• १५ वैशाख २०८१, शनिबार

कपिलवस्तुका दुई पालिकामा विद्यालय बन्द

blog

नारद कोहार
तौलिहवा, जेठ २० गते ।
 अत्यधिक गर्मी बढेसँगै कपिलवस्तुको जनजीवन प्रभावित भएको छ । त्यसको प्रत्यक्ष असर सबैभन्दा बढी विद्यालयमा परेको छ । गर्मीका कारण पठनपाठन गर्न समस्या भएपछि कपिलवस्तुका दुई पालिकाले सामुदायिक तथा निजी विद्यालय बन्द भएका छन् ।

कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्यालका अनुसार तराई क्षेत्रमा केही दिनदेखि बढ्दै गएको अत्यधिक गर्मीका कारण विद्यालयहरूमा पठनपाठनका क्रियाकलाप सञ्चालन गर्न कठिनाइ उत्पन्न भएकाले पाँच दिनका लागि गर्मी बिदा दिइएको बताउनुभयो । नगरपालिका भित्र जेठ २२ गतेदेखि जेठ २६ गतेसम्म सम्पूर्ण विद्यालयहरूमा गर्मी बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताउनुभयो ।

त्यस्तै, बाणगंगा नगरपालिकाका शाखा अधिकृत खिमबहादुर जिसीका अनुसार नगरभित्रका सामुदायिक तथा निजी विद्यालय बन्द छ दिनका लागि बन्द गर्ने निर्णय गरेको बताउनुभयो । नगरभित्र जेठ २२ गतेदेखि जेठ २८ गतेसम्म बिदा दिइएको उहाँको भनाइ छ ।

कपिलवस्तु अस्पतालका सूचना अधिकारी रत्नाकर शुक्लाका अनुसार अस्पतालमा झाडा पखला, उच्च ज्वरोका बिरामीहरू आउने गरेको बताउनुभयो । यहाँका सर्वसाधारणहरू अत्यावश्यक कामबाहेक घर बाहिर निस्किन छाडेका छन् । गर्मीबाट बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।