मधेश प्रदेशको बजेट भाषण
जनकपुर, असार १ गते । मधेश प्रदेश सभाको बजेट भाषण सुरु भएको छ । आर्थिक वर्ष २०७९/८० को आय र व्ययको विवरण पेश गर्नुहुँदै मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह । संवैधानिक प्रावधान अनुसार अर्थमन्त्री साहले बुधबार प्रदेशको बजेट प्रस्तुत गर्नुभएको हो ।
कर्णाली प्रदेशको बजेट भाषण
कर्णाली प्रदेश सभाको बजेट भाषण सुरु भएको छ ।
यस्तो थियो सात वटै प्रदेश सरकारको चालु आवको बजेट
सङ्घीय सरकारले जेठ १५ गते नै बजेट प्रस्तुत गरिसकेको छ भने संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले आज बजेट प्रस्तुत गर्न लागेका हुन् ।
दुई अर्ब छैसट्ठी करोड बचत
रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट दुई अर्ब ६६ करोड ५१ लाख ९३ हजार लिटर डिजेल आयात भएको छ । भारतको रक्सौलदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात गर्दा तीन वर्षको अवधिमा सो परिणाममा डिजेल आयात भएको हो ।
विपत् कोषमा छ अर्ब ७९ करोड
मनसुन सुरु भएसँगै बाढीपहिरो तथा डुबानबाट हुन सक्ने क्षतिको न्यूनीकरण तथा उद्धारमा तीनवटै सुरक्षाकर्मी परिचालन गरिने भएको छ । मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०७९ पारित भएसँगै नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल संयुक्त रूपमा विपत् क्षति न्यूनीकरण, उद्धार तथा राहतमा खटिने भएका हुन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगामी वर्षायाममा बाढीपहिरो तथा डुबानबाट चार लाख २१ हजार घरधुरीका क
रकम भुक्तानी भए पनि आएन जग्गाको स्वामित्व
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अर्थ मन्त्रालयबाट खरिद गरेको चोभार स्थित कृषि चुन उद्योगको जग्गाको सम्पूर्ण रकम भुक्तानी गरे पनि हालसम्म स्वामित्व हस्तान्तरण भएको छैन । कृषि मन्त्रालयले चोभारस्थित २३ रोपनी एक आना जग्गा खरिद गरेको छ ।
कर छली ल्याएका सामानको प्रज्ञापनपत्र पनि नक्कली
पूर्वी नाका काँकडभिट्टाबाट भन्सार राजस्व नतिरी नेपाल भित्रिएका तीनवटा भारतीय नम्बरका मालवाहक ट्रकमा ल्याइएको सामानको प्रज्ञापनपत्र नै रहेको पुष्टि भएको छ । केही दिनअघि पूर्वी नाका काँकडभिट्टा हुँदै भित्रिएका तीनवटा ट्रक विषेश सूचनाका आधारमा राजस्व टोलीले नियन्त्रणमा लिई सूक्ष्म अनुसन्धान गर्दा प्रज्ञापनपत्र नक्कली भएको पुष्टि भएको हो । भन्सार राजस्व नतिरी आलुलगायतका तरकारी र विभिन्न जातका बिरुवा बोकेर नेपाल भित्रिएका ट्रक राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।
मस्याङ्दी जलविद्युत केन्द्रको बाँधबाट १८ घर परिवार प्रभावित
वर्षायामसँगै मस्याङ्दी जलविद्युत केन्द्रको बाँध पानीको सतह धेरै हुँदा १८ घर परिवार प्रभावित भएका छन्।
नेप्से परिसूचकको पहिरो रोकिएन
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३६.०८ अङ्कले ओरालो लागेर एक हजार ९९६.२५ मा ओर्लिएको छ ।