कृषि र उद्योगलाई प्राथमिकता
प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बुधबार अपराह्न अघिल्लो वर्षको तुलनामा झन्डै सात अर्ब रुपियाँले ठूलो बजेट प्रस्तुत गर्नुभएको हो ।
अघिल्लो बजेटभन्दा करिब डेढ अर्ब बढी
लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले आर्थिक वर्ष २०७९/८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट प्रस्तुत गर्नुभएको छ ।प्रदेश सभाको बुधबार भएको बैठकमा आर्थिक मामिला तथा सहकारीमन्त्री खड्काले चालूतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभयो । यो कुल बजेटको ३१ दशमलव २६ प्रतिशत रहेको छ ।
३२ अर्ब ६१ करोडको बजेट
कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि ३२ अर्ब ६१ करोडको बजेट ल्याएको छ । यो बजेट चालू आर्थिक वर्ष २०७८÷७९ को बजेटभन्दा चार अर्बले कम छ । बुधबार आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले प्रदेश सभाको बैठकमा आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गर्नुभएका बजेट वक्तव्यमा चालूतर्फ नौ अर्ब १६ करोड ९९ लाख १० हजार रुपियाँ (२८.११ प्रतिशत) र पुँजीगततर्फ १९ अर्ब ४३ करोड पाँच लाख २४ हजार (५९.५८ प्रतिशत)को बजेट उल्लेख छ ।
स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकता
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपियाँ बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावलले आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट बुधबार प्रदेश सभामा प्रस्तुत गर्नुभयो । सरकारले कुल बजेटमध्ये चालूतर्फ १२ अर्ब २९ करोड ५९ लाख ८४ हजार (३३.४६ प्रतिशत) र पुँजीगततर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार रुपियाँ (६५.७४ प्रतिशत) बजेट विनियोजन गरेको छ ।
प्रदेशले ल्याए तीन खर्बको बजेट
प्रदेशको अर्थतन्त्र प्रवद्र्धन तथा उत्पादकत्व वृद्धिलाई प्राथमिकतामा राख्दै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका छन् । सम्बन्धित प्रदेशका अर्थमन्त्रीले आआफ्नो प्रदेश सभामा बुधबार आव २०७९/८० का लागि तीन खर्ब पाँच अर्ब ४६ करोड २६ लाख रुपियाँको बजेट प्रस्तुत गर्नुभएको हो । यो बजेट चालू आर्थिक वर्षको तुलनामा ४४ अर्ब ४६ करोड रुपियाँले बढी हो । चालू आर्थिक वर्षमा सबै प्रदेशको कुल बजेट दुई खर्ब ६१ अर्ब रुपियाँ बजेट प्रस्तुत गरेका थिए ।
विकासमा युवा उद्यमीको सहकार्य आवश्यक : प्रमुख दाहाल
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको विकासमा युवा उद्यमीसँग सहकार्य गर्न तयार रहेको बताउनुभएको छ । नेपाली युवा उद्यमी मञ्च चितवन शाखाले बुधबार भरतपुरमा आयोजना गरेको उद्यमशिलतासम्बन्धी अन्तरक्रिया कार्यक्रममा मेयर दाहालले उर्जावान युवा उद्यमीसँग सहकार्य गरेर जाने बताउनुभयो ।
लुम्बिनी प्रदेशको बजेट भाषण (प्रत्यक्ष प्रसारण)
काठमाडौं, असार १ गते । लुम्बिनी प्रदेश सभाको बजेट भाषण सुरु भएको छ । आर्थिक वर्ष २०७९/८० को आय र व्ययको विवरण पेश गर्नुहुँदै लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्का:
गण्डकी प्रदेशको बजेट भाषण
पोखरा, असार १ गते । गण्डकी प्रदेशको बजेट भाषण सुरु भएको छ । आर्थिक वर्ष २०७९/८० को आय र व्ययको विवरण पेश गर्नुहुँदै गण्डकी प्रदेशका अर्थमन्त्री राजीप्रसाद बराल :
सुदूरपश्चिम प्रदेशको बजेट भाषण (प्रत्यक्ष प्रसारण)
धनगढी, असार १ गते । सुदूरपश्चिम प्रदेशको बजेट भाषण सुरु भएको छ । आर्थिक वर्ष २०७९/८० को आय र व्ययको विवरण पेश गर्नुहुँदै सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावल :