• १३ असोज २०८१, आइतबार

द्वन्द्व र शान्तिबारे पत्रकारलाई प्रशिक्षण

blog

ललितपुर, असार १२ गते । रोटरी क्लबले ‘द्वन्द्व संवेदशीलता र शान्तिसुरक्षा’ शीर्षकमा पत्रकारलाई प्रशिक्षण दिएको छ । वरिष्ठ पत्रकार युवराज घिमिरे, अनुसन्धानकर्ताहरु राजेन्द्र सेञ्चुरी र राजकुमार ढुङ्गाना तथा रोटरी क्लब, जाउलाखेलका अध्यक्ष विष्णुराज उप्रेतीले सुरक्षा संवेदनशीलताबारे प्रशिक्षण दिनुभएको हो । 

पत्रकार घिमिरेले समाज द्वन्द्वबाहिर हुन नसक्ने तर त्यसको सकारात्मक व्यवस्थापन गर्न पत्रकारिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । “पत्रकारिताको माध्यमबाट सुव्यवस्थित समाज निर्माण गर्न गरिन्छ,” उहाँले भन्नुभयो, “यसको लागि समाजका सबै समुदाय, वर्ग र क्षेत्रको विचारलाई निष्पक्ष भएर समाचारमा समेट्नुपर्छ ।” कार्यपत्र प्रस्तुत गर्दै सेन्चुरीले समाजमा हरेक किसिमको द्वन्द्वको समाधान सहकार्यबाटै सम्भव हुने बताउनुभयो । पत्रकारिता समाजका निम्ति गर्नुपर्नेमा जोड दिनुभयो । 

पत्रकारितामा सुरक्षासम्बन्धी अन्तर्राष्ट्रियस्तरमा भएका अभ्यासको उदाहरण प्रस्तुत गर्दै डा.ढुङ्गानाले शान्तिसुरक्षासँग सम्बन्धित विषयमा समाचार लेख्दा अझ गम्भीर एवम् संवेदनशील हुनुपर्ने बताउनुभयो । अध्यक्ष उप्रेतीले दशवर्षे द्वन्द्वमा अकल्पनीय पीडा भोगेकाहरुले न्याय नपाएसम्म सञ्चार माध्यमले निरन्तर समाचार सम्प्रेषण गर्नुपर्ने सुझाव दिनुभयो । रासस