नेप्से परिसूचक उच्च अङ्कले घट्यो
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । आइतबार उच्च अङ्कले उकालो लागेको नेप्से परिसूचक आज सोही रुपमा ओरालो लागेको हो ।
खेतबारी बाँझै, ११ अर्बको फलफूल आयात
जनजीविका, रोजगारी र आर्थिक एवं सामाजिक रुपान्तरणको प्रमुख आधारका रुपमा रहेको कृषि मुलुकको अर्थतन्त्रको एक प्रमुख क्षेत्र रहँदै आएको भए पनि उच्चमात्रामा आयात भएको पाइएको छ । विद्यालयमा पढाउँदा होस् या सामान्य कुराकानीमा पनि ‘नेपाल कृषिप्रधान देश हो’ का रुपमा सङ्ज्ञा दिइन्छ ।
लुम्बिनी गुरुयोजना पूरा हुने दिशातर्फ
लक्ष्मण पौडेलभैरहवा, वैशाख १२ गते । लुम्बिनी विकासको गुरुयोजना अब पूरा हुने दिशातर्फ अगाडि बढेको छ । स्रोत व्यवस्थापन भएकाले अबको दुई वर्षमा गुरुयोजनाको काम सम्पन्न हुने लुम्बिनी विकास कोषको दाबी छ ।कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले भन्नुभयो, “नेपाल सरकारले दुई वर्षमा गुरुयोजना सम्पन्न गर्ने भनेर आर्थिक स्रोत सुनिश्चित गरिसकेको छ, गएको आर्थिक वर्षबाट तीव्रताका साथ बाँकी काम भइरहेका छन् । यो आर्थिक वर्षमा झन्डै चार अर्बको काम गरिरहेका छौँ ।” गुरुयोजनाअनुसारको संरचना निर्माण दुई वर्षमा सम्पन्न गर्न ठेक्का प्रक्रिया अगाडि बढेको उहाँले जानकारी दिनुभयो ।गुरुयोजनामा उल्लेख भएअनुसार अहिलेसम्म लुम्बिनीको सुरक्षालाई ख्याल गरी १६ किलोमिटरको सुरक्षा पर्खाल, केन्द्रीय नहर निर्माण, पवित्र क्षेत्र, अन्तर्राष्ट्रिय विहार क्षेत्र, केन्द्रीय नहर, लिङ्क पोखरी निर्माणका काम सम्पन्न भइसकेका छन् । यसैगरी शौचालय निर्माण, विद्युतीकरण, पैदलयात्री हिँड्ने बाटो, भित्री बाटो कालोपत्रे, विभिन्न विहार निर्माण, विभिन्न महŒवपूर्ण भवन, ढल निकास, प्रशासनिक भवन, सूचना केन्द्र, सङ्ग्रहालय, पुस्तकालय, सङ्ग्रहालय, मायादेवी वरिपरि पोखरी निर्माण, १४ लाख लिटर क्षमताका दुईवटा पानी ट्याङ्की निर्माण, सीसीक्यामरा जडान, कोषको भवन, आवासगृह निर्माणलगायतका संरचनाको काम पूरा भएको कोषले जनाएको छ ।लुम्बिनी विकास कोषका अनुसार जापानी वास्तुकलाविद् प्रोफेसर केन्जो टाङ्गेको गुरुयोजनाबमोजिम अब मुख्य छवटा ठूला काम बाँकी रहेका छन् । डोम आकारका छवटा भवनसहितको संरचना, सौन्दर्यीकरण, फोहोरमैला व्यवस्थापन र ढल निकास, नाली व्यवस्थापन, बाढी व्यवस्थापनका लागि पाँच/छवटा जलाशय, हरियाली र पार्कसहितको सडकको विस्तारका काम सकिएपछि गुरुयोजना सम्पन्न हुनेछ । फोहोरमैला व्यवस्थापन, दुईवटा खोलाको व्यवस्थापन र केही भवन निर्माणको काम बाँकी छ । भवन निर्माणमा निजी क्षेत्रले चासो देखाएका छन् । अन्यत्रबाट स्रोत जुटेन भने नेपाल सरकारबाट सहयोग गर्ने प्रतिबद्धता पाएको सदस्य सचिव सानुराजा शाक्यले बताउनुभयो ।गुरुयोजनाको कामका अतिरिक्त लुम्बिनी र आसपासका बौद्धस्थल समेटेर ‘ग्रेटर लुम्बिनी’को अवधारणा पनि अगाडि बढाइएको छ ।
विद्युत् खेर जान नदिन पहल
प्रसारण लाइनको अभावमा लमजुङमा निर्माण सम्पन्न भएका आयोजनाहरूको विद्युत् खेर जाने अवस्था आएपछि नेपाल विद्युत् प्राधिकरणले चासो देखाएको छ । प्रसारण लाइन अभावमा लमजुङमा निर्माण सम्पन्न भएका आयोजनाको विद्युत् जोड्न नसक्ने स्थिति आएको भन्ने गुनासो आएपछि प्राधिकरणको उच्च व्यवस्थापनले त्यस क्षेत्रको निरीक्षण भ्रमण गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वमा योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक प्रदीपकुमार
राजश्व अनुसन्धान विभागद्वारा मुद्दा दायर
राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनीमार्फत नक्कली बीजक तयार पारी रु १८ करोड बढी राजस्व छली गरेको आरोपमा ती कम्पनीका सञ्चालक तथा साझेदारविरुद्ध मुद्दा चलाएको छ । विभागले काठमाडौँ महानगरपालिका १३ बाफल बस्ने शुभलक्ष्मी इन्टरनेशनलका प्रोपाइटर तथा गणपति ट्रेड लिङ्क, एचवी ट्रेड एण्ड सम्लायर्स र एमके इन्टरनेशनलसमेतका मुख्य कारोबारी मनिषकुमार अग्रवाल, सोही ठाउँ बस्ने एचवि ट्रेड एण्ड सप्लायर्सका साझेदार तथा गणपति ट्रेड लिङ्का खाता सञ्चालक र एमके इन्टरनेशनलको कारोबारमा संलग्न हितेषकुमार अग्रवालविरुद्ध मुद्दा दायर गरेको हो ।
ट्याक्सीमा नयाँ भाडादर लागू
लक्ष्मी सापकोटाकाठमाडौँ, वैशाख १२ गते । बागमती प्रदेश सरकार, श्रम रोजगार तथा यातायात मन्त्रालयले ट्याक्सीमा नयाँ भाडादर लागू गरेको छ । हालै बसेको बागमती प्रदेशको मन्त्रीस्तरीय निर्णयबाट ट्याक्सीमा नयाँ भाडादर लागू गरिएको हो । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण बागमती प्रदेशभित्र सञ्चालन हुने ट्याक्सीमा नयाँ भाडादर लागू गरिएको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार यसअघि सुरु (फ्लाग डाउन)मा १४ रुपियाँ रहेको भाडादर बढेर ५० रुपियाँ पुगेको छ । त्यसमा प्रतिदुई सय मिटरमा १० रुपियाँका दरले भाडादर बढ्दै जानेछ । यो भाडादर बिहान ४ बजेदेखि राति ९ बजेसम्म लागू हुने जनाइएको छ । यस्तै विद्युतीय ट्याक्सीका लागि ‘फ्लाग डाउन’ ५० रुपियाँ र प्रतिदुई सय मिटरमा नौ रुपियाँका दरले बढ्दै जानेछ । रात्रिकालीन विद्युतीय ट्याक्सीका लागि सुरुको ‘फ्लाग डाउन’ १३ रुपियाँ र प्रतिदुई सय मिटरमा १३ रुपियाँका दरले भाडा बढ्दै जानेछ । हाल विद्युतीय ट्याक्सी भने सञ्चालनमा छैनन् ।बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव नेत्रप्रसाद सुवेदीले प्रदेशभरि नयाँ भाडादर निर्धारण गरेर लागू गरिएको जानकारी दिनुभयो । अब नयाँ दर्ता हुने ट्याक्सी विद्युतीय हुनुपर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । नयाँ भाडादर समायोजन गर्न मन्त्रालयले गुणस्तर तथा नापतौल कार्यालयले काठमाडौँलाई पत्राचार गरेको थियो । नयाँ भाडादर लागू भएसँगै ट्याक्सीमा मिटर जडान गरेर समायोजन गर्ने काम भइरहेको कार्यालयका निरीक्षण अधिकृत निराजन पुडासैनीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एक साताअघिदेखि ट्याक्सीको मिटरमा नयाँ भाडादर समायोजन भइरहेको छ । दैनिक ६० का दरले हालसम्म चार सय ट्याक्सीमा भाडादर समायोजन भइसकेको छ । ट्याक्सीको भाडादर समायोजन तीन/चार महिनाभित्र सकिने विभागले जानकारी दिएको छ ।” एक हजार ६५२ ट्याक्सीलाई भाडा समायोजन गर्न भाडासम्बन्धी तालिका दिएको विभागले जानकारी दिएको छ । बागमती प्रदेशमा सात हजार ट्याक्सी सञ्चालनमा छन् । दुई ट्याक्सी चालकविरुद्ध मुद्दा दायरगुणस्तर तथा नापतौल कार्यलयले मिटर बिगारेर यात्रु ठगी गर्ने दुई ट्याक्सी चालकविरुद्ध मुद्दा दायर गरेको छ । चालू आर्थिक वर्षमा मिटर बिगारेर ठगी गरेको उपभोक्ताको उजुरीका आधारमा बा. १ ज १६६७ र दिउँसोको समयमा तोकिएकोभन्दा बढी भाडा लिएको फेला परेपछि बा. १ ज ४७४९ नम्बरको ट्याक्सी चालकलाई कारबाहीका लागि जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जानकारी दिएको हो । आव २०७५/७६ देखि २०७७/७८ सम्म १५ वटा ट्याक्सी चालकलाई कारबाही गरिएको विभागले जानकारी दिएको छ । स्टान्डर्ड नाप र तौल ऐन २०२५ अनुसार विभागबाट अनुमति नलिए एक वर्ष कैद र १० हजार रुपियाँ जरिवानाको व्यवस्था छ । यस्तै सिल चुडाएको अथवा मिटर बिगारे यात्रु ठग्नेविरुद्ध तीन वर्ष कैद र ३० हजार रुपियाँ जरिवानाको व्यवस्था ऐनमा छ ।
खपत बढाउने अभियानमा सेना
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग आइतबार मन्त्रालयमा भेट गर्नुहुँदै प्रधानसेनापति प्रभुराम शर्मा ।नेपाली सेनाले पनि आयातित ऊर्जाको सट्टा विद्युत् खपत गर्ने रणनीति अख्तियार गर्ने भएको छ ।
दस उत्कृष्ट उद्यमी सम्मानित
रुपन्देहीको तिलोत्तमामा दस उत्कृष्ट उद्यमीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । तिलोत्तमामा रहेको नवदुर्गा फुड इन्डस्ट्रिजका सञ्चालक मन्जु भुसाल एक लाख रुपियाँ नगदसहित पुरस्कृत हुनुभएको हो ।
वीरगञ्ज नाकाबाट नौ महिनामा ६९ अर्बको नेपाली वस्तु निर्यात
नेपालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको नौ महिनाको तुलनामा चालू आवको सोही अवधिमा नेपाली वस्तुको निर्यात १२० प्रतिशतले बढेको हो ।