सुनको मूल्य प्रतितोला पाँच सयले बढ्यो
काठमाडौं, वैशाख ५ गते । सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला पाँच सयले बढेर एक लाख दुई हजार पाँच सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक लाख दुई हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख एक हजार पाँच सय थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर एक हजार ४२० पुगेको महासङ्घले जनाएको छ ।बजारमा सुनचाँदीका आयातमा बैंकहरुले एलसी नखोलेपछी यसको प्रत्यक्ष प्रभाव देखिएको छ । विवाहको मौसम सुरु भएकाले सुन तथा चाँदीका माग बढ्ने हुँदा सरकारले यसको वैकल्पिक उपायमा ध्यान दिन व्यवसायीहरुले माग गरेका छन् । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९८५ डलर आसपास कारोबार भइरहेको छ ।
बिम्स्टेक बैठक : प्राथमिकतामा ऊर्जा
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को ऊर्जामन्त्रीस्तरीय बैठकमा विद्युत् सञ्जाल विस्तारका लागि प्राविधिक तथा नीतिगत समन्वय क्षमता विस्तारबारे छलफल हुने भएको छ । बुधबार र बिहीबार हुने ऊर्जामन्त्रीस्तरीय बैठक भर्चुअल रूपमा नेपालले आयोजना गर्नेछ । बिम्स्टेकमा बङ्गलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलङ्का र थाइल्यान्ड सदस्य छन् । यस पटकका लागि बिम्स्टेक क्षेत्रमा विद्युत् प्रसारण लाइन सञ्जालको एकीकृत योजना निर्माण, विद्युत्को व्यापार सहजीकरण र भारतको बैङ्ग्लोरमा स्थापना गर्ने भनिएको बिम्स्टेक ऊर्जा केन्द्रको विषय मुख्य एजेन्डा रहेका छन् ।
कर्णाली दोभानमा पर्यावरणीय पार्क
हुुम्ला समाचारदाताहुुम्ला, वैशाख ५ गते । पवित्र धार्मिकस्थल कर्णाली नदीको दोभान रहेको खार्पुनाथ शिवालयमा पर्यावरणीय पार्क निर्माणको कामले तीव्रता पाएको छ । कर्णाली नदी र दोजाम कर्णालीको दोभानमा रहेको टापुुमा पर्यावणीय पार्क निर्माण भइरहेको हो । पार्क निर्माणले टापुुको संरक्षणका साथै पर्यटन क्षेत्रको प्रवद्र्धनमा समेत सहयोग पुुग्ने अपेक्षा गरिएको छ । अहिले दुुवै नदीको किनारामा ग्याबिन जाली लगाएर टापुको संरक्षण काम भइरहेको छ । टापुुमा पर्यटकहरू बस्न र रमाउन पार्क निर्माणका साथै मध्यक्षेत्रमा शिव मन्दिर पनि निर्माण गरिने योजना रहेको छ । यसअघि दुुवैतिरको नदीको कटानले टापुु जोखिममा रहेको थियो । सिमकोटबाट नजिक रहेको शिवालयमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सक्ने सम्भावना रहेकाले पार्क निर्माण गर्न लागिएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताउनुभयो । उहाँले पार्क निर्माणका लागि प्रदेश सरकारले सवा चार करोड रुपियाँ आर्थिक सहयोग गरेको जानकारी दिनुभयो । पार्कमा धार्मिक पर्यटकका लागि मन्दिर दर्शन, प्राकृतिक रूपमा आउने तातो पानीमा नुहाउने सुविधाका साथै थप मनोरञ्जन प्रदान गर्नका पार्क सहयोगी हुने उहाँको दाबी छ । गत भदौमा पर्यावरणीय पार्क निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो । हालसम्म ३५ प्रतिशत काम सम्पन्न भएको छ । तीन वर्षसम्म सम्पन्न गर्ने गरी पार्क निर्माणको योजना सम्झौता भए पनि आगामी फागुनसम्म काम सम्पन्न गर्ने निर्माण कम्पनी पक्षले जनाएको छ । खार्पुनाथ शिवालयबाट टापुुमा जानका लागि यसअघि नै ट्रसब्रिज निर्माण गरिसकिएको छ । हाल खार्पुमा दैनिक ५० जनाभन्दा बढी आन्तरिक पर्यटकहरू भित्रिने गरेका छन् भने बाह्य पर्यटकहरू पनि बढ्ने अपेक्षा गरिएको छ ।
श्रीलङ्का सङ्कटको पाठ
केही दिनयता नेपाली अखबार श्रीलङ्का सङ्कटमाथिका व्यापक चर्चा÷परिचर्चाले भरिएका छन् । श्रीलङ्का केही दशकअघिसम्म दक्षिण एसियाको सबैभन्दा समुन्नत र बलियो अर्थव्यवस्थामा गनिन्थ्यो । सन् २००३ देखि २०१२ सम्म लगातर लगभग सात प्रतिशतको आर्थिक वृद्धिदर कायम थियो ।
किसानद्वारा चिनी निर्यातमा रोक
सर्लाही समाचारदातासर्लाही, वैशाख ५ गते । सर्लाहीका उखु किसानले गोडैता नगरपालिकास्थित महालक्ष्मी चिनी उद्योग बगदहबाट चिनी निकासीमा रोक लगाएका छन् । उद्योगलाई दुई महिनाअघि बिक्री गरेको उखुको पैसा नदिएको तर चिनी भने बजारमा लगेर बिक्री गरिरहेको भन्दै किसानले चिनी निर्यातमा रोक लगाएका हुन् । आफूले बेचेको उखुको पैसा भुक्तानी नगरेसम्म उद्योगको उत्पादन बाहिर लान नदिने किसानको अडान छ । चिनी उद्योगले काठमाडौँ लाग्नका लागि लोड गरिएको ट्रक किसानले रोकेपछि सो चिनी पुनः गोदाममै राखिएको छ । उखु किसान रामदिनेश यादवले सम्झौताअनुसार उखुको भुक्तानी नदिएपछि चिनी उद्योगविरुद्ध आन्दोलनमा उत्रनु परेको बताउनुभयो । उद्योगले चिनी खुरुखुरु बिक्री गरिरहेको तर किसानको रकम भुक्तानी गरेको छैन । किसानले उद्योगबाट १८ लाख रुपियाँ भुक्तानी लिन बाँकी रहेको बताएका छन् । महालक्ष्मी चिनी उद्योगका सञ्चालक वीरेन्द्र कनौडियाले ९० प्रतिशत किसानको भुक्तानी गरिसकेको र बाँकी किसानलाई भने क्रमैसँग भुक्तानी गर्ने बताउनुभएको छ । उद्योगपति कनौडियाले किसानको नाममा केही दलाल प्रवृत्तिका व्यक्तिले उद्योगमा आएर अनावश्यक दुःख दिइरहेको गुनासो गर्नुभयो । सर्लाहीका तीनवटा चिनी उद्योगमध्ये यो वर्ष इन्दुशङ्कर चिनी उद्योग हरिवन र अन्नपूर्ण चिनी उद्योग धनकौलबाट भुक्तानीबारे यो वर्ष गुनासो आएको छैन । उखु किसानले यो वर्ष पनि सरकारी अनुदान रकम भने अझै नपाएको गुनासो गरेका छन् । उद्योगी र सरकार दुवै पक्षबाट बेलैमा भुक्तानी नपाउँदा उखु किसान आजित भइरहेका छन् ।
पूरा हुने भयो विद्युत् आयोजना
दैलेख समाचारदातादैलेख, वैशाख ५ गते । लगानी अभावका कारण नौ वर्षदेखि अलपत्र रहेको दैलेखको अपर पराजुली साना जलविद्युत् आयोजनाको निर्माणले अब गति लिने भएको छ । कर्णाली प्रदेश सरकारले जनताको जलविद्युत् (सञ्चालन र व्यवस्थापन) कार्यविधि २०७५ का आधारमा पाँच करोड रुपियाँ लगानी गर्ने भएपछि यो आयोजनाको निर्माण अगाडि बढ्ने भएको हो । यसबाहेक प्रदेश सरकारले सात करोड रुपियाँ पनि जुटाइदिने भएको आयोजना कार्यालयले जानकारी दिएको छ ।निजी क्षेत्रको लगानी रहेको यो आयोजनामा डुङ्गेश्वर गाउँपालिकाको २५ लाख रुपियाँ खर्च भएको छ । सो गाउँपालिकाका अध्यक्ष नगेन्द्र मल्लले आव २०६७÷७७ मा अपर पराजुली साना जलविद्युत् आयोजना निर्माणका लागि सेयरबापत २५ लाख रुपियाँ भुक्तानी दिएको बताउनुभयो । यो आयोजनालाई एभरेस्ट बैङ्क, सिद्धार्थ बैङ्क र मेगा बैङ्कको ७० प्रतिशत र लगानीकर्ताको ३० प्रतिशत गरी ५५ करोड रुपियाँको लागतमा निर्माण सुरु गरिएको थियो । दैलेखको डुङ्गेश्वर गाउँपालिका–४, ब्युराखेतमा निर्माण भइरहेको २.१५ मेगावाट जलविद्युत् आयोजनाको ८० प्रतिशत काम पूरा भए पनि आर्थिक अभावका कारण आयोजना सम्पन्न हुन सकेको थिएन । २०७२ देखि निर्माण कार्य सुरु भएको यो आयोजनाको हेडवक्र्स, पाइपलाइन बिछ्याउने, विद्युत्गृह निर्माणलगायतका काम करिब आधाभन्दा कम नै भएको छ । आयोजनाको नौ सय मिटर क्यानल निर्माण गरिएको छ । एक हजार ४४० मिटर पाइपलाइन, दुई हजार सात सय मिटर कुलो गरी चार किलोमिटर टाढाबाट पानी ल्याई टर्वाइनमा झारेर विद्युत् उत्पादन हुनेछ । लगानी स्रोत जुटाउन नसकेपछि आयोजनाको कामले गति लिन सकेको थिएन ।सो आयोजनाको प्रवद्र्धक रारा हाइड्रोपावरका अध्यक्ष नरसिंह मल्लले यो आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने पूर्वाधार नहुँदा आयोजनाको काम पछाडि परेको बताउनुभयो ।
नयाँ वर्षको पहिलो कारोबार : ओरालो यात्रामा नेप्से
काठमाडौं, वैशाख ४ गते। धितोपत्र बजार शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार झन्डै ३० अङ्कले ओरालो लागेको छ। नयाँ वर्षको पहिलो कारोबार सकारात्मक हुने अनुमान विपरीत नेप्से परिसूचकमा गिरावट देखिएको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २९.६० अङ्कले ओरालो लागेर दुई हजार ३८५.६४ मा ओर्लिएको हो। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.१२ अङ्कले ओरालो लागेर ४५०.९७ मा ओर्लेको छ।नेप्से परिसूचकको ओरालो यात्रासँगै कारोबार रकमसमेत घटेको छ। कूल २३३ कम्पनीको ३४ लाख सात हजार २७२ कित्ता शेयर एक अर्ब ४४ करोड सात लाख २३ हजार १८२ मूल्यमा खरिद बिक्री भए। आजको कारोबारपछि बजार पूँजीकरण ३३ खर्ब ८४ अर्ब १२ करोड २८ लाख ६० हजारको हाराहारीमा सीमित भएको छ।नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ। बैंकिङ ८.८९, व्यापार ६।३९, होटल तथा पर्यटन ६३.२४, विकास बैंक ६६, जलविद्युत् ४२.८८, निर्जीवन बीमा १२०.६५, उत्पादन ८८.८, अन्य ३४.०१, लघुवित्त ४४.७४, जीवन बीमा २००.८७, सामूहिक लगानी कोष ०.०४ र लगानी १.५ अङ्कले ओरालो लागे।कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ। सो कम्पनीको चार करोड ९९ लाख ४७ हजार ३८१ बराबरको कारोबार भयो। यस्तै, अरुण भ्याली हाइड्रोपावर चार करोड ८६ लाख २५ हजार ३०४, ग्लोबल आइएमई बैंकको ऋणपत्र चार करोड २५ लाख ३५ हजार, हिमालयन डिस्टिलरी चार करोड एक लाख ३९ हजार ७९४ र नबिल बैंक तीन करोड ४९ लाख १७ हजार २७५ बराबरको कारोबार भएर शीर्ष पाँचभित्र पर्न सफल भए।नेप्सेका अनुसार नेष्डो समृद्धि लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो। जाल्पा सामुदायिक लघुवित्त ४.०३, सामुदायिक लघुवित्त ३.९८, उन्नति सहकार्य लघुवित्त ३.३३ र एनआइसी एसिया ब्यालेन्स फन्डका लगानीकर्ताले १.९९ प्रतिशतले कमाए। नेप्सेका अनुसार आज २४ कम्पनीको शेयर मूल्य मात्रै उकालो लागेको थियो।त्यस्तै, हिमालयन ऊर्जा विकास कम्पनीको शेयर मूल्य १० प्रतिशतले घट्दा नकारात्मक सर्किट लाग्यो। इमर्जिङ नेपाल ७.५८, राष्ट्र उत्थान लघुवित्त ६.०७, समालिङ पावर कम्पनी ५.६९ र नयाँ सारथी लघुवित्तका लगानीकर्ताले ५.४१ प्रतिशतले गुमाए।रासस
एक लाख १८ हजार मेट्रिकटन आलु उत्पादन
शिवशंङ्कर मिश्र बारा, वैशाख ४ गते । बारा जिल्लामा २०७८/०७९ सालमा एक लाख १८ हजार ७२० मेट्रिकटन आलु उत्पादन भएको छ । यसवर्ष कृषकहरुले विभिन्न जातका आलु कुल ७४२० हेक्टर क्षेत्रफलमा खेती गरी प्रति हेक्टर १६ मेट्रिकटनले कुल एक लाख१८ हजार ७२० मेट्रिकटन आलु उत्पादन गरेको कृषि ज्ञान केन्द्र बारा कलैयाका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो । कम लगानीमा बढी फाईदा हुने नगदे बाली उखुखेती र मत्स्यपालन व्यवसायतर्फ कृषकहरु बढी आकर्षक भएकाले गतवर्षको तुलनामा यसवर्ष आलुखेतीमा ३० हेक्टर क्षेत्रफलमा कमी भएको छ । विगत तीन वर्षदेखि लगातार २० देखि ३० हेक्टर क्षेत्रफल जग्गामा आलुको साट्टो अन्य नगदे बाली खेती हुँदै आएको उहाँले भन्नुभयो ।गतवर्ष २०७७/०७८ सालमा दुई अर्ब ८७ करोड ५९ लाख ५० हजार बराबरको एक लाख १९ हजार २ मेट्रिकटन आलु उत्पादन भएको थियो । ७४५० हेक्कटर क्षेत्रफलमा विभिन्न जातका आलु खेतीगरि १६ मेट्रिकटनले कुल एक लाख १९ हजार २०० मेट्रिकटन आलु उत्पादन गरेको थियो । यसैगरी, २०७६/०७७ मा ७४७० हेक्कटर क्षेत्रफलमा विभिन्न आलु खेतीबाट प्रति क्विन्टल १५ दशमलव ४ प्रतिशतले कुल एक लाख १५ हजार ३८ मेट्रिकटन आलु उत्पादन भएको थियो, ज्ञान केन्द्रका प्रमुख यादवले जानकारी दिनुभयोे ।जिल्लाको उचिडिह हरिहरपुर, गोलागंज, अमृतगंज, देवापुर, भगवानपुर, पिपरपाती, बरियारपुर, मटिअर्वा लगायतका जिल्लाका दक्षिणी भागमा आलुखेती हुँदै आएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवम् वाली विकास अधिकृत राजनारायण प्रसाद साहले बताउनुभयो ।
सहरबाट गाउँ फर्केर गाईपालन
उर्लाबारी, वैशाख ४ गते । औसत मानिसहरू सहरबाट गाउँ पस्दैनन् । शहरबाट गाउँ पसेर कृषिकर्म गर्नेहरूप्रति समाजको दृष्टिकोण सकारात्मक हुँदैन । तर लगनशील भएर काम गर्ने हो भने पैसा कमाउन शहर पस्नुपर्दैन भन्ने दरिलो उदाहरण बन्नुभएको मोरङको रतुवामाई- ५ परेवाखोपीका लीला श्रेष्ठ । श्रेष्ठले २०७० देखि २०७५ सम्म उर्लाबारीको स्कुलडाँडामा होटल सञ्चालन गर्नुभयो । होटल गज्जब चलेको थियो । ग्राहकको उच्च चाप थियो । पाँच वर्ष पूर्वपश्चिम राजमार्गसँगै जोडिएको उर्लाबारीको स्कुलडाँडामा होटल चलाउँदा श्रेष्ठको आम्दानी खातामा मात्र देखियो । हातमा पैसा छैन । त्यति हुँदा पनि श्रेष्ठ दम्पतीको होटल चलाउने धित मरेको थिएन । दैनिक सय लिटर दूध सहकारीमा बिक्री गरेर मासिक सरदर एक लाख ५० हजार रुपियाँसम्म आम्दानी गरी ६० हजार रुपियाँ मासिक खुद बचत गर्दै आएको श्रेष्ठले बताउनुभयो । चलिरहेको होटल बिक्री गरेर उहाँ गाउँ फर्किनुभयो र घरमै गाईपालन सुरु गर्नुभयो । २०७५ सालको मङ्सिरमा पाँच वटा गाई पालेर श्रेष्ठ अहिले नगरको नमुना गाई फर्म सञ्चालन गरिरहनुभएको छ । श्रेष्ठको खेमु गाई फर्ममा यतिबेला १५ वटा गाई छन् । जसमध्ये १२ वटा लैना छन् । दैनिक एक सय लिटर दूध बिक्री गरिरहनुभएका श्रेष्ठ भन्नुहुन्छ, सहरबाट गाउँ आएर गाईपालन सुरु गर्दा छिमेकी र आफन्तले नेवार माइलो सकिने भयो भनेर खिसी गरे । कसैले सानोतिनो व्यापार गर्न सुझाए । तर श्रेष्ठ दम्पती जे सोचेर गाउँ फर्किनुभएको थियो । त्यही काममा दत्तचित्त भएर लाग्नुभयो । हाल दैनिक सय लिटर दूध सहकारीमा बिक्री गर्नुहुन्छ । सामान्यतया प्रति लिटर ५५ रुपियाँमा दूध बिक्री हुने गर्छ । श्रेष्ठ भन्नुहुन्छ, मासिक सरदर एक लाख ५० हजार रुपियाँ आम्दानी हुन्छ । खर्च कटाउँदा ६० हजार रुपियाँ बचत भइरहेको उहाँले सुनाउनुभयो । लीलाले हालसम्मको सबै आम्दानी गाईपालन फर्म विस्तारमा खर्च गरिरहनुभएको छ । चार लाख रुपियाँमा सुरु गरेको फर्ममा ४० लाख लगानी पुगिसक्यो । बैंकले सहुलियत कर्जामा पत्यायो । सरकारले एक पटक घाँस खेतीका लागि ४० हजार र अर्को पटक गाईपालनका लागि दुई लाख ४० अनुदान दियो । अहिले पनि उहाँ घाँसका बिरुवा हरेक वर्ष बिक्री गरिरहनुभएको छ । श्रेष्ठले आफ्नो तीन बिघा खेतमा लगाएको परालले नपुगेर थप डेढ बिघा जग्गा ठेक्कामा लिएर घाँस लगाउनुभएको छ । उन्नत जातका ५० माउ गाई पु¥याउने लक्ष्य राख्नु भएका श्रेष्ठले पशुका औषधि र प्राविधिकहरू गाउँगाउँमा उपलब्ध हुनुपर्ने बताउनुभयो । ठूला गाई फर्मलाई दक्ष पशु प्राविधिक आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, सरकारले दाना र चोकरको मूल्य वृद्धिसँगै दूधको मूल्य पनि बढाउनुपर्छ । अन्यथा किसानहरू पेशाबाट विमुख हुनेछन् ।