बुटवलमा चिया प्रदर्शनी
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २५औँ राष्ट्रिय चिया दिवसको उपलक्ष्यमा बृहत् राष्ट्रिय चिया प्रदर्शनी तथा टी टेस्टिङ कार्यक्रमको आयोजना गर्ने भएको छ । ‘स्वदेशमा उत्पादित चिया पिउने गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ मूल नाराका साथ सो कार्यक्रम मनाउन लागिएको बोर्डका निर्देशक दीपक खनालले बताउनुभयो । उक्त प्रदर्शनी तथा टी टेस्टिङ ३ र ४ गते हुने जनाइएको छ ।
चार वर्षको खर्च एक तिहाइ मात्रै
विश्व बैङ्कले दूध र मासुमा उत्पादनमा करिब सात अर्ब रुपियाँ (पाँच करोड ५० लाख अमेरिकी डलर) लगानी गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत सहुलियत ऋण सहयोगमा सो लगानी गरेको हो ।
औद्योगिक प्रदर्शनी सफल बनाउन सहयोग प्रस्ताव
चितवन उद्योग संघले सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई सफल बनाउन सातवटै प्रदेशसँग सहयोग प्रस्ताव पेश गरेको छ । दिगो आर्थिक विकासका लागि औद्योगिक प्रवर्धन भन्ने नारासहित चितवन उद्योग संघको आयोजनामा आगामी पुस १, २ र ३ गते आयोजना हुने प्रदर्शनीलाई सफल बनाउन प्रस्ताव पेश गरेको हो ।
राज्यले गर्न नसकेको काम सहकारीले गरेको छ : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले राज्यले गर्न नसकेको काम सहकारीले गरेको बताउनुभएको छ।
राष्ट्रिय उत्पादनमा सात प्रतिशत योगदान
कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा सुदूरपश्चिम प्रदेशको योगदान ७ प्रतिशत रहेको छ । आव २०७७/७८ मा राष्ट्रिय उत्पादनमा यस प्रदेशको योगदान ७ प्रतिशत रहेकामा चालू आर्थिक वर्षमा पनि त्यति नै रहने अनुमान छ ।
कर्जा र निक्षेप वृद्धिदर घट्यो
चालू आर्थिक वर्षको १० महिनामा कुल आन्तरिक कर्जाको वृद्धिदरमा पनि कमी आएको छ । समीक्षा अवधिमा कुल आन्तरिक कर्जा ११.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १९.४ प्रतिशतले बढेको थियो ।
श्रमिकको अभाव भएपछि चियाको गुणस्तरमा समस्या
चियाले व्यावसायिक उत्पादन दिन थालेपछि आर्थिक रूपमा उक्सिएका पूर्वका चिया किसानलाई श्रमिक अभाव हुँदा समस्या भएको छ । इलाम, पाँचथर, धनकुटा, तेह्रथुमलगायतका जिल्लामा मुख्य नगदेबालीजस्तै भएको चियालाई हातले टिपाइ गर्न नसक्दा यसको गुणस्तर खस्कने हुँदा समस्या भएको किसान बताउँछन् । दुई–चार रोपनी जमिनमा लगाइएको चिया हातैले टिप्न सम्भव भए पनि १० रोपनीभन्दा बढी जमिनमा लगाइएको चिया टिप्न भने मेसिनकै प्रयोग गर्नुपर्ने बाध्यता आएको किसानको भनाइ छ ।
आँपमा रोग देखिएपछि कृषक चिन्तित
सप्तरी क्षेत्रमा रहेका आँप अज्ञात रोगको प्रकोपका कारण कुहिन थालेपछि कृषक चिन्तित भएका छन् । कल्याणपुर, कुसहा, सीतापुर, रूपनगर, रूपनी, बर्साइन, कठौनालगायत सप्तरीका सीमावर्ती गाउँमा फलेका आँपमा यस्तो समस्या देखिएको छ ।
कर्णालीको प्रतिव्यक्ति आय ९६४ डलर
चालू आर्थिक वर्ष कर्णाली प्रदेशमा प्रतिव्यक्ति आयमा वद्धि भएको छ । शनिबार कर्णाली प्रदेश सभा बैठकमा पेस भएको आर्थिक सर्वेक्षण २०७८/७९ मा प्रतिव्यक्ति आय ९६४ अमेरिकी डलर पुग्ने अनुमान आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले बताउनुभयो ।