उच्च भोल्टेजकाे तारमा मान्छे चढेपछि लामाे समयदेखि ६५ मेगावाट बिजुली बन्द
उच्च भोल्टेजकाे तारमा मान्छे चढेपछि करिब सात घण्टादेखि नेपालको विद्युत प्रणाली प्रभावित भएको छ ।
सुदूरपश्चिममा बजेटको आकार बढ्ने
अविनाश चौधरी धनगढी, जेठ २८ गते। सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट चालू आर्थिक वर्षको तुलनामा आकार बढाएर ल्याउने तयारी गरिरहेको छ। प्रदेश सरकारलाई प्राप्त हुने अनुदानमा वृद्धि भएकाले आकार बढाएर बजेट ल्याउने प्रदेश सरकारले तयारी थालेको हो। आगामी आर्थिक वर्षको बजेट ३३ देखि ३५ अर्बको बीचमा रहने आर्थिक मामिला तथा योजनान्त्री प्रकाशबहादुर रावलले जानकारी दिनुभयो।‘प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेटको आकार पहिलेको बजेटकोभन्दा केही ठूलो रहन्छ’, रावलले भन्नुभयो। चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपियाँ बजेट विनियोजन गरेको थियो।मन्त्री रावलका अनुसार कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य बजेटको मुख्य प्राथमिकतामा परेको छ। यसैगरी, प्राकृतिक विपद्मा परेकालाई राहत दिने खालको कार्यक्रम पनि प्राथमिकतासाथ बजेटमा समेटिने उहाँले बताउनुभयो। सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो जस्ता प्राकृतिक विपद्ले बढी मान्छे प्रभावित हुँदै आएका छन्। सरकारले आगामी आर्थिक वर्षको बजेटका आधारको रुपमा प्रदेश सभामा विनियोजन विधेयक र नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेको छ। त्यही विनियोजन विधेयक र नीति तथा कार्यक्रमलाई केन्द्र बनाएर बजेट आउने मन्त्रालयका प्रवक्तासमेत रहनु भएका उपसचिव तुल्सीप्रसाद भट्टराईले बताउनुभयो। ‘विनियोजन विधियेकको उद्देश्य, सिद्धान्त, प्राथमिकता र नीति तथा कार्यक्रमको पेरिफेरिमा रहेर आगामी आर्थिक वर्षको बजेट आउने हो’, उहाँले भन्नुभयो। ‘पञ्चवर्षीय योजनाको आधारपत्रका आधारमा योजनालाई बजेट बाँडफाँट हुनेछ।’
विदेशी मुद्रा सञ्चितिमा निरन्तर चाप
एकातिर आयात र मुद्रास्फीतिमा भइरहेको निरन्तर वृद्धि र अर्कोतिर वैदेशिक आयमा तात्त्विक सुधार नहुँदा विदेशी मुद्राको सञ्चिति निरन्तर चापमा परेको छ । यसको प्रत्यक्ष असर चालू खाता र शोधनान्तर स्थिति अहिलेसम्मकै उच्च घाटामा पुगेको छ ।
माग सम्बोधन गर्ने आश्वासन
अर्थमन्त्री जनार्दन शर्माले पूर्वका उद्योगीले उठाउँदै आएको माग असार १ गतेपछि सम्बोधन गर्ने बताउनुभएको छ । सेनेटरी प्याड, वनस्पति तेल र एमएस वायर रडमा आधारित उद्योगका समस्या समाधान गरिने बताउनुभएको हो ।
जानकारी लिएर मात्रै साउदी जान आग्रह
साउदी अरबमा रहेको नेपाली दूतावासले साउदी आउनुुपूर्व त्यहाँको सामान्य नीति नियम, भाषा, धर्मसंस्कृति र हावापानीबारेमा बुुझेर आउन नेपाली श्रमिकलाई आग्रह गरेको छ । साउदीको बारेमा सामान्य जानकारीबिना आउँदा ठूलो सङ्ख्याका नेपाली श्रमिक समस्या परेको भन्दै दूतावासले सूचनामार्फत यस्तो आग्रह गरेको हो ।
यातायात भाडा बढ्यो
सार्वजनिक यातायातको भाडा बढेको छ । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले शुक्रबार सूचना निकालेर अन्तरप्रदेश चल्ने यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर बढेको जानकारी गराएको हो ।
आउन थाल्यो मल
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको २० हजार मेट्रिक टन डीएपी मल आइपुगेको छ । सो मल आगामी हप्तादेखि बिक्री वितरण गर्ने तयारीमा रहेको साल्ट्र ट्रेडिङले छ । साल्ट ट्रेडिङका विभागीय प्रबन्धक ब्रजेश झाका अनुसार २० हजार मेट्रिक टन
विद्युत महशुल बुझाउन पनि रिचार्ज कार्ड
बैशाख अन्तिम साता बागलुङको ताराखोला पुग्नुभएका बागलुङ बजार निवासी सज्जनकुमार सिंह आफन्तको घरमा बास बस्नुभयो । रातको आठ बजेतिर घरमा झ्याप्प विजुली गयो । उहाँले ठान्नुभयो विद्युत प्रसारणमा केही समस्या भए होला । छरछिमेकीको घरमा झलमल उज्यालो थियो ।
हिमाली क्षेत्रमा मूल्यवृद्धिको असर, अरु क्षेत्रमा कस्तो ?
हिमाली क्षेत्रमा मूल्यवृद्धिको मात्रा समेत बढेको पाइएको छ।