पुगेन नेपालको पहल
नेपालले बासमती धानका लागि ‘भौगोलिक सङ्केत अधिकार’ दाबी गर्दै प्रमाण युरोपेली सङ्घलाई पठाएको एक वर्षभन्दा बढी समय बिते पनि त्यसबारे अझै निर्णय हुन सकेको छैन । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले २०७७ मङ्सिरमा १३ बुँदे दाबीसहित ८० वटा प्रमाण युरोपेली सङ्घलाई पठाएर बासमती धानको भौगोलिक सङ्केत अधिकार आफ्नो रहेको दाबी गरेको छ ।
ल्याउन थाले स्थानीय तहले बजेट
स्थानीय तहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट गाउँ÷नगर सभामा पेस गर्ने क्रम सुरु भइसकेको छ । कतिपय स्थानीय तहले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट आ–आफ्नो सभामा पेस गरिसकेका छन् भने केहीले नीति तथा कार्यक्रम पेस गरेका छन् । धेरैजसो स्थानीय तहले शुक्रबार आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट एकै पटक सभामा पेस गर्दै छन् ।
सफ्टवेयर प्रणाली ‘सुत्र’ हस्तान्तरण
स्थानीय तहको वित्तीय तथ्याङ्क व्यवस्थापन गर्ने ‘स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र)’को सम्पूर्ण स्वामित्व नेपालले प्राप्त गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै बेलायत सरकारले उक्त सफ्टवेयर प्रणाली नेपाललाई हस्तान्तरण गरेको हो । नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले महालेखा नियन्त्रक सुमनराज अर्याललाई औपचारिक रूपमा सुत्र हस्तान्तरण गर्नुभएको हो ।
वैदेशिक रोजगारीमा एजेन्टबाट ठगिने धेरै
वैदेशिक रोजगारीमा जाने युवा ठगिने गरेका छन् । वैदेशिक रोजगारीमा जाने क्रममा गाउँघरकै एजेन्टबाट ठगिने युवाको सङ्ख्या धेरै रहेको छ । यसबाहेक वैदेशिक रोजगार कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीबाट ठगिने गरेका छन् । वैदेशिक रोजागर विभागका अनुसार चालू आर्थिक वर्षको
घरेलु तथा साना उद्योग अर्थतन्त्रको मेरुदण्ड
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने, स्वदेशी वस्तुको प्रवद्र्धन गर्ने र निर्यात व्यापार बढाउनेतर्फ सरकार क्रियाशील रहेको बताउनुभएको छ । ‘खोजौँ नेपाली, रोजौँ नेपाली’ भन्ने मूल नाराका साथ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल घरेलु तथा साना उद्योग महासङ्घले संयुक्त रूपमा तयार गरेको ई–कमर्स वेबसाइट एमएसएमई डटकमको बिहीबार राजधानीमा शुभारम्भ गर्दै उहाँले सरकारले उत्पादन र निर्यात बढाउने नीति लिएको बताउनुभयो ।
आइपुग्यो थप तीन हजार मेट्रिक टन युरिया
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ६० हजार बोरा (तीन हजार मेट्रिक टन) युरिया मल ल्याएको छ । भारतको कोलकाता बन्दरगाह हुँदै ५० हजार बोरा वीरगञ्ज र १० हजार बोरा विराटनगर आइपुगेको साल्ट टे«डिङका विभागीय प्रबन्धक ब्रजेश झाले जानकारी दिनुभयो ।
वास्तविक किसानले राहत नपाएपछि अनुदान हटाएर प्रोत्साहनको नीति लियौँ : अर्थमन्त्री
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटबाट किसानलाई अनुदान दिने कार्यक्रम हटाएर प्रोत्साहन गर्ने नीति लिइएको जानकारी दिनुभएको छ।
दक्ष जनशक्ति भए रोजगार सिर्जना हुन्छ : ढकाल
नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष तथा सार्क चेम्बर अफ कमर्शका उपाध्यक्ष चण्डिराज ढकालले अहिले पनि नेपालमा दक्ष जनशक्ति नभएका कारण समस्या भइरहेको बताउनुभएको छ । दक्ष जनशक्ति उत्पादन गरेर स्वदेशमा रोजगार सिर्जना गर्न सकिने भन्दै उहाँले यसतर्फ तीनवटै तहको सरकार र नीजि क्षेत्रले साझेदार गर्नसक्ने बताउनुभयो ।
अरुण तेस्रो छाडेको २७ वर्षपछि विश्व बैंक माथिल्लो अरुणमा लगानी गर्न तयार
सरकारले अर्धजलाशययुक्त प्रकृतिको माथिल्लो अरुणलाई उच्च प्राथमिकतामा राखी अगाडि बढाउने भएको छ । सो आयोजनालाई सरकारले ‘गेम चेन्जर’ आयोजनाको रुपमा परिभाषित गरेको छ ।