बढ्दै छ विदेशी हवाई कम्पनीको चासो
कोरोना महामारीमा सबैभन्दा बढी क्षति भोगेको नेपाली उड्डयन क्षेत्र पुनः चलायमान भएसँगै विदेशी वायुसेवा कम्पनी नेपालमा उडान भर्न उत्साहित हुन थालेका छन् । पछिल्लो समय महामारीको असर कम भएलगत्तै पर्यटकीय गतिविधि बढेकाले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न चाहने विदेशी हवाई कम्पनीले चासो देखाउन थालेका छन् ।
नेप्से परिसूचक ७४.९३ अङ्कले वृद्धि
शेयर बजार मापक नेप्से परिसूचक बिहीवार उच्च अङ्कले वृद्धि भएको छ । साताको आइतवार उच्च अङ्कले बढेको नेप्से पछिल्लो तीन दिन भारी अङ्कले गिरावट भएको थियो । तर, बिहीवार भने नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएर परिसूचक दुई हजार बिन्दुमाथि पुगेको छ ।
ऊर्जामन्त्री भुसालको सक्रिय पहलपछि प्राप्त भयो ‘महाकालीको पानी’
महाकाली सन्धि भएपछि पश्चिम नेपालको विकास निर्माणले गति लिन्छ भन्ने सोच हालसम्म पनि पूरा हुनसकेको छैन । यद्यपि, सन्धि भएको अढाइ दशकपछि महाकाली सिँचाइ आयोजनाले वर्षाको समयमा पानी पाएको छ ।
घट्यो सुनको मूल्य
सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपियाँले घटेर ९७ हजार पाँच सय रुपियाँ कायम भएको छ ।
बजार अनुगमन गर्न एकीकृत योजना
सरकारले बजारमा बढ्दो महँगी र कालोबजारी नियन्त्रण गर्न सबै सरोकारवाला निकायसहितको एकीकृत योजना सार्वजनिक गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा बढ्दो महँगी नियन्त्रण गर्न एक्लो विभागको सीमित जनशक्तिबाट मात्रै सम्भव नहुने भएकाले सम्पूर्ण सरोकारवाला निकाय जिम्मेवार भएर अहिलेको अवस्थालाई सुधार गर्ने उद्देश्यले एकीकृत योजना सार्वजनिक गरेको हो ।
आर्थिक अनुशासनमा ध्यान दिन आग्रह
प्रत्येक वर्ष बेरुजु बढिरहेकाले वित्तीय अनुशासनका लागि त्यसको फस्र्योट हुनुपर्नेमा जोड दिइएको छ । महालेखा परीक्षकको कार्यालयको ६४औँ वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा बढ्दो बेरुजु राज्यको वित्तीय स्वास्थ्यका लागि समस्या हुने भएकाले त्यसको फस्र्योटमा सरोकारवाला सबै निकाय गम्भीर हुनुपर्नेमा जोड दिइएको हो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले बेरुजु फस्र्योटलाई अभियानकै रूपमा लैजानुपर्ने सुझाव दिनुभयो । “आगामी आर्थिक वर्षदेखि बेरुजु नहुने गरी आर्थिक अनुशासनमा सबैको ध्यान जानुपर्छ,” उहाँले भन्नुभयो ।
२१ वर्षपछि ६६० भन्सार एजेन्ट छनाैट (नामावली सहित)
भन्सार विभागले २१ वर्षपछि पहिलो पटक ६६० जना भन्सार एजेन्ट नियुक्ती गरेको छ । लिखितमा उर्तिण भएका आवेदकलाई अन्र्तवार्ताबाट उर्तिण गराएर विहीबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी ६६० जनालाई नियक्ती गरेको विभागले जनाएको छ ।
धानका लागि तेह्र अर्ब लगानी गर्ने लक्ष्य
‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ मूल नाराका साथ बुधबार देशभर १९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ । मुलुकभर कतै प्रदेश सरकार त कतै स्थानीय सरकार तथा सङ्घसंस्थाको आयोजनामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमसहित राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको हो ।कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवको उपस्थितिमा कृषि अनुसन्धान परिषद् (नार्क)को अनुसन्धान केन्द्र खुमलटार (ललितपुर)मा धान दिवस तथा रोपाइँ महोत्सव मनाइयो । सो अवसरमा कृषिमन्त्री यादवले मेसिनबाट धान रोप्नुभएको थियो ।
उद्योग विभागका सबै सेवा अनलाइनबाट
नयाँ उद्योग दर्ता, नवीकरण, स्वदेशी विदेशी लगानी स्वीकृत अब अनलाइनबाट हुने भएको छ । उद्योग विभागले बुधबारदेखि सबै सेवा अनलाइनमार्फत सुरु गर्नेगरी सफ्टवेयर सार्वजनिक गरेको हो । विभागलाई ‘डिजिटलाइजेसन’मा लैजाने प्रक्रियाअन्तर्गत ‘इन्डस्ट्री म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (आईएमआईएस) सफ्टवेयर सार्वजनिक गरिएको हो ।