• २१ फागुन २०८२, बिहिबार

भीमबहादुर रावलद्वारा मतदान

blog

पूर्वउप्रधानमन्त्री डा. भीमबहादुर रावल अछामको क्षेत्र नम्बर १ को साँफेबगर नगरपालिका–६ स्थित भागेश्वरबार मतदान केन्द्रमा मतदान गर्नुहुँदै । तस्बिर : प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह
धनगढी, फागुन २१ गते ।
पूर्वउप्रधानमन्त्री डा. भीमबहादुर रावलले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत अछामको क्षेत्र नम्बर १ को साँफेबगर नगरपालिका–६, भागेश्वरबार मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।

उहाँले बिहीबार बिहान मतदान केन्द्र पुगेर आफ्नो मताधिकार प्रयोग गर्नुभएको हो । रावल क्षेत्र नम्बर १ बाट नेकपाका उम्मेदवार समेत हुनुहुन्छ ।

मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै रावलले लोकतन्त्रलाई सुदृढ बनाउन नागरिकले उत्साहपूर्वक मतदान गर्नुपर्ने बताउनुभयो । उहाँले शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।