साझा प्रकाशनका महाप्रबन्धक पोखरेलको राजीनामा स्वीकृत
साझा प्रकाशन सहकारी संस्था लिमिटेडको सञ्चालक समितिले महाप्रबन्धक प्रह्लाद पोखरेलको राजीनामा स्वीकृत गरेको छ । दुईवर्षे कार्यकालका लागि नियुक्त पोखरेलले छ महिना समय बाँकी हुँदा तीन साताअघि पदबाट राजीनामा दिनुभएको थियो ।
स्वास्थ्य विज्ञान विश्वविद्यालयको कार्यदिशा बारे नागरिक स्तरमा छलफल
कैलालीको गेटामा रहेको सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय भावी कार्यदिशा बारे सुदूरपश्चिमका नागरिक स्तरमा छलफल हुन थालेको छ ।
शैक्षिक जनशक्ति पलायन रोक्नु चुनौती : प्रधानमन्त्री
प्रधानमन्त्री एवं पोखरा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायन रोक्नु देशका लागि चुनौती भएको बताउनुभएको छ । पोखरा विश्वविद्यालको १८औँ दीक्षान्त समारोहमा प्रधानमन्त्री प्रचण्डले सीपको सदुपयोग गरी स्वदेशमै रोजगारी सिर्जना गरी यहीँ बस्न सक्ने वातावरण निर्माण गर्ने भूमिका विद्यार्थीका काँधमा पनि रहेको बताउनुभयो ।
शैक्षिक जनशक्तिको पलायन रोक्न सबै गम्भीर बनौँ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायन देशका लागि चुनौतीको विषय भएको भन्दै यसलाई रोक्न सबै जिम्मेवारी बन्नुपर्ने बताउनुभएको छ।
पोखरा विश्वविद्यालयको अठारौं दीक्षान्त समारोह सुरु
पोखरा विश्वविद्यालयको अठारौं दीक्षान्त समारोह सुरु भएको छ । प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा सोमबार मध्याह्नदेखि दीक्षान्त समारोह सुरु भएको हो ।
जनप्रतिनिधिको छोराछोरी सरकारी विद्यालयमा पढाउने निर्णय
आँबुखैरेनी गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेको छ ।
शिक्षामा सुधार ल्याउन शैक्षिक मेला
विद्यार्थीको शिक्षामा सुधार ल्याउने उद्देश्यले धनुषाको मिथिला नगरपालिका–८, जमुनिवासस्थित जनता राष्ट्रिय आधारभूत विद्यालयमा एक दिने शैक्षिक मेलाको आयोजना गरेको छ ।
अनलाइन शुल्कमा विद्यार्थी र त्रिवि व्यवस्थापनबीच आरोप-प्रत्यारोप
त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहमा अनलाइन कक्षा सञ्चालन गरेबापत चर्को शुल्क असुलेको भन्दै विद्यार्थीले विरोध जनाएका छन्। त्रिविको स्नातकोत्तर तहको सेमेस्टर प्रणालीमा मासिक शुल्क बढी लिएको भन्दै विद्यार्थीले विरोध जनाएका छन्।
शिक्षकको कुटाईबाट विद्यार्थी बेहोस
जिल्लाको शिवालय गाउँपालिकाको एक सरकारी विद्यालयका शिक्षकले विद्यार्थीलाई कुटपिट गरेपछि विद्यार्थी बेहोस भएका छन् ।
रेसुङ्गामा चौथो राष्ट्रपति रनिङ शिल्ड सुरु
गुल्मीको रेसुङ्गा नगरपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
भर्ना दर वृद्धि गर्न अभिभावकबाट आमा समूह गठन
दोलखाको भीमेश्वर नगरपालिका–७ मकैबारीमा रहेको कुटीडाँडा माध्यमिक विद्यालयले अभिभावकबाट आमा समूह गठन गरेको छ ।
अन्तरसरकारी सञ्चारगृह हाजिरीजवाफ प्रतियोगितामा गोरखापत्र प्रथम
राष्ट्रिय समाचार समिति (रासस)को ६२औँ वार्षिकोत्सवका अवसरमा आयोजित अन्तरसरकारी सञ्चारगृहबीचको हाजिरीजवाफ प्रतियोगितामा गोरखापत्र संस्थान प्रथम भएको छ ।
‘सङ्घीय शिक्षा ऐन’ संसदमा पेश गर्न महामन्त्री थापाको माग
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ‘सङ्घीय शिक्षा ऐन’ तत्काल संसदमा पेश गर्न सरकारसँग माग गर्नुभएको छ ।
चिकित्सा शिक्षाको एमडी र एमएस भर्ना प्रक्रिया रोकिएकै बिन्दुबाट सुचारु गर्न सर्वोच्चको परमादेश
चिकित्सा शिक्षाको एमडी र एमएसतर्फ रोकिएको भर्ना प्रक्रिया रोकिएकै बिन्दुबाट सुचारु गर्न सर्वोच्च अदालतले चिकित्सा शिक्षा आयोगलाई परमादेश दिएको छ ।
नेपाल प्रहरी र ग्लोबल आईएमई बैंकबीच छात्रवृत्ति अक्षयकोष स्थापनासम्बन्धी समझदारी
नेपाल प्रहरी र ग्लोबल आईएमई बैङ्क लिमिटेडबीच ‘नेपाल प्रहरी–ग्लोबल आईएमई बैङ्क छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
स्वास्थ्य क्षेत्रका बेथिति सुधार गर्न शल्यक्रियाको आवश्यकता छ : प्रधानमन्त्री प्रचण्ड
बेथितिहरूमा सुधारका लागि स्वास्थ्य क्षेत्रमा शल्यक्रियाको आवश्यकता महसुस हुन्छ ।
गुणस्तरीय स्वास्थ्य र वैज्ञानिक शिक्षामा केन्द्रित रही देशव्यापी अभियान सुरु
मानव अधिकार तथा शान्ति समाजको २४ औँ र २५ औँ राष्ट्रिय परिषद् बैठकद्वारा पारित नीति कार्यान्वयन सम्बन्धमा देशव्यापी अभियान प्रारम्भ भएको छ ।
पाँचथरका विद्यालयमा योग शिक्षा
लुङरुपा आयुर्वेद औषधालयले फिदिम नगरपालिका भित्रका विद्यालयमा आयुर्वेद र योग शिक्षा सम्बन्धी प्रशिक्षण सुरु गरेको छ । फिदिम नगरपालिकासँगको सहकार्यमा औषधालयले वडा नम्बर ११ को कालिका मावि बाबुङगाबाट बिहीबारदेखि योग प्रशिक्षण सुरु गरेको हो ।
स्ववियु कार्यतालिका सार्वजनिक, निर्वाचन चैत ५ गते
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आज (बिहीबार) यहाँ आयोजित पत्रकार सम्मेलनमा स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुभयो ।
प्रदेशलाई शिक्षाको अधिकार आवश्यक : मुख्यमन्त्री जम्मकट्टेल
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले नेपालको प्रमुख पेसाको रूपमा रहेको कृषि क्षेत्रको विकासका लागि शिक्षामा नै कृषिको विषयमा पठनपाठन हुन आवश्यक रहेको बताउनुभएको छ ।
मनाङका विद्यालय खुल्न थाले
हिमाली जिल्ला मनाङमा विद्यालय खुल्न थालेका छन् । हिउँदे बिदा सकिएपछि फागुनको सुरुआतसँगै विद्यालय खुल्न थालेका हुन् ।
एसइईमा तीन हजारभन्दा बढी सहभागी हुने
आगामी चैत महिनामा सञ्चालन हुने ( एसइई ) माध्यमिक शिक्षा परीक्षामा दोलखाबाट तीन हजार ६५ जना विद्यार्थी सहभागी हुने भएका छन् ।
विद्यालयलाई सहयोग गर्नेहरू सम्मानित
पाँचथरको फिदिम ७ मा सञ्चालित रानिटार माध्यमिक विद्यालयले विद्यालयको विकास र उन्नयनमा सहयोग पुर्याएको भन्दै जग्गादाता, चन्दादाता, पूर्व अध्यक्ष र पूर्व शिक्षकलाई सम्मान गरेको छ ।
दार्चुलामा एसइई परीक्षाका लागि १६ केन्द्र तोकिए
अगामी चैत १७ गतेदेखि सञ्चालन हुने यस वर्षको एसइई परीक्षाका लागि दार्चुलामा १६ वटा परीक्षा केन्द्रहरू तोकिएका छन्।