• २१ फागुन २०८२, बिहिबार

किरिया बस्नुभएका उम्मेदवार आचार्यले गर्नुभयो मतदान

blog

किरियामा बस्नुभएका उम्मेदवार नारायण आचार्य मतदान गर्नुहुँदै । तस्बिर : रेखीराम राना

रेखीराम राना

तानसेन, फागुन २१ गते ।बावुको निधनपछि किरिया बस्नुभएका नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्यले मतदान गर्नुभएको छ ।

 केही दिनअघि उम्मेदवार आचार्यको बुवाको निधन भएपछि उहाँले किरिया बारेकै अवस्थामा मतदान गर्नुभएको हो । आफ्नो मतदाता रहेको पूर्वखोला–३, उद्धबुद्ध माध्यमिक विद्यालयबाट मतदान गर्नुभएको हो । आचार्य एमालेबाट पाल्पा–१ को उम्मेदवार बन्नुभएको छ । 

पाल्पामा एक उम्मे ११८ मतदान स्थलमा अहिले शान्तिपूर्ण रुपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।

 पाल्पाको दुई वटै निर्वाचन क्षेत्रका २५१ मतदान शान्तिपूर्ण रुपमा मतदान भइरहेको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले जानकारी दिनुभयो ।