• १७ असार २०८१, सोमबार

पूरा हुने भयो विद्युत् आयोजना

blog

तस्बिर : कमल अपर पराजुली साना जलविद्युत् आयोजनाको ड्याम ।


दैलेख समाचारदाता

दैलेख, वैशाख ५ गते ।  लगानी अभावका कारण नौ वर्षदेखि अलपत्र रहेको दैलेखको अपर पराजुली साना जलविद्युत् आयोजनाको निर्माणले अब गति लिने भएको छ ।  कर्णाली प्रदेश सरकारले जनताको जलविद्युत् (सञ्चालन र व्यवस्थापन) कार्यविधि २०७५ का आधारमा पाँच करोड रुपियाँ लगानी गर्ने भएपछि यो आयोजनाको निर्माण अगाडि बढ्ने भएको हो । यसबाहेक प्रदेश सरकारले सात करोड रुपियाँ पनि जुटाइदिने भएको आयोजना कार्यालयले जानकारी दिएको छ ।

निजी क्षेत्रको लगानी रहेको यो आयोजनामा डुङ्गेश्वर गाउँपालिकाको २५ लाख रुपियाँ खर्च भएको छ । सो गाउँपालिकाका अध्यक्ष नगेन्द्र मल्लले आव २०६७÷७७ मा अपर पराजुली साना जलविद्युत् आयोजना निर्माणका लागि सेयरबापत २५ लाख रुपियाँ भुक्तानी दिएको बताउनुभयो । 

यो आयोजनालाई एभरेस्ट बैङ्क, सिद्धार्थ बैङ्क र मेगा बैङ्कको ७० प्रतिशत र लगानीकर्ताको ३० प्रतिशत गरी ५५ करोड रुपियाँको लागतमा निर्माण सुरु गरिएको थियो  । 

दैलेखको डुङ्गेश्वर गाउँपालिका–४, ब्युराखेतमा निर्माण भइरहेको २.१५ मेगावाट जलविद्युत् आयोजनाको ८० प्रतिशत काम पूरा भए पनि आर्थिक अभावका कारण आयोजना सम्पन्न हुन सकेको थिएन ।  

२०७२ देखि निर्माण कार्य सुरु भएको यो आयोजनाको हेडवक्र्स, पाइपलाइन बिछ्याउने, विद्युत्गृह निर्माणलगायतका काम करिब आधाभन्दा कम नै भएको छ । आयोजनाको नौ सय मिटर क्यानल निर्माण गरिएको छ । एक हजार ४४० मिटर पाइपलाइन, दुई हजार सात सय मिटर कुलो गरी चार किलोमिटर टाढाबाट पानी ल्याई टर्वाइनमा झारेर विद्युत् उत्पादन हुनेछ । लगानी स्रोत जुटाउन नसकेपछि आयोजनाको कामले गति लिन सकेको थिएन ।सो आयोजनाको प्रवद्र्धक रारा हाइड्रोपावरका अध्यक्ष नरसिंह मल्लले यो आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने पूर्वाधार नहुँदा आयोजनाको काम पछाडि परेको बताउनुभयो ।