प्राविधिक शिक्षामा घट्दै विद्यार्थी
प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण घटेको छ। पाल्पाका ११ वटा सामुदायिक विद्यालयमा सञ्चालित प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या हरेक वर्ष घट्दै गएको छ। जिल्लामा प्राविधिक शिक्षा पठनपाठन गराउने विद्यालयको सङ्ख्या हरेक वर्ष थपिए पनि विद्यार्थीको सङ्ख्या भने घटेको छ। प्राविधिक शिक्षाको महत्व बुझाउन नसक्दा, प्राविधिक शिक्षाका बारेमा अभिभावकमा भएको अन्योलले प्राविधिक शिक्षा आर्जन गर्ने विद्यार्थीको सङ्ख्या कम हुँदै गएको बताइन्छ। पछिल्लो समय प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई वैदेशिक अध्ययन तथा रोजगारीमा समस्या देखिएका कारण पनि यो शिक्षामा आकर्षण कम भएको अभिभावकको बुझाइ छ।
बागमती प्रदेशमा एसईईको तयारी अन्तिम चरणमा
यही शुक्रबारबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षाको तयारी बागमती प्रदेशमा अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालन गर्ने माध्यमिक शिक्षा परीक्षा (एसईई)का आवश्यक जनशक्ति परिचालनलगायतको काम अन्तिम चरणमा पुगेको हो । बागमती प्रदेशको शिक्षा विकास निर्देशनालय हेटौँडाका सूचना अधिकारी शारदा मैनालीले प्रदेशका १३ वटै जिल्लामा परीक्षाका लागि तयारी अन्तिम चरणमा पुगेको र कतिपय स्थानमा कर्मचारी खटिएर कार्यक्षेत्रमा गइसकेको जानकारी दिनुभयो।
एसईई भोलिदेखि
२०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरु हुँदैछ। उक्त परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षामा सहभागी हुन देशभरिका पाँच लाख १६ हजार ५७७ जनाले आवेदन फाराम भरेका छन्। परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ। पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष अन्तिम परीक्षा हो। आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुनेछ। प्रदेशस्तरमा अनिवार्य विषयका प्रश्नपत्रको समानान्तर सेट तयार गरिएको छ। कठिनाइ स्तर एउटै भए पनि हरेक प्रदेशमा फरक प्रश्न सोधिने छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठले प्रश्नपत्र र उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा पठाइसकिएको जानकारी दिनुभयो। देशभर दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएका छन्।
भेरी अस्पतालमा एमडी र एमएसको पढाइ गर्ने अनुमति प्राप्त
पश्चिम नेपालका तीन प्रदेशका बिरामीका लाग रेफरल अस्पतालको रूपमा रहेको भेरी अस्पताल नेपालगञ्जलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आङ्गिक अस्पतालको रूपमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न स्वीकृत प्राप्त भएको छ ।
सामुदायिक विद्यालयबाट एसइई दिने विद्यार्थी बढी
यस वर्षको एसइईमा स्याङ्जाबाट ४ हजार ४८१ जना परीक्षार्थी सहिभागी हुँदैछन् । जिल्लामा एसइईको सबै तयारी पूरा भएको बताइएको छ ।
“...अनि देशकै उत्कृष्ट विद्यालय बन्यो”
भाइबहिनीहरू, यस पटक तपाईंहरूलाई नेपालकै उत्कृष्ट विद्यालयमध्ये एक विद्यालयका बारेमा जानकारी दिँदै छौँ । देशकै मध्यभागमा रहेको भरतपुर महानगरपालिका–१० स्थित नारायणी उच्च माध्यमिक विद्यालय । यो स्कुल अहिले देशकै नमुना विद्यालय हो ।
रुपन्देहीबाट १८ हजार विद्यार्थीले एसइई परीक्षा दिँदै
यो वर्षको एसइई परीक्षामा रुपन्देहीबाट १८ हजार ८५० जना विद्यार्थी सहभागी हुने भएका छन् । परीक्षाका लागि रुपन्देहीमा ५६ वटा परीक्षा केन्द्रको व्यवस्था गरिएको छ ।
महोत्तरीमा एसइई दिने परीक्षार्थीको सङ्ख्यामा वृद्धि
स्कुले विद्यार्थीका लागि फलामे ढोका मानिने एसइई परीक्षामा महोत्तरीबाट सहभागी हुने परीक्षार्थीको सङ्ख्या यो वर्ष करिब चार प्रतिशतले वृद्धि भएको छ ।
बालबालिकाका क्षेत्रमा लगानी गर्नु देशको समृद्धि चाहानु हो : अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बालबालिकाका क्षेत्रमा लगानी गर्नु भनेको देशको समृद्धि चाहनु रहेको बताउनुभएको छ ।
इन्जिनियर लाइसेन्स परीक्षा : १९८१ परीक्षार्थीमा ५६५ पास
इन्जिनियर लाइसेन्स परीक्षामा ५६५ जना पास भएका छन्। मंगलबार इन्जिनियरिङ काउन्सिलले पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराएको हो।
एसइईका लागि सुनसरीका केन्द्राध्यक्षलाई अभिमुखीकरण
माध्यमिक शिक्षा परीक्षा एसइईका लागि सुनसरीमा विभिन्न परीक्षा केन्द्रका लागि नियुक्त गरिएका केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण तालिम दिइएको छ ।
प्रधानमन्त्रीको चासोपछि समयमै पाउने भए विद्यार्थीले पुस्तक
हरेक वर्ष नयाँ शैक्षिक सत्र नजिकिँदै गर्दा विद्यार्थीले पाठ्यपुस्तक पाउने हुन् कि होइनन् भन्ने चिन्ता हरेक अभिभावकलाई हुने गर्दथ्यो ।
पाल्पाबाट चार हजार ५४६ जना विद्यार्थी एसइईमा सहभागी हुँदै
यो वर्ष पाल्पाबाट चार हजार ५४६ जना विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने भएका छन् ।
छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
शिक्षक नियुक्त नै नभएका व्यक्तिलाई सरुवापत्र दिएर शिक्षक कायम गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी अम्मरप्रसाद भट्टसहित छ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
एसइईका लागि सोह्र जना केन्द्राध्यक्ष
ताप्लेजुङमा चैत १७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि सोह्र जना केन्द्राध्यक्ष तोकिएको छ । जिल्लामा परीक्षा सञ्चालन गर्न निर्धारण भएका १६ वटा केन्द्रका लागि केन्द्राध्यक्ष तोकिएको हो ।
इनरुवामा शिक्षक र प्राध्यापकलाई सम्मान
हिन्दु स्वयंसेवक सङ्घ नेपालले बौद्धिक वर्गका शिक्षक र प्राध्यापकलाई सम्मान गरेको छ । सुनसरी सदरमुकाम इनरुवामा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा योगदान गर्नेहरूलाई सम्मान गरेको सङ्घले जनाएको छ ।
एसईई परीक्षाको तयारी अन्तिम चरणमा
शिक्षा विकास तथा समन्वय एकाइ काभ्रेपलाञ्चोकले आगामी शुक्रबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। एकाइ प्रमुख गोकर्णध्वज कार्कीले एसईई परीक्षाका लागि आवश्यक पर्ने उत्तरपुस्तिका परीक्षा केन्द्रमा पुगेको बताउनुभयो। उहाँले आइतबार जिल्लामा रहेका परीक्षा केन्द्रका केन्द्राध्यक्षका लागि अभिमुखीकरण कार्यक्रम राखिएको भन्दै अभिमुखीकरणपछि नियुक्त दिएर प्रश्नपत्रहरू सम्बन्धित परीक्षा केन्द्रमा पठाइने बताउनुभयो। एकाइ प्रमुख कार्कीका अनुसार यस वर्षको एसईई परीक्षामा जिल्लाका कुल छ हजार ४३६ जना विद्यार्थी सहभागी हुनेछन्।
लगानीको नतिजा देखिएन साक्षरतामा
राष्ट्रिय जनगणनाको परिणामले शिक्षामा गरिँदै आएको लगानीअनुसारको परिणाम हासिल हुन नसकेको प्रस्ट देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको जनगणनाको विस्तृत विवरणले यसलाई थप पुष्टि गरेको छ। जनगणनाअनुसार मुलुकको साक्षरता दर ७६.२ प्रतिशत रहेको छ। शुक्रबार सार्वजनिक गरिएको भए पनि यो तथ्याङ्क गत वर्ष नै सङ्कलन गरिएको हो। जब कि सरकारले सन् २०१५ भित्रै मुलुकबाट निरक्षरता उन्मूलन गर्ने अन्तर्राष्ट्रिय रूपमा लिखित प्रतिबद्धता गरेको थियो।
बालबालिका र युवाहरूमा नैतिक शिक्षाको खाँचो छ : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बालबालिका तथा युवाहरूलाई व्यावसायिक तथा नैतिक शिक्षाको खाँचो रहेको बताउनुभएको छ ।
अठार आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित
विद्यार्थी सङ्गठनको आपसी विवादका कारण त्रिभुवन विश्वविद्यालयअन्तर्गतका एक दर्जनभन्दा बढी आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अनिश्चित भएको छ। त्रिविले आफूअन्तर्गतका सम्पूर्ण आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा चैत ५ गतेलाई स्ववियु निर्वाचनको मिति तोकेको थियो। विश्वविद्यालयअन्तर्गत ६२ वटा आङ्गिक र एक हजारभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस छन्। सोहीअनुसार ४४ वटा आङ्गिक र सम्बन्धन प्राप्तमध्ये अधिकांश क्याम्पसमा तोकिएकै मितिमा निर्वाचन सम्पन्न भइसकेको छ।
सुकुम्बासीका छोराछोरी पढ्ने नमूना विद्यालय
विसं २०५८ मा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ५ पातुखोलामा ज्ञान ज्योति आधारभूत विद्यालय सञ्चालन गरियो । स्थानीयले चन्दा सङ्कलन गरेर उक्त विद्यालयको कच्ची भवन निर्माण गरे। विद्यालय भवन नै हावाले उडायो ।
नेपालको साक्षरता दर १० प्रतिशतले वृद्धि
नेपालको साक्षरता दर १० वर्षमा १० दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । केन्द्रीय तथ्याङ्क विभागले शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको हो ।
दैलेखमा पाँच हजार ७३५ परीक्षार्थीले एसइई दिने
चैत १७ गतेदेखि सुरु हुने एसइई परीक्षामा दैलेखबाट पाँच हजार ७३५ परीक्षार्थीले एसइई परीक्षा दिने भएका छन् ।
मधेश प्रदेशमा ७९ हजार विद्यार्थी एसइईमा सहभागी हुने
मधेश प्रदेशबाट यस पटकको माध्यमिक शिक्षा परीक्षामा (एसइई) ७९ हजार ९४ जना विद्यार्थी सहभागी जनाउने भएको छ ।