• २१ फागुन २०८२, बिहिबार

कांग्रेस नेता कार्कीद्वारा मतदान

blog

नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीमा मतदान गर्नुहुँदै । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की 
वराहक्षेत्र, फागुन २१ गते  ।
नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सुनसरीमा मतदान गर्नुभएको छ ।

सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका नेता कार्कीले सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गत वराहक्षेत्र –१० स्थित भगवती आधारभूत विद्यालयको मतदान केन्द्रको ‘ग’ केन्द्रबाट  बिहीबार बिहान मतदान गर्नुभएको हो ।

कांग्रेस नेता कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै सबै मतदातालाई उत्साहका साथ मतदानमा सहभागी हुन आग्रह गर्नुभएको छ ।