हुम्लामा पुग्यो सामुदायिक विद्यालयका पाठ्यपुस्तक
समयमै पाठ्यपुस्तक नपुग्ने हिमाली जिल्ला हुम्लामा यस वर्ष शैक्षिक सत्र सुरु हुनु अगावै विद्यालयमा पाठ्यपुस्तक पठाइएको छ । जिल्लाका चार गाउँपालिकाका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेको हो ।
सरुवापत्र बुझ्न मानेनन् शिक्षकले
घोराही उपमहानगरपालिकाले शिक्षकहरूको सरुवा गरे पनि सरुवा भएका धेरैजसो शिक्षकहरूले सरुवाको पत्र बुझ्न मानेका छैनन् । घोराही उपमहानगरपालिकाले चैत ८ गते १०१ जना शिक्षकको सरुवा गरेको थियो । तर सरुवा गरिएका अधिकांश शिक्षकहरूले पत्र अझै बुझेका छैनन् । सरुवा भएका शिक्षकहरू पत्र बुझ्न नआएपछि हुलाकमार्फत पत्र पठाउने तयारी भएको घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख विनोद गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार सरुवा भएका १५ जना शिक्षकले मात्र पत्र बुझेका छन् ।
‘विज्ञान प्रविधि क्षेत्रमा कानुन र बजेट अभाव’
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विज्ञान प्रविधि क्षेत्रको विकासका लागि कानुन र बजेटको अभाव रहेको बताउनुभएको छ ।
सिद्धार्थ क्याम्पसलाई प्रदेशकै नमुना बनाउने प्रतिबद्धता
कपिलवस्तुको सिद्धार्थ क्याम्पसलाई लुम्बिनी प्रदेशको नमुनाको रुपमा विकास गरिने अध्यक्ष डम्मर शर्माले बताउनुभएको छ । क्याम्पसको १२ औँ सभाबाट अध्यक्ष चयन हुनुभएका शर्माले उच्च शिक्षा अध्ययन गर्न रुपन्देही पुग्नुपर्ने बाध्यताको अन्त्य गर्नेगरी शिक्षाको गुणस्तरमा सुधार ल्याउने दाबी गर्नुभयो ।
नेपाल विश्वविद्यालय विधेयक, २०७९ पारित गर्नुपर्छ : शिक्षामन्त्री राई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई पारित गर्नुपर्ने बताउनुभएको छ ।
भोपाल कारागारका सात हजार कैदीले लिए डिप्लोमा
भोपालको केन्द्रीय कारागारले शिक्षामा सबैको अधिकार सुनिश्चित हुनुपर्ने मान्यतालाई आत्मसात् गर्दै बितेको एक वर्षमा छ हजार नौ सय कैदीलाई निःशुल्क शिक्षाको व्यवस्था गरेको छ ।
सामुदायिक विद्यालयलाई कुनै पनि शुल्क नलिन काठमाडौं महानगरको आग्रह
काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयहरूलाई कुनै पनि शुल्क नलिन आग्रह गरेको छ ।
पढ्ने रहर
म बाबाममीसँग शनिबारको दिन पशुपतिनाथको दर्शन गर्न गएको थिएँ । मेरो सानी बहिनी पनि हामीसँगै गएकी थिइन् । पशुपतिनाथ मन्दिरमा मानिसको भीड थियो । बाँदरहरू पनि धेरै थिए । प्रहरीदाइले लाइनमा लागेका मानिसलाई पालैपालो पूजा गर्ने व्यवस्था मिलाइदिनुभएको थियो । म पनि बाबाममीसँगै पशुपतिनाथको दर्शन गरेर फर्किएँ । पुरानो बानेश्वर चोक पुगेपछि मेरो बहिनीले जुस पिउने कुरा गरिन्
बालबालिकालाई मानसिक चिन्ता दिनु हुँदैन : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालबालिकालाई कक्षामा प्रथम हुने नाममा मानसिक तनाव दिन नहुने बताउनुभएको छ ।
चैत ३० गतेदेखि छैटौँ अन्तरविद्यालय एकायन कराँते हुने
नेपाल एकायन कराँते संघ, कंकेश्वरी शाखाकाे आयाेजनामा छैठौं अन्तरविद्यालय एकायन कराँते प्रतियोगिता सञ्चालन हुने भएको छ ।
अर्जुनचौपारीको शिक्षा अत्यन्त कमजोर
अर्जुनचौपारी गाउँपालिकाले पहिलो पटक पालिका भित्रका सबै विद्यालयको कक्षा ३, ५ र ८ को लिखित परीक्षा लिएकोमा नतिजा अत्यन्त कमजोर देखिएको छ ।
प्रवेश परीक्षाबारे उपत्यकामै भएन अनुगमन
आगामी २०८० सालको शैक्षिक सत्रदेखि कक्षा १ मा भर्ना हुन प्रवेश परीक्षा लिन नपाइने व्यवस्था गरिए पनि उपत्यकाका कतिपय विद्यालयले प्रवेश परीक्षा सञ्चालन गरेका छन् ।
सामुदायिक विद्यालयको पुस्तक आइपुग्यो
ताप्लेजुङमा सामुदायिक विद्यालयमा सबै पाठ्यपुस्तक आइपुगेको छ । जिल्लास्थित पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घले सामुदायिक विद्यालयको कक्षा १ देखि १० सम्मकै सबै पाठ्य पुस्तक आइसकेको जनाएको हो ।
स्थानीय तहका न्याय सम्पादनमा काठमाडाैँ विश्वविद्यालयकाे सहयोग हुने
काभ्रेपलाञ्चोक जिल्लाका १३ वटै स्थानीय तहका न्यायिक समितिको भूमिका सबल बनाउन काठमाडौं विश्वविद्यालयले सहकार्य गर्ने भएको छ ।
एसइई दिएका २०३ जना छात्रालाई साइकल वितरण
रुपन्देहीको कोटहीमाई गाउँपालिकाले २०७९ सालको एसइई परीक्षामा सहभागी छात्राहरूलाई साइकल वितरण गरेको छ ।
सामुदायिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था
दोलखाको वैत्यश्वर गाउँपालिकाले गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ। आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले राज्यको स्रोतबाट तलब भत्ता खाने सबैले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको हो ।
विश्वविद्यालयमा विद्यार्थीको विकर्षण
विश्वविद्यालयमा विद्यार्थी घटिरहेका छन्। विगतमा विद्यार्थीको अत्यधिक चाप हुने र भर्ना हुन चर्को प्रतिस्पर्धा हुने विषयमा समेत विद्यार्थीको विकर्षण देखिन थालेको छ। काठमाडौँ विश्वविद्यालयमा कुल विद्यार्थी भर्ना क्षमताको ३० प्रतिशत कोटा रिक्त छ। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला थापाले विद्यार्थीको आकर्षण बढाउन अनेक अभियान सञ्चालन गरिरहे पनि सफल नभएको बताउनुभयो। काठमाडौँ विश्वविद्यालयमा सबैभन्दा धेरै विद्यार्थी कोटा स्कुल अफ आर्ट्स र स्कुल अफ मेडिसिनमा रिक्त छ। विश्वविद्यालयले स्नातक, स्नातकोत्तर र एमफिल तथा पीएचडीसमेत गरेर दुई सयवटा कार्यक्रम सञ्चालन गरिरहेको छ।
सोमबारे साइत पारेर विद्यार्थी खोज्न शिक्षकहरु घर-घरमा
कालीकोट जिल्लाको सबै भन्दा पुरानो बडिमालीका माध्यमिक विद्यालय परिवारले विद्यार्थी भर्नाका लागि नौलो अभियान थालेको छ ।
विद्यार्थी सङ्गठनको साझा एजेण्डा : शिक्षामा निजीकरण निरुत्साहन गर्ने
देशका विश्वविद्यालय तथा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमार्फत नयाँ नेतृत्व आउने क्रम जारी छ ।
म्याग्दीमा भित्रियो १४ हजार सेट पाठ्यपुस्तक
आगामी नयाँ शैक्षिक सत्रका लागि म्याग्दीमा करिब १४ हजार सेट सरकारी पाठ्यपुस्तक भित्रिएका छन् । जिल्लाका पुस्तक व्यवसायीहरूले सामूहिक रूपमा लगानी गरेर सामुदायिक विद्यालयका कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई आवश्यक पर्ने १३ हजार सात सय सेट पाठ्यपुस्तक ल्याएका हुन् ।
‘नो अब्जेक्सन’ लिन साथीको कागजात
शैक्षिक परामर्श संस्था एनलाइटेन इन्टरनेसनल एजुकेसनले वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन लेटर)का लागि भावना वाग्लेको नभई निजका साथीको कागजात ‘अपलोड’ गरेको पत्ता लाग्यो । यसका कारण वाग्लेको आवेदन अस्वीकृत हुन पुग्यो । परामर्श संस्थाले तत्काल लिखित रूपमा माफी नै माग्नुप-यो ।
शिक्षण पेसामा महिला आकर्षण
म्याग्दीमा शिक्षण पेसाप्रति महिलाको आकर्षण बढेको छ । शनिबार प्राथमिक तहमा एक सय जना शिक्षकले स्थायी नियुक्त पत्र लिँदा ४८ जना महिलाले स्थायी नियुक्ति पत्र लिएका छन् ।
गल्फा क्याम्पसको भवन अलपत्र
दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकामा सञ्चालन हुँदै आएको गल्बा क्याम्पसको नयाँ बन्नु पर्ने भवन अधुरो र अलपत्र अवस्थामा रहेको छ । क्याम्पस व्यवस्थापन समितिले निर्माण जिम्मा लिएको भवन पूर्ण रूपमा निर्माण नगरिँदा हाल भवनको अवस्था अधुरो र अलपत्र अवस्थामा रहेको हो ।
रोकिएन निजी विद्यालयको मनपरी
नियमनकारी निकायको कमजोरीको फाइदा उठाउँदै निजी विद्यालय सञ्चालकले यस वर्ष पनि विद्यार्थीबाट चर्को शुल्क असुल्न थालेका छन्। शैक्षिक सत्र सुरु हुनै लाग्दा तिनीहरूले आफूखुसी शुल्क तोक्दै विद्यार्थी तथा अभिभावकलाई बिल पठाउन थालेका छन्। यसबीचमा कतिपय विद्यालयले भर्नासमेत सुरु गरिसकेका छन् तर कुन तहका विद्यार्थीबाट भर्ना तथा मासिक शुल्कबापत कति रकम लिने भन्ने विषयमा विद्यालयबीच एकरूपता छैन। कतिपय निजी विद्यालय सञ्चालकले आफैँ पाठ्यपुस्तक, कापी, विद्यालय पोसाक, जुत्ता, मोजा तथा झोलासमेत बेच्ने गरेका छन्।