• १३ साउन २०८१, आइतबार

डाँफे माविको मतपेटिका फुटाइयो

blog

राजन रावत

हुम्ला, मङ्सिर ४ गते । चङ्खेली गाउँपालिका –५ को डाँफे मावि मतदान केन्द्रको एक समूहले मतपेटिका फुुटाएको छ । युुवाहरुको दुुई समूहबीच झडप हुँदा मतदानका लागि राखिएको मतपेटिका फुटाइएको प्रहरीले जनाएको छ ।  

प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले मतदान केन्द्रको मतपेटिका फुटाएको जानकारी दिनुभयो ।  फुुटेको मतपेटिका सुरक्षित रहेको उहाँले बताउनुभयो । मतपेटिका फुुटाउने समुूहको खोजी भइरहेको उहाँले बताउनुुभयो । 

२४२ मतदाता रहेको सो मतदान केन्द्रमा ३९ मत मतदान गर्न बाँकी रहँदा विवाद भएको थियो । त्यसपछि मतदान कार्य स्थगित भएको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताउनुुभयो । दुुई पक्षका युवाहरुले मत खसाल्ने विषयमा विवाद गरेपछि झडप भएको थियो । 

झडपमा एक जना प्रहरी सहायक निरीक्षक घाइते भएको बताउनुुभयो । त्यहाँ सुरक्षाकै लागि सेनाको टोली हिंडिसकेको जनाइएको छ । 

यसैबीच हुम्लाको सरस्वती मावि मतदान केन्द्रमा यसअघि स्थगित भएको मतदान पुनः सुरु भएको छ । वारेसमार्फत मतदान गर्ने क्रममा दुई पक्षबीच विवाद भएपछि मतदान स्थगित गरिएको थियो ।