नेपाल प्रहरी–एभरेष्ट बैङ्क छात्रवृत्ति अक्षयकोष स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
नेपाल प्रहरी र एभरेष्ट बैङ्क लिमिटेडबीच ‘नेपाल प्रहरी–एभरेष्ट बैङ्क छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
स्ववियु निर्वाचनमा तीन विद्यार्थी सङ्गठनको तालमेल
मध्यपश्चिम विश्वविद्यालय (मवि) हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा तीन ठूला विद्यार्थी सङ्गठनले तालमेल गरेका छन् ।
स्ववियु निर्वाचन : उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता
त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता गरिएका छन् ।
कक्षा ९ का विद्यार्थीका लागि रजिष्ट्रेसन फारम खुला
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ९ को रजिष्ट्रेसन फारम खुला गरेको छ । कार्यालयले विद्यालयलाई विद्यार्थीको फर्म भर्दा पछिसम्म फरक नपर्ने गरी भर्न/भराउन अनुरोध गरेको छ ।
आमाको पढ्ने रहर
भाइबहिनीहरू कुनै पनि कुरा सिक्न र पढ्न शिक्षा हासिल गर्न उमेर कहिल्यै बाधक हुँदैन है । ७० वर्षीया आमाले पनि ११ कक्षाका किशोरकिशोरीसँगै पढेर ज्ञान हासिल गरिरहेकी छिन् ।
स्ववियु निर्वाचन प्रक्रिया आजदेखि
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आउँदो चैत ५ गते सञ्चालन गर्न लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया आज (शुक्रबार)देखि सुरु हुँदै छ। प्रत्येक क्याम्पसमा क्याम्पस प्रमुख संरक्षक हुने गरी निर्वाचन समिति गठन गरिएको छ। उक्त समितिले नै क्याम्पसमा स्ववियु निर्वाचन गराउने छ। यसअघि त्रिविका शिक्षाध्यक्ष प्राध्यापक डा. शिवलाल भुसालको अध्यक्षतामा १६ सदस्यीय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गरिसकेको छ। आउँदो चैत ५ गते देशभरका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुँदै छ।
‘सुदूरपश्चिम संस्कार र संस्कृतिमा देशकै धनी’
इन्जिनियर सागर ढकालले सुदूरपश्चिम प्रदेश कला र संस्कृतिले देशकै धनी प्रदेश भएको बताउनुभएको छ।
तामाकोसीका विद्यार्थीले पाएनन् दिवा खाजा
सरकारले सबै सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई दिवा खाजा दिन सम्बन्धित निकायलाई निर्देशन दिएको लामो समय बितिसक्दा पनि तामाकोसी गाउँपालिका भित्रका सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीले दिवा खाजाको रकम पाएका छैनन् ।
धनभन्दा विद्या ठूलो
धेरै वर्षअगाडि एउटा गाउँमा शिखर भन्ने ८ कक्षामा पढ्ने केटो आफ्नो आमा, बुवा र भाइसँग बस्थ्यो । एक दिन उ विद्यालयबाट आएपछि आफ्नो साथीहरूसँग खेल्न गयो । राति उ घर आइपुग्यो । भाइले उसलाई सोध्छ हजुरको कुनै गृहकार्य छैन ? केही पढ्नु छैन तर उ केही नबोली खाना खाएर सुत्छ । बिहान पनि भाइले उसलाई सोध्छ हजुरको केही गृहकार्य छैन ? उसले भाइलाई भन्छ तिमी मलाई बारम्बार एउटै प्रश्न नसोध । मसँग जति भ
स्ववियु निर्वाचन : यस्ता छन् विद्यार्थीका एजेण्डा
त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति नजिकिँदै गर्दा विद्यार्थी सङ्गठन घोषणापत्रको अन्तिम तयारीमा लागेका छन् ।
गुल्मीको रेसुङ्गामा नयाँ विद्यालय भवन बन्दै
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत गुल्मीको रेसुङ्गा नगरपालिकामा–१४ पराल्मीस्थित जनविकास माध्यमिक विद्यालयको नयाँ भवन बन्ने भएको छ ।
इतिहास जोगाउँदै नीलगिरि
नीलगिरि माध्यमिक विद्यालय पाँचथर जिल्ला, हिलिहाङ गाउँपालिका–५ स्थित मुक्तुरा छ । नेपालको पूर्वी पहाडी क्षेत्रका ग्रामीण बस्तीका मानिसलाई चेतनाको ज्योतिले उज्यालो पार्ने तीर्थमध्येको यो एक हो । हरिनारायण खनाल, नेत्रप्रसाद सङ्ग्रौलाजस्ता स्थानीय शिक्षाप्रेमी र बुद्धिजीवीहरूको नेतृत्व अनि स्थानीयको सामूहिक पहलमा वि. सं. २०१५ मा प्राथमिक विद्यालयका रूपमा यस विद्यालयको स्थापना भएको थियो । आजसम्म आइपुग्दा यसको निकै लामो इतिहास र विरासत बनिसकेको छ ।
नो अब्जेक्सन लेटर लिनेको पनि भीड
उच्च शिक्षाका लागि विदेशिन चाहनेहरूको लर्को पनि उत्तिकै बढेको छ । अध्ययनका लागि विदेशिने गरे पनि अधिकांशको लक्ष्य रोजगारी नै हुने गरेको छ ।
सामुदायिक विद्यालयप्रतिको आकर्षण बढ्दै
दोलखाका सामुदायिक विद्यालयमा संस्थागत (बोर्डिङ) विद्यालयबाट विद्यार्थी आउने क्रम बढेको छ । संस्थागत विद्यालयको भन्दा सामुदायिक विद्यालयमा शिक्षण राम्रो हुन थालेपछि विद्यार्थी आउने क्रम बढेको अभिभावक एवं भीमेश्वर नगरपालिका–७, मकैबारीको कुटीडाँडा माध्यमिक विद्यालय व्यवस्थापन समिति सदस्य सबु तामाङले बताउनुभयो ।
मदन भण्डारी मेमोरियल कलेजको भवन उद्घाटन
काठमाडौँको अनामनगरस्थित मदन भण्डारी ममोरियल कलेजको भवन आज उद्घाटन गरिएको छ । विसं २०६३ मा शिलान्यास गरी २०६६ सालमा निर्माण सम्पन्न भएको उक्त भवनको आज पूर्वमन्त्री महेन्द्रबहादुर पाण्डे र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्घाटन गर्नुभएको हो । भारत सरकारको अनुदानमा निर्मित तीन तलाको कलेज भवनमा ३० कोठा रहेका छन् ।
नौ कक्षामा ३५ प्रतिशत नल्याए कक्षा चढ्न नपाउने
कक्षा नौमा अध्ययनरत विद्यार्थीले वार्षिक परीक्षामा ३५ प्रतिशत नल्याए माथिल्लो कक्षा चढ्न नपाउने भएका छन्। विद्यार्थीको उपलब्धि मूल्याङ्कनका लागि पाठ्यक्रम विकास केन्द्रले कार्यान्वयनमा ल्याएको लेटर ग्रेडिङ निर्देशिका, २०७८ ले यस्तो व्यवस्था गरेको हो।
विज्ञान र प्रविधिसम्बन्धी सामग्री तथा उपकरणहरूको प्रदर्शनी
एन्जल लर्ड एकेडेमी हाइ स्कुल कोटेश्वरको आयोजनामा फागुन १२ र १३ गते चौथो बृहत् विज्ञान तथा प्रविधि प्रदर्शनी सम्पन्न भएको छ ।
विद्यार्थीहरूले प्रस्तुत गरे सांस्कृतिक कार्यक्रम
काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका वडा नं. ४ पुरानो गुहृेश्वरी क्षेत्रमा रहेको सृजना ज्ञानसागर माध्यमिक विद्यालयले ३७ औँ अभिभावक दिवस तथा वार्षिकोत्सव मनाएको छ ।
समन्वय नहुँदा शिक्षक अन्योलमा
दुई सरकारी निकायबीच समन्वय नहुँदा शिक्षक र विद्यार्थीका परीक्षा एकै समयमा पर्ने भएका छन् । त्यसले गर्दा विद्यार्थी र शिक्षक दुवैको परीक्षामा असहज अवस्था सिर्जना हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत १७ गतेदेखि कक्षा १० का विद्यार्थीका लागि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन गर्दैछ । त्यसको भोलिपल्ट अर्थात् चैत १८ गते शनिबार शिक्षक सेवा आयोगले पनि माध्यमिक तहमा स्थायी शिक्षक नियुक्तिका लागि लिखित परीक्षा
उत्तरपानी बहुप्राबिधिक शिक्षालयले मनायो ३५ औ स्थापना दिवस
मुलुककै जेठो मध्येको एक धनकुटाको उत्तर पानीस्थित उत्तर पानी प्राविधिक शिक्षालयले विभिन्न कार्यक्रम गरी आफ्नो ३५ औ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।
पढ्दै कमाउँदै विद्यार्थी
सिन्धुपाल्चोकका विद्यार्थी पढ्दै पैसा पनि कमाउँदै गर्न थालेका छन्। चौतारा साँगचोकगढी नगरपालिका–४, कुभिन्डेस्थित कालिका माध्यमिक विद्यालयका विद्यार्थी अध्ययनसँगै कमाउन पनि थालेका छन्। उक्त विद्यालयका विद्यार्थीले पढाइका साथै साबुन, फिनेल, हार्पिक, सर्फजस्ता वस्तु उत्पादन गरेर पैसा कमाउन थालेका हुन्। विद्यार्थीले स्थानीय कच्चा पदार्थ प्रयोग गरेर उक्त वस्तु उत्पादन गरिरहेका छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रघुसिंह तामाङले पढाइबाट बचेको समयमा विद्यार्थीलाई ती सामग्री उत्पादनका लागि काम दिने गरिएको बताउनुभयो।
सामुदायिक विद्यालय राजनीतिक थलो बन्दै
डुँगेश्वर गाउँपालिका–२ स्थित सीता जनसहयोग माध्यमिक विद्यालय व्यवस्थापन समितिको बिहीबार सम्पन्न निर्वाचनले दलगत प्रतिनिधि निर्वाचित गरेको छ। नेकपा (एमाले) र नेपाली कांग्रेसले व्यवस्थापन समितिमा दलगत उम्मेदवार उठाएका थिए। विद्यालयका प्रधानाध्यापक तेजकुमारी थापाका अनुसार व्यवस्थापन समितिमा सहमति नजुटेपछि दलगत प्यानल चुनावी मैदानमा उत्रिएका थिए।
तीन कोठामा छवटा कक्षाको पढाइ
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८, दशरथ नगरस्थित श्री राष्ट्रिय प्राविमा शिशुदेखि कक्षा ५ सम्म पढाइ हुन्छ तर यहाँ पठनपाठनका लागि तीनवटा मात्रै कक्षाकोठा छन् । एउटै कक्षाकोठामा फरक–फरक दुई कक्षाका विद्यार्थी राखेर पठनपाठन गर्नुपर्दा गुणस्तरीय सिकाइमा निकै समस्या भइरहेको छ भने विद्यार्थी सङ्ख्या पनि बर्सेनि घट्दै छ ।
भारतीय विद्यालय धाउँदै सीमा क्षेत्रका विद्यार्थी
उत्तरी इलामका भारतीय सीमावर्ती गाउँका बालबालिका भारतीय विद्यालयमा पढ्न जाने गरेका छन्। भारतसँग सीमा जोडिएको उत्तरी इलामका लेकाली गाउँमा विद्यालय नभएका कारण त्यहाँका बालबालिका भारतीय विद्यालयमा पढ्न जानुपर्ने बाध्यता छ।