• १३ असार २०८१, बिहिबार

अन्तर्वार्तापछि मात्रै स्वास्थ्य परीक्षण

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, जेठ २७ गते । वैदेशिक रोजगार विभागले रोजगारीका लागि मलेसिया जाने श्रमिकको अन्तर्वार्तापछि मात्र स्वास्थ्य परीक्षण गराउन निर्देशन दिएको छ ।  विभागले सबै म्यानपावर तथा स्वास्थ्य परीक्षण गर्ने संस्थालाई मलेसिया रोजगारीका लागि अन्तर्वार्तापछि श्रमिकको छनोट सूची तयार गरेर मात्र स्वास्थ्य परीक्षण गराउन निर्देशन दिएको हो । 

छनोट सूची तयार भएपछि मात्र स्वास्थ्य संस्थाले श्रमिकको स्वास्थ्य परीक्षण गर्नुपर्नेमा मलेसिया जाने श्रमिकको हकमा भने पूर्वस्वीकृति वा मागपत्र प्रमाणीकरण नहुँदै स्वास्थ्य परीक्षण गराउने गरेको भन्दै विभागले यस्तो कार्य नगर्न र नगराउन निर्देशन दिएको हो । कुनै पनि म्यानपावर कम्पनी वा स्वास्थ्य संस्थाले श्रमिकको छनोट सूची तयार हुनुअघि नै स्वास्थ्य परीक्षण गर्ने गरेको पाइएमा कडा कारबाही गर्ने भन्दै विभागले चेतावनीसमेत दिएको छ ।