• ११ मंसिर २०८१, मङ्गलबार

एसईईको नतिजा ३ बजेपछि प्रकाशन गर्ने तयारी

blog

काठमाडौं, असार २१ गते । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज दिउँसो ३ बजेपछि प्रकाशन गर्ने तयारी गरेको छ । एसईईको नतिजा प्रकाशनका लागि केही समय अघिबाट बोर्ड बैठक सुरु भएको छ । बैठकले बिहीबार दिउँसो ३ बजेसम्म नतिजा प्रकाशन गर्ने तयारी गरेको हो ।

बोर्डको कार्यालयमा एसईईको नतिजा सार्वजनिक गर्ने विषयमा बैठक बसिरहेको राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० तर्फका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिनुभयो ।  उहाँका अनुसार बैठक समापन पश्चात् पत्रकार सम्मेलन गरेर नतिजा प्रकाशन गर्ने तयारी रहेको छ ।

परीक्षा नियन्त्रक श्रेष्ठले भन्नुभयो, ‘‘एसईईको सन्दर्भमा अहिले बोर्ड बैठक जारी छ । बैठक समापन पश्चात् ३ बजे पत्रकार सम्मेलन गरी नतिजा सार्वजनिक गर्ने तयारी छ ।’’

गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए । यसअघि सोमबार बसेको बोर्ड बैठकले गत वर्षकै निर्णयको आधारमा यसपालि पनि पुरानै निर्देशिकाअनुसार नतिजा प्रकाशन गर्ने निष्कर्ष निकालेको छ ।

गत वर्ष लेटर ग्रेडिङ निर्देशिका–२०७८ कार्यविधि लागू भए पनि २०७२ अनुसार नै नतिजा प्रकाशित गरिएको थियो ।

यो पनि पढ्नुहोस

एसईईको नतिजा प्रकाशनका लागि १ बजे बोर्ड बैठक बस्दै

आज एसईईको नतिजा सार्वजनिक हुँदै

राष्ट्रिय परीक्षा बोर्डको बैठक आज नबस्ने

एसइईको नतिजा आज साँझ वा भोलिसम्म आउने