• १७ असार २०८१, सोमबार

कर्णाली दोभानमा पर्यावरणीय पार्क

blog

हुुम्ला समाचारदाता

हुुम्ला, वैशाख ५ गते ।  पवित्र धार्मिकस्थल कर्णाली नदीको दोभान रहेको खार्पुनाथ शिवालयमा पर्यावरणीय पार्क निर्माणको कामले तीव्रता पाएको छ । कर्णाली नदी र दोजाम कर्णालीको दोभानमा रहेको टापुुमा पर्यावणीय पार्क निर्माण भइरहेको हो । पार्क निर्माणले टापुुको संरक्षणका साथै पर्यटन क्षेत्रको प्रवद्र्धनमा समेत सहयोग पुुग्ने अपेक्षा गरिएको छ  । 

अहिले दुुवै नदीको किनारामा ग्याबिन जाली लगाएर टापुको संरक्षण काम भइरहेको छ । टापुुमा पर्यटकहरू बस्न र रमाउन पार्क निर्माणका साथै मध्यक्षेत्रमा शिव मन्दिर पनि निर्माण गरिने योजना रहेको छ । यसअघि दुुवैतिरको नदीको कटानले टापुु जोखिममा रहेको थियो । 

सिमकोटबाट नजिक रहेको शिवालयमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सक्ने सम्भावना रहेकाले पार्क निर्माण गर्न लागिएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताउनुभयो ।  उहाँले पार्क निर्माणका लागि प्रदेश सरकारले सवा चार करोड रुपियाँ आर्थिक सहयोग गरेको जानकारी दिनुभयो । पार्कमा धार्मिक पर्यटकका लागि मन्दिर दर्शन, प्राकृतिक रूपमा आउने तातो पानीमा नुहाउने सुविधाका साथै थप मनोरञ्जन प्रदान गर्नका पार्क सहयोगी हुने उहाँको दाबी छ । 

 गत भदौमा पर्यावरणीय पार्क निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो । हालसम्म ३५ प्रतिशत काम सम्पन्न भएको छ । तीन वर्षसम्म सम्पन्न गर्ने गरी पार्क निर्माणको योजना सम्झौता भए पनि आगामी फागुनसम्म काम सम्पन्न गर्ने निर्माण कम्पनी पक्षले जनाएको छ । 

खार्पुनाथ शिवालयबाट टापुुमा जानका लागि यसअघि नै ट्रसब्रिज निर्माण गरिसकिएको छ । हाल खार्पुमा दैनिक ५० जनाभन्दा बढी आन्तरिक पर्यटकहरू भित्रिने गरेका छन् भने बाह्य पर्यटकहरू पनि बढ्ने अपेक्षा गरिएको छ ।