• १८ असार २०८१, मङ्गलबार

मतदान गर्ने बित्तिकै ७१ वर्षीय वृद्धको निधन

blog

लिखु तामाकोशी गाउँपालिका–४ बिजुलीकोमा मतदान गरेर निस्किनुभएका ७१ वर्षीय ठगबहादुर सुनुवारको मृत्यु । फाइल तस्बिर

नवराज श्रेष्ठ
रामेछाप, मङ्सिर ४ गते ।
रामेछापमा मतदान गरेपछि एक मतदाताको ज्यान गएको छ । जिल्लाको लिखु तामाकोशी गाउँपालिका–४ बिजुलीकोमा मतदान गरेर निस्किनुभएका बिजुलीकोको दुसिम निवासी ७१ वर्षीय ठगबहादुर सुनुवारको ज्यान गएको हो ।

मतदान गरिसकेपछि अचानक बेहोस हुनुभएका सुनुवारलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा उहाँको बाटोमा ज्यान गएको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष केशव महतले बताउनुभयो ।