• १९ असार २०८१, बुधबार

दस उत्कृष्ट उद्यमी सम्मानित

blog

उत्कृष्ट उद्यमी घोषणा समारोहमा उत्कृष्ट मन्जु भुसालसहित सम्मानित दस उद्यमी । तस्बिर :कपिल ज्ञवाली

सिद्धार्थनगर समाचारदाता

सिद्धार्थनगर, वैशाख  १२ गते । रुपन्देहीको तिलोत्तमामा दस उत्कृष्ट उद्यमीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । तिलोत्तमामा रहेको नवदुर्गा फुड इन्डस्ट्रिजका सञ्चालक मन्जु भुसाल एक लाख रुपियाँ नगदसहित पुरस्कृत हुनुभएको हो । खुला प्रतिस्पर्धामा सहभागी १२५ मध्ये १० जनालाई उत्कृष्ट छनोट गरिएको र उत्कृष्टमध्ये भुसाललाई सर्वाेत्कृत उद्यमीका रूपमा पुरस्कृत गरिएको हो । 

शनिबार भएको अन्तिम प्रतिस्पर्धामा निर्णायक मण्डलको मूल्याङ्कन, प्रतिस्पर्धीको प्रस्तुति, कार्ययोजना र भोटलगायतका आधारमा उहाँ उत्कृष्ट उद्यमीका रूपमा छनोट हुनुभएको हो । 

दायित्व परियोजना र तिलोत्तमा नगरपालिकाको सहकार्यमा सञ्चालन भइरहेको ‘नगरप्रमुख दायित्व ग्रामीण उद्यम द्रुतीकरण कार्यक्रम’ले उद्यमी छनोट गरेको लुम्बिनी प्रदेश संयोजक कमल थापाले बताउनुभयो । पुरस्कृत उद्यमी भुसालले ड्राई चाउमिन, सफ्ट चाउमिन तथा चिकेन, भेज, फ्रोजन मम उत्पादन गर्दै आउनुभएको छ ।  संयोजक थापाका अनुसार १२५ जना प्रतिस्पर्धीमध्ये १० जना उत्कृष्ट उद्यमीका रूपमा छनोट गरिएको थियो ।