घ्यूतेल, सेनेटरी प्याड उद्योगमा परेको असर सम्बोधन गर्न आग्रह
परिसङ्घले शुक्रबार एक विज्ञप्ति जारी गरी सरकारले ल्याएको राजस्व नीतिका कारण वायर रड उद्योग, घ्यूतेल उद्योग, सेनेटरी प्याड उद्योगलगायतमा मार परेको भन्दै समास्या समाधान गर्न आग्रह गरेको हो ।
घट्यो सुनको मूल्य
सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला तीन सयले घटेर ९७ हजार सात सय तोकिएको छ ।
उच्च पदस्थको खाता निगरानीमा
नेपाल राष्ट्र बैङ्कले उच्च पदस्थ स्वदेशी तथा विदेशी व्यक्तिको बैङ्क खाता निगरानी गर्न निर्देशन दिएको छ । बैङ्क तथा वित्तीय संस्थालाई दिइएको उक्त निर्देशनमा निगरानीका क्रममा शङ्कास्पद देखिएका ती व्यक्तिको बैङ्क खाताबारे जानकारी राष्ट्र बैङ्कलाई दिनसमेत भनिएको छ ।
अन्तर्वार्तापछि मात्रै स्वास्थ्य परीक्षण
वैदेशिक रोजगार विभागले रोजगारीका लागि मलेसिया जाने श्रमिकको अन्तर्वार्तापछि मात्र स्वास्थ्य परीक्षण गराउन निर्देशन दिएको छ । विभागले सबै म्यानपावर तथा स्वास्थ्य परीक्षण गर्ने संस्थालाई मलेसिया रोजगारीका लागि अन्तर्वार्तापछि श्रमिकको छनोट सूची तयार गरेर मात्र स्वास्थ्य परीक्षण गराउन निर्देशन दिएको हो ।
विद्युत् निर्यात बढ्दा पश्चिम नेपाल असन्तुष्ट
बिहीबार रातिदेखि नेपालले भारतको खुला बजार ३६४ मेगावाट विद्युत् निर्यात गर्दैछ । यसरी निर्यात हुँदा वर्तमान मूल्य संरचना दैनिक १० करोड रुपियाँ बराबरको विदेशी मुद्रा नेपाल भित्रिन सक्छ ।
टेलिकमको नयाँ एपमा निःशुल्क टीभी
नेपाल टेलिकमले सुरु गरेको नयाँ एपबाट निःशुल्क रूपमा टेलिभिजन हेर्न सकिने भएको छ । टेलिकमले परीक्षणका रूपमा सुरु गरेको ‘एनटीटीभी’ एपमार्फत चौबिसै घण्टा निःशुल्क रूपमा टेलिभिजन हेर्न सकिने भएको हो । टेलिकमको यो एप एन्ड्रोइड र प्ले स्टोर दुवैमा उपलब्ध छ । यो एपमा सम्पूर्ण नेपाली च्यानलसहित ‘फ्री टु एयर’ अन्य टेलिभिजन च्यानल हेर्न सकिनेछ ।
ठेकेदारकै कारण मल अभाव
पछिल्लो समय रासायनिक मल ढुवानी गर्ने ठेकेदार कम्पनीको हेलचेक्र्याइँका कारण मलको अभाव भइरहेको छ । बिहीबार भारतबाट फर्कनुभएका कृषि तथा पशुपन्छीमन्त्री महिन्द्रराय यादवले अन्तर्राष्ट्रिय रूपमा मलमा भएको मूल्य वृद्धि तथा अभावका कारण यहाँ पनि मलको अभाव भएको बताउनुभयो ।
नेप्से परिसूचकको हरियाली एक दिन पनि टिकेन
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.६४ अङ्कले ओरालो लागेर दुई हजार ६२.८० मा ओर्लेको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.०१ अङ्कले घटेर ३९६.३६ मा ओर्लेको छ ।
पाँच सयले बढ्यो सुनको मूल्य
सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला पाँच सयले बढेर ९८ हजार रुपियाँ पुगेको छ ।