डान्सिङ स्टार्सको उपाधि शेर्पा र प्रजाले जित्यो
एक टेलिभिजनले आयोजना गरेको टेलिभिजन रियालिटी शो डान्सिङ स्टार्स नेपालको उपाधि छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जितेको छ । शुक्रबार राति सम्पन्न फाइनलमा उपाधि जितेसँगै जोडीले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।
आजदेखि चलचित्र 'घनचक्कर' प्रदर्शनमा
काठमाडौं, असार १० गते । नेपाली चलचित्र 'घनचक्कर' आज शुक्रबारदेखि प्रदर्शनीमा आएको छ । सौगात मल्ल, सरोज खनाल, सलोन बस्नेत, शिशिर भण्डारी, कस्मिरा लामा, आशान्त शर्मा, ईश्वरी खड्का, कृष्णभक्त महर्जनलगायतका कलाकारको अभिनय रहेको चलचित्रलाई जितेन्द्र राजोपाध्यायले निर्देशन गर्नुभएको हो ।चलचित्रलाई सुसन प्रजापतिले छायाङ्कन गर्नुभएको हो र अष्ट महर्जनको द्वन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, मित्र डी गुरुङको सम्पादन, विपिन आचार्य र देव कोइमीको सङ्गीत, अर्जुन सिंहको कथा र काजी लिम्बूको पटकथा–संवादमा फिल्म निर्माण भएको छ ।
एलओडी क्लबमा ‘कुटुम्ब’को प्रस्तुति
ठमेलस्थित ‘एलओडी’ क्लबमा शनिबार साङ्गीतिक समूह ‘कुटुम्ब’ आफ्नो प्रस्तुति दिनुहुने भएको छ । सधैँ ‘डिजे’ सङ्गीत घन्किने यस पटक लोकधुन गुञ्जिनेछ ।पञ्चेबाजा, धिमे, सारङ्गी, मुरली र मादलको धुनले क्लबको माहोल फरक हुने आयोजकले जनाएका छन् । कुटुम्बले सोही दिन स्थानीय लोकबाजाको प्रयोग गर्नुहुनेछ ।
मल्टिप्लेक्सको बढ्दो आकर्षण
पछिल्लो समय नेपालका चलचित्र भवन अत्याधुनिक र सुविधासम्पन्न बन्दै गइरहेका छन् । काठमाडौँसहित नेपालका मुख्य सहरमा सुविधासम्पन्न हल खुल्ने क्रम निकै बढेको छ । चलचित्र भवन सिङ्गल स्क्रिनबाट मल्टिप्लेक्समा परिणत हुने क्रम जारी छ । जमलको विश्वज्योति हल अहिले मल्टिप्लेक्समा परिणत भएको छ ।
'शमशेरा' को टिजर सार्वजनिक
काठमाडाैं, असार ८ गते । रणवीर कपुरको बहुप्रतिक्षित फिल्म 'शमशेरा' को टिजर सार्वजनिक भएको छ । टिजरमा रणवीर र सञ्जय दत्तको खतरनाक लुक देखिन्छ । यससँगै निर्माण पक्षले फिल्मको ट्रेलर रिलिज मिति पनि घोषणा गरेको छ । 'शमशेरा'को ट्रेलर भने जुन २४ मा रिलिज हुँदैछ । करण मल्होत्राले निर्देशन गर्नुभएको यो फिल्म जुलाई २२ मा हलमा रिलिज हुने भएको छ ।सञ्जय दत्त, रणवीर कपुर र वाणी कपूरसमेत रहेका 'शमशेरा' फिल्मलाई आदित्य चोपडाले निर्माण गर्नुभएको हो ।
अक्षयकुमारकाे 'रक्षाबन्धन'को ट्रेलर
काठमाडौं, असार ८ गते । अक्षयकुमार अभिनीत फिल्म 'रक्षाबन्धन'को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्ममा दाजुभाइ र दिदीबहिनीको प्रेमलाई देखाइएको छ । फिल्ममा अक्षयकुमारको अनस्क्रिन दिदीबहिनीसँगको प्रेम र सम्बन्धको सौन्दर्य देख्न सकिन्छ । फिल्ममा अक्षयकुमारसँग भूमि पेडनेकर मुख्य भूमिकामा हुनुहुन्छ । 'रक्षाबन्धन'लाई आनन्द एल राईले निर्देशन गर्नुभएको हो । 'अतरंगी रे' पछि राईसँग अक्षयको यो दोस्रो सहकार्य हो । फिल्म ११ अगस्ट २०२२ मा सिनेमाघरमा रिलिज हुने भएको छ ।
'द सिक्रेट्स अफ राधा'को नयाँ पोस्टर सार्वजनिक
काठमाडौं, असार ८ गते । सृष्टि श्रेष्ठ अभिनित फिल्म 'द सिक्रेट्स अफ राधा'को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । फिल्ममा सृष्टिले एकल आमाको भूमिका निर्वाह गर्नुभएको हाे । सुवर्ण थापाले निर्देशन गर्नुभएको फिल्ममा सृष्टि र सौगातसहित खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्यदेव पन्त, पुष्कर गुरुङ, लोकेन्द्र लेखकलगायतकाे अभिनय छ ।भदौ १० गते रिलिज हुने फिल्मका निर्माता अभिनेता सौगात मल्ल हुन् ।
‘एक दिन मनाएर हुँदैन सङ्गीत दिवस’
गायन, वादन र नृत्यको त्रिसंयोग सङ्गीतलार्ई मानिन्छ । वर्षभरिका ३६५ दिनमध्येको सबैभन्दा लामो दिन जुन २१ तारिखमा विश्वभर एकसाथ मनाउने दिनका रूपमा ‘विश्व सङ्गीत दिवस’लाई लिइन्छ । सोही दिन मङ्गलबार सङ्गीतप्रेमीले विभिन्न कार्यक्रम गरी विश्व सङ्गीत दिवस मनाएका छन् ।
‘अबको तयारी मिस वर्ल्डको’
मिस नेपाल वर्ल्ड २०२२ की विजेता प्रियङ्का रानी जोशीलाई पुर्ख्यौली घरमा बाजागाजासहित स्वागत गरिएको छ । केही दिनदेखि लाजिम्पाटको पाँचतारे होटल ¥याडिसनमा बस्दै आउनुभएकी उहाँलाई परिवार र आफन्तले बाजागाजासहित काठमाडौँ वडा नम्बर २९ मा रहेको अनामनगरस्थित जन्मघरमा स्वागत गरेका हुन् ।
केकी अधिकारीको 'सिल्ली फो'
काठमाडौं, असार ७ गते । केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘सिल्ली फो’को ट्रेलर सार्वजनिक गरिएको छ । कमेडी जनरामा निर्माण भएकोे फिल्ममा अभिनेत्री अधिकारीले नायिका बन्न गरेको संर्घषलाई देखाइएको हो ।राज बहादुर सानेको निर्देशनमा बनेको फिल्म ह्याप्पी फिल्मस् प्रालीको व्यानरमा निर्माण भएको हो । फिल्ममा मनोज डिके निर्माता र विशाल श्रेष्ठ सह-निर्माताको रुपमा छन् ।फिल्ममामा रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल (मामाजी), अनिता श्रेष्ठ, सरस्वती रम्जाली मगर, रेजिना थापा, राज गौतम (केशव), अम्बर बहादुर विष्ट (सागर), सौजन बोहोरा जयमन बिश्वकर्माको अभिनय रहेको छ ।सिनेमामा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको छायांकन, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन, अनन्त घिमिरेको कलर, मदन बास्तोलाको भीएफएक्स छ ।फिल्म आगामी असार ३१ गतेबाट प्रदर्शनमा आउन भएको छ ।
गीतकार ध्रुवको 'पाउनु मात्रै हैन माया'
काठमाडौं, असार ६ गते । गीतकार स्वार्थी ध्रुवको नयाँ गीत 'पाउनु मात्रै हैन माया' सार्वजनिक गरिएको छ । गीतमा धु्रवकै स्वर र संगीत रहेको छ भने एरेन्ज सचिन सिंहले गर्नुभएको हो ।सुब्रत आचार्यको निर्देशनमा तयार भएको भिडियोमा दिक्पाल कार्की, एसराज गरच र साक्षी लम्सालको अभिनय देख्न सकिन्छ । यस्तै, भिडियोमा उत्सव दाहालको छायाङ्कन, विकास दाहालको सम्पादन, जया शर्माको क्रिएटिभ निर्देशन र दीपेन गौतम माइकलको प्रोडक्सन डिजाइन छ ।
'२ नम्बरी'को फस्टलुक सार्वजनिक
काठमाडौं, असार ६ गते । दयाहाङ राई र सौगात मल्ल अभिनित फिल्म ‘२ नम्बरी’को फस्टलुक सार्वजनिक गरिएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा दयाहाङ र सौगातलाई फरक गेटअपमा देख्न सकिन्छ ।'रेड बर्ड प्रोडक्सन'को प्रस्तुति रहेको फिल्मको फस्टलुकमा उपासना सिंह ठकुरी, उगेन छोदेन र बुद्धि तामाङ पनि छन् । फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन र जयन जे वाइबाको संगीत छ । फिल्म कात्तिक ४ गते प्रदर्शन हुने तयारीमा छ ।यस्तै, दीपक मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठको लगानीमा बनेको यो फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् ।
शवयात्राको कथा : चिसो मान्छे
चलचित्र ‘चिसो मान्छे’ले एउटा बूढो बाबु (देशभक्त खनाल)को कथा बोकेको छ । जसले आफ्नो छोराको कतारको मरुभूमिमा मृत्यु भएपछि उसको लासलाई घरसम्म पु-याउन के कस्तो सङ्घर्ष गर्छन् भन्ने कुरा दर्शाउँछ ।
प्रियंका रानी जोशी यो वर्षको मिस नेपाल
यो वर्षको मिस नेपाल काठमाडौंकी प्रियंका रानी जोशी बन्नुभएको छ ।
राधा प्यारीमा गरिमा र प्रिन्सको अभिनय (भिडियो)
काठमाडौं, असार ४ गते। गायक सुरेन चन्द र गायिका प्रतिमा केसीको स्वर रहेको राधा प्यारीको म्यूजिक भिडियो सार्वजनिक भएको छ। गायक तथा संगीतकार सिएल शर्माको शब्द तथा संगीत रहेको राधा प्यारीमा एरेन्ज विश्व अधिकारीको रहेको छ। किशोर थापाको मिक्सिङ गरेको गीतको भिडियोमा मोडल गरिमा शर्माको अभिनय देख्न सकिन्छ।भिडियोमा गरिमालाई प्रिन्स चौहानले अभिनयमा साथ दिएका छन्। भिडियोमा राधाको भूमिकामा देखिएकी गरिमा कृष्ण बनेका प्रिन्सको जोडी जमेको छ। विक्रम चौहानले निर्देशन गरेको भिडियोमा कोरियोग्राफीसमेत स्वयम् चौहानकै छ। प्रकाश खड्काको छायांकन रहेको भिडियोको सम्पादन र कलरिगं मिलन विश्वकर्माले गर्नुभएको हो।
फिल्म 'म'को टिजर सार्वजनिक
काठमाडौं, असार ४ गते । फिल्म 'म'को टिजर सार्वजनिक गरिएको छ । विगत लामो समयदेखि फिल्मसम्बन्धी अध्ययन गराउँदै आएको कन्तिपुर फिल्म एकेडेमीले पहिलोपटक निर्माण गरेको फिल्म 'म' को टिजर आज सार्वजनिक गरिएको हो ।यो फिल्म आगामी साउन २० गते प्रदर्शन हुने पक्का भएको छ । फिल्मको टिजरमा मुख्य कलाकारहरु निराजन प्रधान, सरोज खनाल, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ र संजोग रसाइलीलाई देखाइएको छ ।आफ्नो अस्तित्वको खोजीमा रहेका पात्रहरुको कथा भन्ने फिल्म ‘म’ मा निराजन प्रधान, सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, रुविना थापा, सविन श्रेष्ठका अलवा फिल्ममा नरेन खड्का, संजोग रसाइली, पुनम श्रेष्ठ, गीत विष्ट, विमल पुरी, सुरज विष्ट, सुवास पौडेल, सुप्रज्ञा शर्मा, अजित रेग्मी, सम्राट क्षेत्री, जेम्स अधिकारी, विवेक कुँवर र अमोद भट्टलगायतका कलाकारहरूको अभिनय रहेको छ ।फिल्मको मुख्य भुमिकामा रहेका निराजन प्रधान एक घटनासँग जोडिएका र अनुसन्धानमा जुटेका विभिन्न पात्रको खोजिमा हिडेको टिजरमा देखाइएको छ ।प्रकाश पुरी क्रियटभ निर्माता रहेको फिल्मका निर्माता विमला हुमागाईं र सह निर्माता पदम पुरी हुन् । फिल्ममा भरत रेग्मीको कलर, राकेश दाहालको ग्राफिक्स डिजाइन, साहिल खानको थ्रिएटिकल ट्रेलर, सुजन वली र सुरक्षा रेग्मी कस्टूम डिजाइन, करण सिंहको प्रोडक्सन डिजाइन, नोबल फ्रिक्सको ब्याकग्राउन्ड स्कोर, मुकेश शाहको साउन्ड डिजाइन रहेको छ भने बनिष शाहको सम्पादन रहेको छ ।
सङ्कटमा बालन नाच
सिन्धुली जिल्लामा करिब दुई दशकअघिसम्म विभिन्न चाडपर्व र धार्मिक कार्यमा परम्परागत रूपमा नृत्य गर्दै आएको सांस्कृतिक बालन नाच सङ्कटमा पर्न थालेको छ । पछिल्लो समयमा युवा पुस्ताका व्यक्तिको नाचप्रतिको बेवास्ता र बालन नाच्ने पुराना पुस्ताहरू वृद्ध भई अशक्त हुँदै गएपछि संरक्षण अभावमा उक्त नाच सङ्कटमा परेको स्थानीयको भनाइ छ । अहिलेका युवा पुस्ता बाह्य गीत, सङ्गीत र संस्कृ
नालापानी तिहारमा
चलचित्र ‘नालापानी’को प्रदर्शन मिति तोकिएको छ । चलचित्र तिहारको अवसर पारेर कात्तिक ४ गते प्रदर्शनमा आउने भएको छ । प्रा.डा. धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र कुँवर’ पुस्तकमा आधारित रहेर इतिहासविद्हरू प्रा.डा. धनराज कुँवर, प्रा.डा. त्रिरत्न मानन्धर, प्रा. दिनेशराज पन्त, प्रा.डा. सुरेन्द्र केसी, पूर्वसहायक रथि डा. प्रेम सिंह बस्न्यातहरूसँग पटक–पटक छलफल गरी नेपाली सेनाले प्रकाशित गरेको पुस्तक ‘सैनिक इतिहास’लगायतका पुस्तकमा आधारित रही ‘नालापानी’ तयार पा
'ठेकीको मदानी'मा सुधिर र सुपा
काठमाडौं, असार ३ गते । मोडल सुधिर श्रेष्ठ र सुपा खनालको अभिनय रहेको 'ठेकीमा मदानी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । 'क्ल्यासिक फ्रेम मुभिज'को आधिकारिक युट्युव च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो। यस गीतमा गायक गोविन्द अर्याल र गायिका मेलिना मैनालीको स्वर रहेको छ । लोक फ्लेवरको यस गीतमा शब्द साजन पराजुलीको रहेको छ । स्वयम गायक अर्यालले संगीतवद्ध गर्नुभएको यस गीतलाई नारायण दंगालले संगीत संयोजन गर्नुभएको हो । युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा भिडियोमा सुदिप आचार्य र सुज्मा थापाको समेत अभिनय देख्न सकिन्छ । सुरेश पाण्डेले कोरियोग्राफी गर्नुभएको भिडियोलाई महफुज अन्सारीको छायाँकन रहेको छ । भिडियोमा सुबाश देवकोटाको सम्पादन छ। मोहन घिमिरे निर्माता रहेको यस भिडियोलाई सुधन धितालको निर्देशनमा तयार पारिएको हो ।
फिल्म 'दोख'को शीर्ष गीत रिलिज
काठमाडौं, असार ३ गते । अनुप बरालले निर्देशन गर्नुभएको फिल्म 'दोख'को शीर्ष गीत रिलिज भएको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ‘वन चरी उड्यो’ बोलको गीत सार्वजनिक गरिएको हो ।चर्चित लोकपप ब्यान्ड नेपथ्यका गायक अमृत गुरुङको स्वरमा रहेको यो गीतसँगै उहाँले फिल्म संगीतको सुरुवात गर्नुभएको छ । श्रवण मुकारुङको शब्द र आभाषको संगीत रहेको गीतलाई नेपथ्य ब्यान्डले एरेन्ज गरेको हो । असार २४ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको पटकथा राजन कठेतले लेख्नुभएको हो । फिल्ममा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोयदीप श्रेष्ठ, राज थापा, सुरज मल्ल, कमल देवकोटा र साजन थापाको अभिनय छ ।फिल्मका निर्माता सविन ज्ञवाली र मनोज अधिकारी हुन् । शैलेन्द्र कार्कीको छायांकन रहेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गर्नुभएको हो । यस्तै, भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा रहेको फिल्मको एसोसिएट निर्माताको रुपमा सन्तोष पाठक, धर्म अधिकारी, प्रवीन पाठक, सुमिता आचार्य, दीपक खनाल र युवराज भट्टराई हुनुहुन्छ ।
नाटक ‘ऐया ! माया’ मञ्चन हुने
नाटक ‘ऐया ! माया’ ७ गतेदेखि टेकुस्थित कौसी थिएटरमा मञ्चन हुने भएको छ । सुदाम सिकेले निर्देशन गर्नुभएको नाटक मानिसले बिर्सिरहेका कुरालाई सम्झाउने प्रयत्न गर्ने जनाइएको छ ।
मिस नेवाः प्रतिभा प्रस्फुटन गर्ने मञ्च हो
नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी खेलाडी हुन् खुसी डङ्गोल । उहाँको पहिचान खेलाडीमा मात्र सीमित छैन । मिस नेवाः प्रतिस्पर्धामा विजेता हुनकै लागि तयारीमा हुनुहुन्छ । हाल स्नातक पहिलो वर्षमा अध्ययरत १९ वर्षीय डङ्गोल
चलचित्र ‘म’ को प्रदर्शन मिति घोषणा
सुवर्ण थापा निर्देशित चलचित्र ‘म’ साउन २० देखि नेपालभर प्रदर्शन हुने भएको छ । आफ्नो अस्तित्वको खोजीमा रहेका पात्रहरूको कथावस्तुमा तयार भएको चलचित्र ‘म’ चलचित्रसम्बन्धी अध्यापन गराउने कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुति र कान्तिपुर सिनेमाजको प्रोडक्सनमा तयार गरेको हो । चलचित्रमा सरोज खनाल, निराजन प्रधान, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, नरेन खड्का, गीत विष्ट, विमल पुरी, सुरज विष्ट,
नाचगान गरी भूमे पर्व मनाइयो
मगर समुदायको प्रमुख चाड भूमे (भुम्या) पर्व बुधबार मगर समुदायले धुमधामसँग मनाएका छन् । तीन दिनसम्म मनाइने यो पर्व भूमिको पूजा गरी नाचगान गरेर मनाउने गरिन्छ । मगर जातिले परापूर्वका