• ३ असार २०८२, मङ्गलबार

नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध

blog

मुग्लिन (चितवन), असार ३  गते । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध बनेको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार आज मध्याह्न १२ बजे इच्छाकामना गाउँपालिका–६ तुइनखोलामा सुक्खा पहिरो खसेर सडक अवरुद्ध बनेको हो । 

उहाँका अनुसार अहिले सडक विभागको मेसिन प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ । पहिरो हटाउन दुई घण्टाभन्दा बढी लाग्न सक्ने प्रहरी निरीक्षक सिंहको भनाइ छ ।  रासस