• १७ असार २०८१, सोमबार

एक लाख १८ हजार मेट्रिकटन आलु उत्पादन

blog

केही दिन अगाडि परेको पानीले खेतको आलु सुकाउँदै, फाईल तस्विर


शिवशंङ्कर मिश्र 

बारा, वैशाख ४ गते । बारा जिल्लामा २०७८/०७९ सालमा एक लाख १८ हजार ७२० मेट्रिकटन आलु उत्पादन भएको छ । यसवर्ष कृषकहरुले विभिन्न जातका आलु कुल ७४२० हेक्टर क्षेत्रफलमा खेती गरी प्रति हेक्टर १६ मेट्रिकटनले कुल एक लाख१८ हजार ७२० मेट्रिकटन आलु उत्पादन गरेको कृषि ज्ञान केन्द्र बारा कलैयाका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो । 

कम लगानीमा बढी फाईदा हुने नगदे बाली उखुखेती र मत्स्यपालन व्यवसायतर्फ कृषकहरु बढी आकर्षक भएकाले गतवर्षको तुलनामा यसवर्ष आलुखेतीमा ३० हेक्टर क्षेत्रफलमा कमी भएको छ । विगत तीन वर्षदेखि लगातार २० देखि ३० हेक्टर क्षेत्रफल जग्गामा आलुको साट्टो अन्य नगदे बाली खेती हुँदै आएको उहाँले भन्नुभयो ।

गतवर्ष २०७७/०७८ सालमा दुई अर्ब ८७ करोड ५९ लाख ५० हजार बराबरको एक लाख १९ हजार २ मेट्रिकटन आलु उत्पादन भएको थियो । ७४५० हेक्कटर क्षेत्रफलमा विभिन्न जातका आलु खेतीगरि १६ मेट्रिकटनले कुल एक लाख १९ हजार २०० मेट्रिकटन आलु उत्पादन गरेको थियो । 

यसैगरी, २०७६/०७७ मा ७४७० हेक्कटर क्षेत्रफलमा विभिन्न आलु खेतीबाट प्रति क्विन्टल १५ दशमलव ४ प्रतिशतले कुल एक लाख १५ हजार ३८ मेट्रिकटन आलु उत्पादन भएको थियो, ज्ञान केन्द्रका प्रमुख यादवले जानकारी दिनुभयोे ।

जिल्लाको उचिडिह हरिहरपुर, गोलागंज, अमृतगंज, देवापुर, भगवानपुर, पिपरपाती, बरियारपुर, मटिअर्वा लगायतका जिल्लाका दक्षिणी भागमा आलुखेती हुँदै आएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवम् वाली विकास अधिकृत राजनारायण प्रसाद साहले बताउनुभयो ।