाडौंमा
नेपाल रत्न तथा आभूषण सङ्घले आयोजना गर्न लागेको फेसन रनवेमा शो–स्टपरको रुपमा भाग लिन अभिनेत्री अरोरा काठमाडौं आउनुभएको हो ।
पल शाहविरुद्ध मुद्दाको सुनुवाइ माघ ३ गते
अभिनेता पल शाहको जबरजस्ती करणीविरुद्धको मुद्दाको सुनुवाइ माघ ३ गते हुने भएको छ । पटक–पटक स्थगित हुँदै आएको उक्त मुद्दाको सुनुवाइका लागि पेशी तोकिएको तनहुँ जिल्ला अदालतले जनाएको छ ।
फिल्म 'गुञ्जन'को गीत 'केवल तिम्रैतिर'
निशान भट्टराई र श्रेया सोताङको स्वर, रवि मल्लको शब्द र कल्याड सिंहको सङ्गीत रहेको गीतकाे कोरियोग्राफी कविराज गहतराजले गर्नुभएको हो ।
‘छड्के २’मा -यापर भिटेनको आवाज
फागुन १९ बाट प्रदर्शन हुने चलचित्र ‘छड्के २’को एक गीतमा -यापर भिटेनले स्वर दिनुहुने भएको छ । गीतको शब्द रचना तथा सङ्गीत पनि भिटेन स्वयंले तयार पार्नुभएको हो । कथा सुहाउँदो भएकै कारण आफूहरूले भिटेनको गीत चलचित्रमा समावेश गरेको निर्माता प्रशान्त गिरीले बताउनुभयो ।
लोप हुँदै ढाल तरबार नाच
पुरुष मात्र सहभागी हुने ढाल तरबार नाच लोप हुने चिन्तामा हुम्लावासी रहेका छन् । शुभ कार्य र चाडपर्वमा सधैँ नाचिने उक्त
'गोल्डेन ग्लोब'मा 'आरआरआर'लाई अवार्ड
फिल्मको 'नाटुनाटु' गीतले कार्यक्रममा उत्कृष्ट मौलिक गीतको अवार्ड जितेको हो ।
गायक रोनितको ‘दृष्टि’
युवा गायक रोनित खालिङ राईको स्वरमा समावेश ‘दृष्टि’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । पप शैलीको गीत गायक
चर्चामा लोकदोहोरी गायक लामिछाने
पछिल्लो पुस्तामा नेपाली गीतसङ्गीत क्षेत्रका बहुचर्चित एवं सबैको मनमा बस्न सफल लोकदोहोरी गायक सरोज लामिछानेका गीत लोकप्रिय बन्दै गएका छन् ।
सोनी राजभण्डारीको “ तिमी टाढा भए पनि ” म्युजिक भिडियाे सार्वजनिक
गायिका सोनी राजभण्डारीको नयाँ म्युजिक भिडियो “ तिमी टाढा भए पनि ” सार्वजनिक भएको छ। सामाजिक सञ्जाल युत्युबमार्फत सार्वजनिक भएको म्युजिक भिडियोमा शव्द रचना समिर राईकाे र विक्रम थापाको संगीत रहेको छ।
‘रङ्गमञ्च जीवन सिकाउने ठाउँ’ : रङ्गकर्मी पुष्कर कार्की
'म पुष्कर बन्न चाहन्छु र पुष्कर नै बन्ने लक्ष्य लिएर लागिरहेको छु ।' यही उद्देश्य लिएर ८ वर्षदेखि उहाँ निरन्तर रूपमा मिहिनेत गर्दै हुनुहुन्छ रङ्गकर्मी पुष्कर कार्की ।
फिल्म 'पठान'को ट्रेलर सार्वजनिक
शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम अभिनित फिल्म ‘पठान’को ट्रेलर सार्वजनिक भएको छ ।
साङ्गीतिक क्षेत्रका नक्षत्र सङ्गीतकार बजगाईं
राजेन्द्र बजगाईं नेपाली साङ्गीतिक क्षेत्रमा परिचित नाम हो। बर्दिया, बढैया तालका बासिन्दा बजगाईंको कर्मथलो राजधानी काठमाडौँ हो। गुरु तिलकसिं पेलासँग प्रशिक्षित उहाँको सान्निध्य गुरु गुरुदेव कामतसँग पनि भयो। कामतसँग प्रशिक्षण लिएपछि उहाँ मूलधारको सङ्गीतमा देखा पर्नुभयो। आफ्नो क्षमता थप निखार्न बजगाईंले गुरु चण्डीप्रसाद काफ्लेसँग अध्ययन गर्नुभयो। साङ्गीतिक क्षेत्रमा निखार आएपछि बर्दिया फर्केर उहाँले साधना सङ्गीत प्रशिक्षण केन्द्र स्थापना गर्नुभयो।
फ्यानलाई मनाली घुमाउने विजय देवराकोन्डाको घोषणा
अभिनेता विजय देवराकोन्डाले आफ्ना सय जना फ्यानलाई भारतकाे मनाली घुमाउने घोषणा गर्नुभएको छ ।
मिस्टर नेपाल नूतन 'मिस्टर ग्लोबल' मा सहभागी हुने
‘मिस्टर नेपाल वर्ल्ड’ २०२२ का विजेता नूतन श्रेष्ठले ‘मिस्टर ग्लोबल’ मा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । श्रेष्ठलाई नेक्स्ट मोडल्स नेपालले उक्त प्रतियोगितामा पठाउन लागेको हो ।
तुलाको निर्देशनमा तयार ‘तिम्रो मेरो माया’मा रजनीको स्वर
तिम्रो मेरो मायाको बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गायिका रजनी सुन्दासको स्वरमा रहेको गीतका शब्द इन्दिरा चोङ्बाङका हुन्।
सिम्पल खरेलको 'जहाँ तिमी अनि म'
लोकप्रिय गायिका, अभिनेत्री, निर्देशक तथा टिकटक स्टार सिम्पल खरेलको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो 'जहाँ तिमी अनि म' सार्वजनिक भएको छ ।
फिल्म 'ह्यारीकी प्यारी'को ट्रेलर सार्वजनिक
जितु नेपाल र साम्राज्ञी शाह अभिनीत फिल्म ‘ह्यारीकी प्यारी’को ट्रेलर सार्वजनिक भएको छ ।
‘फूलैफूल दिन्छौ कि’ सार्वजनिक
गायक शिव परियारको ‘फूलैफूल दिन्छौ कि’ बोलको गीतलाई गायिका अस्मिता अधिकारीले आफ्नो स्वरमा पुनः सार्वजनिक गर्नुभएको छ। आनन्द अधिकारीको शब्द रचना रहेको गीतमा आशिष अविरलले सङ्गीत दिनुभएको छ। विकास प्रसाईंको निर्देशन रहेको गीतमा प्रभात पल ठकुरी, सोनिका भण्डारी र सञ्जय ढुङ्गानाको अभिनय रहेको छ।