धनुषामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न
धनुषा जिल्लामा प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि आइतबार भएको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । जिल्लाको प्रतिनिधि सभाका ४ र प्रदेश सभाको ८ वटा निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भई मतपेटिका सङ्कलन गर्ने काम भइरहेको धनुषाका प्रहरी प्रमुख वसन्त रजौरेले जानकारी दिनुभयो ।
सुनसरीमा ६१ प्रतिशत मतदान
सुनसरीमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । जिल्लाको १ सय ६६ स्थानबाट ५ सय ९३ मतदान केन्द्रमा ६१ प्रतिशत मतदाताले मतदान गरेको प्रारम्भिक अनुमान गरिएको छ ।
बाजुरामा झडप : गोली लागी एकको मृत्यु
बाजुराको त्रिवेणी नगरपालिकामा सुरक्षाकर्मीले चलाएको गोली लाग्दा एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका वडा नम्बर ७ का अन्दाजी २८ वर्षीय सन्दीप अयडी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
निर्वाचन आमरूपमा शान्तिपूर्ण र व्यवस्थित रह्यो : पर्यवेक्षण संस्था
निर्वाचन पर्यवेक्षण संस्थाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आज भएको निर्वाचन छिटपुट घटनाबाहेक आमरूपमा शान्तिपूर्ण र व्यवस्थितरूपमा सम्पन्न भएको जनाएको छ ।
मतदान सकियो (फोटो फिचर)
निर्वाचन आयोगले निर्धारित गरेको बिहान ७ बजेदेखि अहिले ५ बजेसम्मको मतदानको अवधि सकिएको छ।
‘कैलालीको मतदातामा पहिलेजस्तो उत्साह देखिएन’
प्रतिनिधि र प्रदेश सभा सदस्यको आइतबार सम्पन्न निर्वाचनमा मतदातामा स्थानीय तहको निर्वाचनजस्तो उत्साह देखिएन । स्थानीय तह निर्वाचन सम्पन्न भएको ७ महिनापछि भएको आमनिर्वाचनमा मतदातामा उत्साह नदेखिएको हो ।
सहज देखिए महिलाले चलाएका मतदानस्थल
भरतपुर –१० का भुवन आचार्य अपराह्न २ बजे भरतपुर १० स्थित भरतपुर माध्यमिक विद्यालय मतदान स्थलमा मतदान गरेर फर्कनुभयो । सोही वडाका विश्वनाथ ओझाले पनि सोही मतदान स्थलबाट बिहान सबेरै मतदान गर्नुभयो ।
निर्वाचन आयोगले राति ७ः५० बजे पत्रकार सम्मेलन गर्ने
निर्वाचन आयोगले राति पत्रकार सम्मेलन गर्ने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको बारेमा जानकारी गराउन आयोगले राति ७ः५० बजे पत्रकार सम्मेलन गर्न लागेको हो ।
मतदानको समय अवधि सकियो : केही केन्द्रमा मतदान जारी
निर्वाचन आयोगले निर्धारित गरेको बिहान ७ बजेदेखि अहिले ५ बजेसम्मको मतदानको अवधि सकिएको छ।
मतपत्र च्यातेपछि बागलुङको सर्कुवामा मतदान स्थगित
बागलुङको जैमिनी नगरपालिका –४ सर्कुवाको जनता मावि मतदान केन्द्रमा मतदान स्थगित भएको छ। बिहान ७ बजे शान्तिपूर्ण रूपमा मतदान सुरु भएको जनता माविमा दिउँसो २ बजे एक पक्षले मतदानस्थलमा प्रवेश गरेर मतपत्र च्यातेपछि मतदान स्थगित भएको हो ।
उपत्यकाका सहरीभन्दा काँठ क्षेत्रका मतदातामा बढी उत्साह
काठमाडौं उपत्यकामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका क्रममा सहरी क्षेत्रमा भन्दा काँठ क्षेत्रमा मतदाताको बढी उत्साह देखिएको छ ।
डाँफे माविको मतपेटिका फुटाइयो
चङ्खेली गाउँपालिका –५ को डाँफे मावि मतदान केन्द्रको एक समूहले मतपेटिका फुुटाएको छ । युुवाहरुको दुुई समुहबीच झडप हुँदा मतदानका लागि राखिएको मतपेटिका फुटाइएको प्रहरीले जनाएको छ ।
मतदान गर्ने बित्तिकै ७१ वर्षीय वृद्धको निधन
जिल्लाको लिखु तामाकोशी गाउँपालिका–४ बिजुलीकोमा मतदान गरेर निस्किनुभएको बिजुलीकोको दुसिम निवासी ७१ वर्षीय ठगबहादुर सुनुवारको ज्यान गएको हो ।
चुनाव भयो खुसी छु : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तोकिएको मितिमा चुनाव भएको भन्दै खुसी व्यक्त गर्नुभएको छ।
देशभर शान्तिपूर्ण मतदान : १५ वटा केन्द्रमा मतदान कार्य रोकियो
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ।
पाँच जिल्लामा ५३ राउन्ड हवाई फायर
निर्वाचनको समयमा देशभर ५३ राउन्ड हवाई फायर भएको छ । हवाई फायर भए पनि अहिलेसम्म कुनै ठाउँमा गोली चलेको छैन । पाँच जिल्लामा हवाई फायर भएको हो । रौतहट, सिराहा, चितवन, दोलखा र बाजुरामा हवाई फायर भएको केन्दीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले बताउनुभयो ।
धनकुटामा १०१ वर्षीया ज्येष्ठ नागरिकद्वारा मतदान
एक सय १ वर्ष उमेरकी ज्येष्ठ नागरिक हर्कमाया अधिकारीले मतदान गर्नुभएको छ ।
बाजुराको स्वामिकार्तिकको मतपेटिकामा आगजनी
बाजुराको स्वामिकार्तिक–१ भगवती आधारभूत विद्यालयमा रहेको मतदान स्थलमा मतपेटिकामा आगजनी भएको छ । मत हाल्ने विषयलाई लिएर कार्यकर्ताबीच झडप भएको बेला समानुपातीको मतपेटिकामा आगजनी भएको हो ।
हुम्लाको सरस्वती मावि मतदान केन्द्रमा मतदान कार्य स्थगित
सर्केगार्ड गाउँपालिका –१ को जैर गाउँको सरस्वती मावि मतदान केन्द्रको मतदान कार्य स्थगित भएको छ । वारेसमा मत खसाल्ने विषयलाई दुई पक्षबीच विवाद भएपछि मतदान कार्य स्थगित गरिएको हो ।
निर्वाचनका दिन काठमाडौंका सडक (फोटो फिचर)
सडकमा निर्वाचन आयोगको मापदण्ड अनुसार अनुमति प्राप्त सवारी साधन मात्र देखिएका थिए ।
साहित्यकार झमकद्वारा मतदान
साहित्यकार झमक घिमिरेले धनकुटा –६ स्थित बहुउद्देश्यीय सामुदायिक भवन मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । शारीरिक अवस्था जटिल रहेको उहाँलाई अटोमा राखेर मतदान केन्द्रसम्म लगिएको थियो ।
जलेश्वर कारागारका २६ कैदिबन्दीले गरे मतदान
प्रतिनिधि सभा सदस्य पदका लागि आइतबार भएको निर्वाचनमा जलेश्वर कारागारका २६ जना कैदिबन्दिले मतदान गर्नुभएको छ ।
देशभर ४६ प्रतिशतसम्म मतदान : गृहसचिव
गृहसचिव विनोदप्रकाश सिंहले हालसम्म देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको बताउनुभएको छ ।
झापामा बम पड्किएपछि सुरक्षा व्यवस्थामा कडाइ
झापाका दुई वटा मतदास्थलमा सुतली बम पड्काएर निर्वाचन प्रभावित पार्न खोजेपछि जिल्लास्थित सबै मतदान केन्द्रमा सुरक्षा ब्यवस्था कडा पारिएको छ । झापा दमकस्थित हिमावि मतदान केन्द्रमा विहान साढे १० बजे र झापा गाउँपालिकाको वडा नं. २ स्थित कुवाडीदेवी मावि मतदान स्थलमा विहान साढे ९ बजे बम विस्फोट भएको थियो ।