एमाले सचिव बस्नेतले गर्नुभयो मतदान
नेकपा (एमाले) सचिव महेश बस्नेतले मतदान गर्नुभएको छ । भक्तपुर क्षेत्र नम्बर २ का उम्मेदवार बस्नेतले आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो ।
कैलालीमा ३९ हजार मत खस्यो
कैलालीमा मतदान सुरु भएको साढे तीन घण्टामा ३८ हजार ४९० मत खसेको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार १०ः३० बजेसम्म ६.९८ प्रतिशत खसेको हो ।
बागमती प्रदेशका प्रमुख देवकोटाले गृहनगर धनगढीमा गर्नुभयो मतदान
बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले आज बिहान मतदान गर्नुभएको छ । धनगढी उपमहानगरपालिका वडा नं. ४ स्थित तुलसीराम मावि उत्तरबेहडी धनगढीमा गएर उहाँले मताधिकारको प्रयोग गर्नुभएको हो ।
बैतडीमा ९८ वर्षीया वृद्धाद्वारा मतदान
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बैतडीमा आज मतदान सुरु भएको छ ।
बालकोट पुगेर एमाले अध्यक्ष ओलीले गर्नुभयो मतदान
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुभएको छ । बिहीबार बिहान ११ः ३० बजे महेन्द्र शान्ति विद्यालय, बालकोट पुगेर उहाँले मतदान गर्नुभएको हो ।
धनकुटामा कांग्रेस उम्मेदवार दिनेश राईद्वारा मतदान
प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत धनकुटाबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका दिनेश राईले मतदान गर्नुभएको छ ।
इलाममा २७ प्रतिशत मत खस्यो
दुई निर्वाचन क्षेत्र रहेको इलाममा अहिले सम्ममा २७ प्रतिशत मत खसेको छ ।
बैतडीमा तीन घण्टामा तेह्र हजार मत खस्यो
प्रतिनिधि सभा निर्वाचनमा जिल्लाका सबै मतदाना केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भईरहेको छ । तीन घण्टामा करिब १२ हजार ९९८ मत खसेको छ ।
गुल्मीमा कुन उमेदवारले कहाँबाट मतदान गरे
गुल्मीका सबै मतदान स्थलका शान्तिपूर्ण रूपमा मतदान चलिरहेको छ । जिल्लाका १४५ मतदान स्थलको २८४ केन्द्रबाट मतदान भइरहेको जिल्ला निर्वाचन अधिकारी ऋषिराम घिमिरेले बताउनुभयो ।
मतदानमा ज्येष्ठ नागरिक उत्साहित
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। जिल्लाका २१५ मतदान केन्द्रमा मतदान गर्न आएका ज्येष्ठ नागरिकलाई प्राथमिकता दिइएको छ।
प्रतिनिधि सभा निर्वाचन : ११ बजेसम्म १० प्रतिशत मत खस्यो
प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशभरका सबै मतदान केन्द्रमा मतदान जारी रहेको छ।
कास्कीमा अहिलेसम्म २० प्रतिशत मत खस्यो
तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा बिहीबार बिहान ११ बजेसम्म करिब २० प्रतिशत मत खसेको छ । जिल्लामा महिला २९ हजार छसय ६१, पुरुष ३१ हजार दुईसय ६९ र अन्य १ गरी ६० हजार नौसय ३१ मत खसेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो ।
विदेशी निर्वाचन पर्यवेक्षकद्वारा मतदान केन्द्र अवलोकन
नेपालमा भइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको अवलोकन गर्न आएका विदेशी निर्वाचन पर्यवेक्षकहरूले काठमाडौँ उपत्यकाका विभिन्न मतदान केन्द्रको अवलोकन गरेका छन्।
किरिया बस्नुभएका उम्मेदवार आचार्यले गर्नुभयो मतदान
बावुको निधनपछि किरिया बस्नुभएका नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्यले मतदान गर्नुभएको छ ।
किरियापुत्रीले गरे मतदान
प्रतिनिधि सभा सदस्यको लागि दाङको तुलसीपुर उपमहानगरपालिका–१० निवासी किरियापुत्री शम्भु रेग्मीले मतदान गर्नुभएको छ ।
मेचीनगरमा १०४ बर्षीय बृद्धाद्वारा मतदान
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०४ बर्षीया बृद्धाले मतदान गर्नुभएको छ ।
मकवानपुरमा २० प्रतिशत मत खस्यो
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मकवानपुरमा आज बिहान ११ बजेसम्म २० प्रतिशत मत खसेको छ।
कांग्रेस नेता कार्कीद्वारा मतदान
नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीमा मतदान गर्नुभएको छ ।
भीमबहादुर रावलद्वारा मतदान
पूर्वउप्रधानमन्त्री डा. भीमबहादुर रावलले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत अछामको क्षेत्र नम्बर १ को साँफेबगर नगरपालिका–६ स्थित भागेश्वरबार मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।
एमाले सचिव बस्नेतद्धारा मतदान
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का केन्द्रीय सचिव महेश बस्नेतले आज सूर्यविनायक नगरपालिका-७, गुण्डु वडा कार्यालयस्थित मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
क्रियापुत्रीले गरे मतदान
अर्जुन चौपारी गाउँपालिका –१ मा क्रियापुत्रीले मतदान गर्नु भएको छ ।
सिन्धुलीका सबै मतदान केन्द्रमा मतदान जारी
सिन्धुली जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाका दुवै निर्वाचन क्षेत्रका २७२ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ।
कांग्रेस नेता डा. कोइरालाद्वारा मतदान
नेपाली कांग्रेसका डा. शेखर कोइरालाले विराटनगर महानगरपालिका–७ स्थित आदर्श माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
स्याङ्जामा १० प्रतिशत मत खस्यो
स्याङ्जामा प्रतिनिधि सभा सदस्यको निर्वाचनको मतदान शान्तिपूर्ण रुपमा भइरहेको छ । बिहीबार बिहान १०ः३० बजेसम्म २३ हजार ३५५ मतदाताले मतदान गरेका छन् ।