• २ वैशाख २०८३, बुधबार

मर्स्याङ्दी नदीको बाँधमा डुबेर एक बेपत्ता

blog

मर्स्याङ्दी नदीको बाँध स्थल । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, वैशाख २ गते ।
तनहुँको आँबुखैरनी गाउँपालिका–१, बरादीस्थित मर्स्याङ्दी नदीको ड्याम क्षेत्रमा नुहाउने क्रममा एक पुरुष बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार स्थानीय रूपमा टिका मगर (ढल्के) कोनदीमा नुहाउने क्रममा बुधबार बेपत्ता हुनुभएको हो ।

घटनाको जानकारी प्राप्त हुनासाथ खोजीकार्यका लागि सुरक्षा निकाय परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले सशस्त्र प्रहरी बल नेपालको टोली घटनास्थलमा पुगी खोजीकार्य जारी राखेको जानकारी दिनुभयो । भानुस्थित सशस्त्र प्रहरीको टोलीले आज दिनभरि नै नदी क्षेत्रमा खोजी गरे पनि हालसम्म बेपत्ता व्यक्ति फेला परेका छैनन्  घटनाबारे थप विवरण अनुसन्धानको क्रममा रहेको प्रहरीले जनाएको छ ।