• १५ असार २०८१, शनिबार

बुटवलमा चिया प्रदर्शनी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ ३० गते । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २५औँ राष्ट्रिय चिया दिवसको उपलक्ष्यमा बृहत् राष्ट्रिय चिया प्रदर्शनी तथा टी टेस्टिङ कार्यक्रमको आयोजना गर्ने भएको छ । ‘स्वदेशमा उत्पादित चिया पिउने गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ मूल नाराका साथ सो कार्यक्रम मनाउन लागिएको बोर्डका निर्देशक दीपक खनालले बताउनुभयो । उक्त प्रदर्शनी तथा टी टेस्टिङ ३ र ४ गते हुने जनाइएको छ ।