भूकम्पले भत्काएका अधिकांश विद्यालय सुविधासम्पन्न
वि.सं २०७२ मा गएको भूकम्पले भत्काएका सिन्धुलीका अधिकांश सामुदायिक विद्यालयका भवन सुविधा सम्पन्न बनेका छन् ।
कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज पहिलो साता
कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी असोज ६ र ७ गते सञ्चालन हुने भएको छ । परीक्षाको नतिजा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीका लागि उक्त परीक्षा सञ्चालन हुन लागेको हो ।
त्रिवि सेवा आयोगमा प्राडा भट्टराई
त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा प्राडा घनश्याम भट्टराई नियुक्त हुनुभएको छ। प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मङ्गलबार उहाँलाई नियुक्त गर्नुभएको हो।
कक्षा १२ को नतिजामा सुधार
कक्षा १२ को नतिजामा गत वर्षको तुलनामा झिनो सुधार देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले मङ्गलबार सार्वजनिक गरेको नतिजा अनुसार ५०.९१ प्रतिशत परीक्षार्थी सफल भएका छन् । परीक्षामा स्तरीकरण नभएका (असफल) परीक्षार्थी ४९.०९ प्रतिशत छन् । सैद्धान्तिक र प्रयोगात्मक दुवै खण्डमा न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउने परीक्षार्थीलाई मात्र सफल अर्थात् ग्रेडेड समूहमा राखिन्छ । दुवै खण्डमा ३५ प्रतिशत अङ्क ल्याउन नसक्ने परीक्षार्थीलाई असफल अर्थात् ननग्रेडेड भएको मानिन्छ ।
कक्षा १२ मा ५०.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण
गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको छ ।
केहीबेरमा कक्षा १२ को नतिजा सार्वजनिक हुँदै
गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाफल प्रकाशनका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक सुरु भएको छ ।
कक्षा १२ को नतिजा प्रकाशन गर्न परीक्षा बोर्डको बैठक बस्दै
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा प्रकाशन गर्न बैठक बोलाएको छ । कक्षा १२ को नतिजा प्रकाशन गर्न आज (मङ्गलबार) साँझ ५ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्न लागेको हो ।
कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्ने तयारी
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
पोखराबाट ‘स्कुल ड्रेस’मा एकैदिन हराए तीन बालिका
पोखरामा घरबाट विद्यालय हिँडेका तीन बालिका बेपत्ता भएका छन् । गत साउन १९ गते विद्यालय जान्छु भनी हिँडेका बालिका हराए भएपछि परिवारले खोजीका लागि हारगुहार गरेका छन् ।