चिनी अभाव नहुने
पछिल्लो समय भारत सरकारले चिनी निर्यातमा रोक लगाएसँगै नेपाली बजारमा चिनीको मूल्य बढ्न थालेको छ । पछिल्लो १५ दिनको अवधिमा किलोमै रु २० ले चिनीको मूल्य बढेको गुनासो आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी उद्योगीसँग छलफल गरेको छ ।
बुटवलमा राष्ट्रिय चिया प्रदर्शनी
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बुटवलमा शुक्रबारदेखि दुईदिने राष्ट्रिय चिया प्रदर्शनी गर्ने भएको छ । ‘स्वदेशमा उत्पादित चियाको सेवन गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ भन्ने मूल नाराका साथ नेपालमा उत्पादित चियाको देशभित्रै खपत बढाउने र चियाका फाइदाको विषयमा जानकारी दिने, सही चियाको सही रूपमा सेवन गर्न चिया संस्कृतिको विकास गर्ने उद्देश्यले राष्ट्रिय चिया प्रदर्शनी तथा टी टेस्टिङ कार्यक्रम आयोजना गर्न लागिएको हो ।
नेपाल बैङ्कको एपमा डाटा शुल्क नलाग्ने
नेपाल बैङ्क लिमिटेडले मोबाइल बैङ्किङ एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने व्यवस्था गरेको छ । नेपाल बैङ्कमा खाता भएका र नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्ने ग्राहकलाई सो सुविधा दिने गरी बुधबार बैङ्क र नेपाल टेलिकमबीच सम्झौता भएको हो ।
पाल्पामा दुई औद्योगिक ग्राम बन्दै
पाल्पा जिल्लाका दुई नगरपालिकाले औद्योगिक ग्राम निर्माणको कामलाई अगाडि बढाएका छन् । तानसेन र रामपुर नगरपालिकाले गत वर्षदेखि गुरुयोजना निर्माण गरेर औद्योगिक ग्रामका लागि आवश्यक पूर्वाधार निर्माणको कामलाई अगाडि बढाएका हुन् ।
‘बजेट व्यवस्थित ढंगले कार्यान्वयन हुन्छ’
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेट व्यवस्थित ढङ्गले कार्यान्वयन हुने आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावलले बताउनु भएको छ।
बजेट निर्माणका क्रममा राष्ट्रघात भएको छैन : अर्थमन्त्री
अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा कुनै पनि राष्ट्रघात नभएको स्पष्ट पार्नुभएको छ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.५७ अङ्कले वृद्धि भई एक हजार ९७८.९४ मा पुगेको छ ।
पूर्वाधार, स्वास्थ्य र कृषि प्राथमिकतामा
मधेश प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि बुधबार बसेको प्रदेश सभाको बैठकमा ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजारको बजेट प्रस्तुत गर्नुभएको छ ।
पूर्वाधार केन्द्रित बजेट
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि पूर्वाधार विस्तार केन्द्रित बजेट ल्याएको छ । कुल ३५ अर्ब ९० करोड ९० लाख रुपियाँको बजेटमध्ये प्रदेश गौरवका सडक र पुलका पूर्वाधार निर्माणको लागि मात्रै १० अर्ब विनियोजन गरिएकोे छ । सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले बुधबार प्रदेश सभामा पेस गर्नुभएको बजेट वक्तव्यमा शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रका पूर्वाधार विस्तारमा ठूलो रकम खर्चने उल्लेख गरिएको छ ।